• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. बिचौलियाको मारमा किसान

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

भरतपुरमा शक्ति प्रदर्शन गर्दै दलहरु

  •   बुधबार, बैशाख २१, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  सत्ता गठवन्धनको उम्मेदवारको बागीका रुपमा उम्मेदवार खडा भए पछि भरतपुरको निर्वाचनले राष्ट्रिय रुपमा चर्चा पाएको छ । गठवन्धनबाट प्रमुखका उम्मेदवार माओवादी केन्द्रका केन्द्रीय सदस्य रेनु दाहाल हुनुहुन्छ । गठवन्धनकै प्रमुख घटक नेपाली काङ्ग्रेसका जिल्ला नेता जगन्नाथ पौडेलले स्वतन्त्रबाट उम्मेदवारी दिनु भएको छ ।

    अघिल्लो निर्वाचनको मतलाई आधार मानेर सत्ता गठवन्धन बलियो भएको दाबी गर्दै आएको थियो । गठवन्धनबाटै स्वतन्त्र उम्मेदवार भए पछि गठवन्धन अन्योलमा छ । गठवन्धनको मत स्वतन्त्रमा काटीदैं गर्दा आँफु बलियो हुने अड्कल नेकपा एमालेका तर्फबाट उम्मेदवार रहनु भएका बिजय सुवेदीको रहेको छ । सुवेदीलाई राप्रपाको साथ रहेको छ । सत्ता गठवन्धन भोट बाहिरीन रोक्न र नेकपा एमालेको गठवन्धनको भोट तान्न लागि परेका छन् । निर्वाचन आफ्नो पक्षमा पार्न सत्तापक्षिय गठवन्धन र बिपक्षिय गठवन्धन दुबै लागि परेका छन् । यसै सन्दर्भमा बिहिबार सत्ता पक्षिय गठवन्धनले भरतपुरमा शिर्ष नेताको उपस्थितिमा जनसभा गर्दै छ ।

    यही बैशाख २५ गते नेकपा एमालेले चुनाबी सभा गर्दै छ । नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार सत्ता गठवन्धनको जनसभामा पार्टीका सभापति शेरवहादुर देउवाको समेत उपस्थिति हुँदै छ । उहाँ संगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाल कम्युनिष्ट पार्टी समाजबादीका अध्यक्ष माधब कुमार नेपाल, नेपाली काङ्ग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोईराला, महामन्त्री गगन कुमार थापा संगै जनता समाजबादी पार्टी र राष्ट्रिय जनमोर्चाका केन्द्रीय नेताको उपस्थिति हुनेछ ।

    जनसभाका लागि देउवा सहितको टोली आजै चितवन आउने कार्यक्रम तय भएको छ । जिल्ला सभापति खनालले भन्नुभयो “प्रधानमन्त्री र मन्त्रीहरुको हैसियतबाट नभएर पार्टीको सभापति र नेताको हैसियतले उहाँहरु यहाँ आउन लाग्नु भएको हो ।” पार्टीको नेताको हैसियतले आउँदा आचार संहिता उल्लंघन नहुने खनालले जानकारी दिनुभयो । यस्तै नेकपा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार पार्टीका केन्द्रीय अध्यक्ष खड्ग प्रसाद ओली र राप्रपाका बरिष्ठ उपाध्यक्ष बिक्रम पाण्डे सहितका नेताहरुको उपस्थितिमा चुनाबी सभा हुँदै छ । भरतपुरको केन्द्रीय बस ट्रमिनलमा दुबै गठवन्धनले सभा गर्दै छन् ।

    चितवन माओवादी केन्द्रका अध्यक्ष दाहालको गृह जिल्ला हो । नेपाली काङ्ग्रेसको चौतर्फि दबाबका बाबजुत रेनु दाहालले यहाँको प्रमुखमा टिकट पाउनु भएको हो । उहाँ प्रचण्डका छोरी समेत हुनुहुन्छ । प्रमुखमा काङ्ग्रेसले टिकट नपाए पछि असन्तुष्ठ रहेका जिल्ला नेता कार्यकर्तालाई सम्झाउने उद्धेश्यले सत्ता गठवन्धनले सभा राख्न लागेको हो । यसै क्रममा नेताहरु आजै जिल्ला आएर यहाँको असन्तुष्टी साम्य पार्ने जिल्ला सभापति खनालको भनाई छ । सत्ता गठवन्धनमा मतभेद रहँदा चुनाबी प्रचारले तिब्रता पाउन सकेको छैन ।

    बिपक्षि गठवन्धनको प्रचार अभिया भरतपुर संगै जिल्ला भरनै तिब्र रहेको छ । स्थानीय तह निर्वाचन २०७४ मा भरतपुर महानगर पालिकामा नेकपा एमालेका उम्मेदवार देवी प्रसाद ज्ञवालीले ४२ हजार ९ सय २४ मत प्राप्त गर्नु भएको थियो भने गठवन्धनका तर्फबाट प्रमुखकी उम्मेदवार रेनु दाहालले ४३ हजार १ सय २७ मत प्राप्त गर्नु भएको थियो । यस्तै राप्रपाका तर्फबाट बद्रीनाथ तिमील्सीनाले ६ हजार ८ सय ४२ मत प्राप्त गर्नु भएको थियो । यस्तै उपप्रमुखमा गठवन्धनबाट उपप्रमुखको उम्मेदवार बन्नु भएकी पार्बती शाह ठकुरीले ४७ हजार १ सय ९७ मत प्राप्त गर्नु भएको थियो ।

    यस्तै एमालेका तर्फबाट उम्मेदवार बन्नु भएकी दिब्य शर्माले ३९ हजार ५ सय २५ मत ल्याउनु भएको थियो भने राप्रपाबाट उम्मेदवार बन्नु भएकी रिना गुरुङ्गले ७ हजार २ सय ५२ मत प्राप्त गर्नु भएको थियो । नेकपा एमालेबाट फुटेर समाजबादी बनेको छ । समाजबादी सत्ता गठवन्धन तर्फ छ भने राप्रपा नेकपा एमाले संग मिलेको छ । तत्कालिन राप्रपा फुटेर राप्रपा नेपाल वनेको छ । चितवनमा ३ लाख ९७ हजार ६ सय ८५ जना मतदाता छन् । वि. सं. २०७४ सालको स्थानीय तहको निर्वाचनमा ३ लाख १३ हजार ३ जना मतदाता थिए ।

    यसपालीको स्थानीय तहको चुनावमा ७४ हजार ६ सय ७२ मतदाता थपिएका छन् । वि. सं. २०७४ सालको स्थानीय तहको चुनावलाई आधार बनाउँदा थपिएका मध्ये आधाभन्दा बढी भरतपुर महानगरमा थपिएका हुन । भरतपुर महानगरपालिकामा ३५ हजार ४ सय ७८ मतदाता थपिएर १ लाख ८५ हजार ७ सय ५२ मतदाता पुगेका छन् ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.