• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. बिचौलियाको मारमा किसान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

हेटौंडामा गठबन्धनको भागबण्डा अझै मिलेन

  •   शनिबार, बैशाख १०, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    हेटौंडा ।  स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा विभिन्न दलले आ–आफ्नो चुनावी अभियानलाई तीव्रता दिइरहेका छन् । नेकपा एमालेले मकवानपुरको सबै पालिकाको वडामा उम्मेदवार टुङ्गो लगाएर घरदैलो कार्यक्रम समेत अगाडि बढाएको छ भने बाँकी केही वडामा उम्मेदवारको नाम सिफारिस गरेको छ । तर, सत्ता गठबन्धनका दलहरूले अझैसम्म पनि सबै स्थानीय तहमा उम्मेदवार टुंगो लगाउन सकेका छैनन् । भागबन्डा नमिल्दा अहिलेसम्म उम्मेदवार टुंङ्गो नलागेको हो ।

    गठबन्धनले हेटौंडा उपमहानगरको मेयर भने नेकपा एकिकृत समाजवादीलाई दिएको छ । तर, कांग्रेसका जिल्ला तथा नगरका अधिकांश पदाधिकारीले हेटौंडाको मेयर पाउनु पर्ने दावीसहित असन्तुष्टि जनाइरहेका छन् । नेकपा एसको भागमा परे पनि मेयरको उम्मेदवार को बन्ने हो अझै टुंङ्गो लागेको छैन । नेकपा एसबाट हालकी उपमेयर मिनाकुमारी लामा र मकवानपुर अध्यक्ष श्रीधर पोखरेलेको मेयरमा चर्चा चल्न थालेको छ ।

    यसैगरी, नेकपा एमालेले पनि मेयर तथा उपमेयरमा तीन तीन जनाको नाम सिफारिस गरेको छ । तर, अझैसम्म पनि को उम्मेदवार बन्ने भन्ने निश्चित हुन सकेको छैन ।

    गत मंगलबार सम्पन्न गठबन्धनको बैठकले हेटौंडा उमपहानगरको मेयर नेकपा एसलाई दिने निर्णय गरेलगत्तै हेटौंडास्थित कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा केही कार्यकर्ताले तालाबन्दी गरेका थिए । हेटौंडाको मेयर कांग्रेसले नै पाउनुपर्ने पदाधिकारी तथा कार्यकर्ताको माग छ ।
    कांग्रेस मकवानपुरले विज्ञप्ति जारी गर्दै मित्रवत प्रतिस्पर्धा गर्ने समेत जनाइसेको थियो । दलहरूको विभिन्न चरणको बैठक बसे पनि उम्मेदवार टुंङ्गो लगाउन भने अझै सकस परिरहेको छ । १२ वैशाखसम्म मनोनयनको लागि समय रहे पनि अझैसम्म उम्मेदवारको टुङ्गो लाग्न सकेको छैन ।

    मकवानपुरमा नेकपा एस कति बलियो ?
    अन्य जिल्लाको तुलनामा नेकपा एसको मकवानपुर अलि बलियो देखिएको छ । यसैकारण नेकपा एसले हेटौंडामा मेयरको टिकट दावी गरेको हो ।
    संघीय स्वास्थ्यमन्त्री विरोध खतिवडा र बागमती प्रदेशमा समाजवादी दलबाट प्रमुख सचेतक मुनु सिग्देल मकवानपुर जिल्लाकै नेता हुन् । हेटौंडाको उपमेयर मिनाकुमारी लामा पनि एमालेबाट नेकपा एसतिर लागेकी छिन् । अहिले उनी मेयरको टिकटको लागि दौडधुपमा छिन् । यसो हुँदा जिल्लामा समाजवादीको प्रभाव तुलनात्मक रुपमा राम्रो मान्न सकिन्छ ।

    गठबन्धनको निर्णयले हौसला मिलेको नेकपा एसका जिल्ला अध्यक्ष श्रीधर पोखरेलले बताए । उनी गठबन्धनका कार्यकर्ताहरूको समर्थन हुने र हेटौंडामा सहजै जित्ने दावी गर्छन् ।

    मतदाता शिक्षा अभियान कमजोर
    दलहरूले चुनावी अभियानलाई तीव्र बनाए पनि यसको मतदातासम्म प्रभाव भने निकै कमजोर देखिएको छ । उनीहरूले आम मतदातालाई मतदाता शिक्षा प्रदान गर्न सकिरहेका छैनन् ।

    कुन पदमा कुन चिन्हमा कसरी छाप लगाउने भनेर आम मतदातालाई बुझाउन नसकेको अवस्था छ । नेपाली कांग्रेसका नेता तथा हेटौंडाको मेयरका आकांक्षी आनन्दराम पराजुलीले मतदाता शिक्षा अति नै आवश्यक रहेको भए पनि अहिलेसम्म प्रदान गर्न नसकिएको बताए । गठबन्धनले आम मतदातालाई अलमलमा पारिरहेको उनी बताउँछन् ।

    हेटौंडा उपमहानगरकी उपमेयर तथा मेयरकी आकांक्षी मिनाकुमारी लामाले पनि मतदाता शिक्षा प्रदान गर्नु ढिला भइसकेको बताइन । अहिलेसम्म उम्मेदवार टुंङ्गो लगाउन नसक्दा घरदैलोमा जान नसकेको उनले बताइन् ।

    २०७४ सालको स्थानीय निर्वाचनमा पनि नेकपा माओवादी केन्द्रसँग कांग्रेसको गठबन्धन भएको थियो । तर, कांग्रेसका उम्मेदवार आनन्दराम पराजुली ६सय १५ मतले पराजित भएका थिए । यद्यपि, बदर मतको संख्या सात हजारभन्दा बढी थियो । राजन कटुवाल/न्युज कारखाना

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.