• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. बिचौलियाको मारमा किसान

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

गठबन्धन लुतो हो : ओली

  •   आइतबार, बैशाख १८, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    हेटौंडा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय सत्ता गठबन्धन लुतो भएको बताएका छन् । आइतबार एमाले मकवानपुरले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै ओलीले अहिलेको गठबन्धन शरीरमा आउने लुतो जस्तै भएको बताएका हुन् ।

    ‘लुतो धेरै ठूलो घाउ त हैन तर जताततै चिलाइरहन्छ’, उनले भने, ‘अहिलेको गठबन्धन पनि त्यस्तै हो, काम गर्दैन ओली र एमालेलाई गाली मात्रै गरिरहन्छ ।’ उनले अहिलेको सरकार खान जन्मिएको आरोप पनि लगाए । ‘अहिलेको सरकारले देशको ढुकुटी मात्र रित्याएको छ,’ उनले भने, ‘एमालेको सरकार हुँदा सात ओटा मन्त्रालयले विकास गरिरहेको थियो । अहिलेको सरकार आउने बित्तिकै १८ वटा मन्त्रालय पुर्‍याएको छ ।’ गठबन्धनले स्थानीय तहको निर्वाचन हुन नदिन धेरै षड्यन्त्र रचेको उनको आरोप छ । ‘सरकारले फागुन महिनाभित्रै स्थानीय तहको निर्वाचन गराउनुपर्ने थियो, गठबन्धन अहिले पनि चुनाव बिथोल्न लागिपरेको छ ।’

    ‘गठबन्धन बाध्यताले चुनावमा सहभागी भएको छ । चुनाव गराउन बाध्य भएको छ । अहिले पनि चुनाव बिथोल्न खोजिरहेको छ’, ओलीले भने, ‘यदि लायक सरकार हुन्थ्यो भने फागुनभित्रै यो चुनाव सम्पन्न भैसक्नुपथ्र्यो ।’ सरकारले कमिसनको लागि अहिले चुनावको मुखमा अरबौंको स्वास्थ्य सामग्री खरिद गरिरहेको आरोप लगाए । ‘मन्त्रीको सिक्रीले धेरैलाई बाँधेर राखेकोले त्यही पार्टीमा बसिरहेका छन् । नत्र पार्टी प्रवेश गर्न आइसक्थे’, ओलीले भने ‘फुटेर गएको पार्टीको नाम एकीकृत भन्न थाले । कांग्रेसको पछि लाग्नेको नाम समाजवादी पार्टी रे ।’

    एमाले मकवानपुर अध्यक्ष एकालाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, केन्द्रीय सल्लाहकार समिति सदस्य डोरमणि पौडेल, मकवानपुर इन्चार्ज रामेश्वर राना, हेटौंडाको मेयर पदका उम्मेदवार अनन्त पौडेल, उपमेयर पदका उम्मेदवार सुमित्रा काफ्ले लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेर र स्वतन्त्र रहेका व्यक्तिहरू एमाले प्रवेश गरेका थिए ।

    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति
    हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.