• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. बिचौलियाको मारमा किसान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

सत्ताधारी दल र नेताले उद्योग बेचेर ठूलो भ्रष्टाचार गरे : विक्रम पाण्डे

  •   शुक्रबार, बैशाख ०२, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले सत्ताधारी दल र नेताले नेपालका उद्योगहरू बेचेर ठूलो भ्रष्टाचार गरेको आरोप लगाएका छन् । राप्रपा चितवनले भरतपुरमा शुक्रबार आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै पाण्डेले उद्योगहरू बेचिएपछि देशको व्यापार घाटा बढ्दै गएको बताए ।

    २०७४ को प्रतिनिधि सभाको निर्वाचनमा चितवन क्षेत्र नं ३ मा पाण्डेलाई प्रचण्डले हराएका थिए । ‘सत्ताधारी दल र नेताहरुले उद्योग बेचेर ठूलो भ्रष्टाचार गरेका छन् । जसले गर्दा देशको व्यापार घाटा बढ्दै गएको छ’, पाण्डेले भने ।  एमसीसी भन्ने चक्रब्यूह खडा गरेर सरकारले भ्रम छरेको भन्दै उनले कोशी र कर्णालीमा फसे जसरी फेरि पनि नेपाल फस्न लागेको उनले दाबी गरे ।

    ‘जसरी कोशी र कर्णालीमा हामी फस्यौं, अहिले पनि त्यसरी नै फस्दै छौं । एमसीसीले देशमा बिजुली बल्ने होइन, देशमा उत्पादन गरेको बिजुली हाइटेन्सन लाइनबाट सोझै विदेश लैजान्छन्’, उनले भने, ‘त्यसैले हामी चुनावी प्रचारप्रसारको लागि चितवन आएका होइनौं, एक पटक देश बचाइदिनोस् भन्न आएका हौं।’

    देशमा बन्द भएका उद्योग सञ्चालन गरेर स्वदेशमै रोजगार सिर्जना गर्नुपर्ने भन्दै उनले स्वास्थ्य, शिक्षा, विद्युतजस्ता पूर्वाधार निर्माणमा राप्रपालाई जिम्मा दिने उनले आग्रह गरे । ‘प्राथमिक स्वास्थ्य उपचार हामी निःशुल्क गर्छौं। कक्षा १२ सम्म सुको पैसा नपर्ने व्यवस्था मिलाउँछौं’, उनले भने ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष हेमजङ्ग गुरुङले ठूला दलले ठूला भ्रष्टाचार गर्दा जनताले दुःख पाइरहेको बताए । उनले अबको चुनावमा फेरि पनि ठूला दललाई जिताएर गल्ति गर्न नहुने बताए ।

    ‘ठूला दलले ठूलै भ्रष्टाचार गर्दा त्यसको सजाय हामीले पाइरहेका छौँ। त्यसैले अब त्यस्तो गल्ती नगरौं। नेता चिनेर जिताऔं’, उनले भने । प्रचण्ड र देउवाले आफ्नो कमजोरी लुकाउन जतापनि आफ्नै मान्छेलाई मात्रै काखी च्याप्दै आएको उनले आरोप लगाए ।

    राप्रपाकी महामन्त्री कुन्ती शाहीले देश निर्माणमा राजा महेन्द्रको परिकल्पना अधुरो रहेकी बताएकी छन् । उनले राजा महेन्द्रले चितवनलाई कस्तो बनाउने भन्ने विषयमा बनाएको सोच अधुरै रहेको बताएकी हुन् ।

    ‘अब चितवन बनाउन विक्रम पाण्डेजस्तो विकासप्रेमी नेता चितवनले पाएको छ। कम्युनिस्टले सोचेजस्तो दास मानसिकताबाट देश चल्दैन’, उनले भनिन् ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.