• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

पश्चिम चितवनलाई दोस्रो सौराहा बनाउंछौँ : उम्मेदवार सुवेदी

  •   मङ्गलबार, बैशाख १३, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिका प्रमुखका उम्मेदवार विजय सुवेदीले पश्चिम चितवनको गोलाघाट, जितपुर क्षेत्रलाई दोस्रो सौराहको रुपमा विकास गर्न चाहेको बताएका छन् । आजदेखि सुरु भएको घरदैलो अभियानका क्रममा उम्मेदवार सुवेदीले पश्चिम चितवनको प्राकृतिक सम्पदाहरुलाई पर्यटककीय स्थलको रुपमा विकास गर्न आवश्यक रहेको बताए । उनले आफूसँग पश्चिम चितवन क्षेत्रलाई विकास गर्ने योजनाहरु धेरै भएको भन्दै आसन्न स्थानीय तह निर्वाचनमा निर्वाचित गराउन महानगरवासीलाई आग्रह गरेका छन् ।

    चुनावी अभियानका क्रममा उपप्रमुखका उम्मेदवार हिमला गुरुङले विगतमा राप्रपाले सो क्षेत्रमा धेरै विकासका कार्यहरु गरेको बताइन् । उनले आफूले बोलेर नभई काम गरेर देखाउने बताइन् । लामो समयदेखि राजनीतिमा लागिपरेको बताउँदै गुरुङले यस पटक आफूहरुलाई निर्वाचित गराउन आग्रह गरेकी छिन् । एमाले राप्रपा गठबन्धनबाट भरतपुर महानगर प्रमुखको उम्मेदवार बनेका एमाले नेता विजय सुवेदी र उपप्रमुखको उम्मेदवार बनेकी हिमला गुरुङ सहित दुवै पार्टीका नेता तथा कार्यकर्ताहरु घरदैलोमा सहभागी थिए ।

    सोमबार एमाले र राप्रपा गठबन्धनकाबाट प्रमुखमा सुवेदी तथा उपप्रमुखमा गुरुङले मनोनयन दर्ता गरेसँगै आजदेखि संयुक्तरुपमा घरदैलो अभियान सुरु गरेका हुन् । उनीहरुले पहिलो दिन भरतपुर महानगरपालिकाका २ वडामा घरदैलो अभियान सञ्चालन गरेका छन् । उक्त घरदैलो कार्यक्रममा वाग्मती प्रदेश सांसद तथा राप्रपाकी सहमहामन्त्री रिना गुरुङले मेयर–उपमेयर पद कसैको पेवा नभएकाले जनताबाट अनुमोदित हुनुपर्ने बताइन् ।

    चुनावी घरदैलो अभियानलाई सम्बोधन गर्दै उनले जनताका अपेक्षा अनुसारका विकास गर्न व्यवस्थित गुरुयोजना र नीति आवश्यक रहेकोले एमाले राप्रपाको गठबन्धनलाई विजयी गराउन उनले आह्वान गरिन् । उनले महानगरमा अहिलेका विकास दीर्घकालीन सोचले नभएकाले अब भविष्यका लागि सोचेर व्यवस्थित विकासका योजनाहरु कार्यान्वयन गर्नुपर्ने अवस्था आएको बताइन् । चुनावको मुखमा केही योजना शिलन्यास र उद्घाटन गरेको देखाउँदै जनता झुक्याउने काम भएको गुरुङले टिप्पणी गरिन् । टोल–टोलबाट माग भएका कैयन योजनाहरुलाई बेवास्ता गरिएको महसुस महानगरवासीले गरेको गुरुङको भनाइ छ ।

    भरतपुर महानगरपालिका–२८को मेघौली क्षेत्रबाट शुरु भएको अभियान गोलाघाट, जितपुरमा आएर कोणसभामा परिणत भएको थियो । भरतपुरमा राप्रपासँग चुनावी तालमेल गरेको एमालेले राप्रपालाई उपमेयरसहित दुई वटा वडामा सहयोग गर्ने भएको छ । बाँकी २७ वटा वडामा एमालेले आफ्ना उम्मेदवार उठाएको छ । महानगरमा एक लाख ८५ हजार ७५२ मतदाता छन् ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.