• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. बिचौलियाको मारमा किसान

  • १०. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

घरेलु मैदानमा पहिलो टी–२० श्रृंखला खेल्दै महिला टिम

  •   आइतबार, जेठ ०१, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं ।  नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले पहिलो पटक घरेलु मैदानमा टी–२० अन्तरराष्ट्रिय श्रृंखला खेल्दैछ । जसका लागि नेपालले अफ्रिकन राष्ट्र युगान्डालाई आतिथ्य प्रदान गरेको छ ।

    कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने पाँच खेलको श्रृंखला लागि युगान्डा टिम आज (आइतबार) नेपाल झर्दैछ । नेपाल झरेको भोलिपल्ट (सोमबार) नै युगान्डाले घरेलु टोली नेपालको सामना गर्दैछ । खेल दिउँसो १ बजे हुनेछ ।

    प्रशिक्षक जगत टमटाको प्रशिक्षणमा रहेको नेपाली टिमको कप्तानी रुविना क्षेत्रीले गर्नेछिन् । जुन टिममा केही अनुभवी खेलाडी रहँदा धेरै खेलाडी भने युवा छन् । जो अवसरको खोजीमा छन् ।

    सन् २००७ मा मलेसियामा भएको एसीसी महिला च्याम्पियनसिपबाट नेपाली महिला क्रिकेट टिमको अन्तरराष्ट्रिय क्षेत्रमा उदय भएको थियो । त्यसयता, नेपाली टिमले घरेलु मैदानमा आयोजना भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) खेल्यो । जहाँ कास्य पदक जितेको थियो ।

    नेपाली टिमका प्रशिक्षक जगत टमटा खेलाडी पहिलो पटक घरेलु मैदानमा अन्तरराष्ट्रिय श्रृंखला खेल्न आतुर रहेको बताउँछन् । यस्तै, उनी घरेलु मैदानमा खेल्न युवा खेलाडीलाई ‘च्यालेन्ज’ हुने समेत जनाउँछन् ।  ‘घरेलु मैदानमा खेल्न आतुर छन् । युवा खेलाडी समेत रहेकाले आफ्नै मैदानमा खेल्न ‘च्यालेन्ज’ पनि छ ।’ पुरुष टिमको प्रशिक्षक समेत रहेका टमटा भन्छन् ।

    टमटा युवा खेलाडीलाई अवसर दिँदा भविष्यमा धेरै खेलाडी आउने समेत बताउँछन् । ‘युवा खेलाडी निकै क्षमतावान छन् । यस्ता खेलाडीले अवसर पाउँदा पछि टिम बनाउन समेत सहज हुनेछ । यो एउटा श्रृंखला हैन । वर्षमा यस्ता ५–६ श्रृंखला भए राम्रो टिम र धेरै खेलाडी बनाउन सकिन्छ ।’

    प्रशिक्षक टमटाले श्रृंखलाको लागि १६ सदस्यीय टोली घोषणा गरेका छन् । जसमा अस्मिना कर्माचार्य र हिरणमयी रोयले पहिलो पटक टोलीमा स्थान बनाएका हुन् । बागमती प्रदेशको कप्तानी गर्दै आएकी तीव्र गतिकी बलर अस्मिना बन्द प्रशिक्षणमा रहे पनि पहिलो पटक स्थान बनाएकी हुन् । यता, यु–१९ प्रतियोगितामा राम्रो प्रदर्शन गरेकी लेग स्पिनर हिरणमयी रोय पहिलो अवसरमै टोलीमा स्थान बनाएकी छन् ।

    यसअघि नेपालले पहिलो अन्तरराष्ट्रिय टी–२० श्रृंखला कतारविरुद्ध गत मंसिरमा खेलेको थियो । कतार भ्रमण क्रममा खेलिएको श्रृंखला नेपालले ‘क्लिन स्विप’ गरेको थियो । प्रशिक्षक टमाटा दुवै टोलीको स्तर उस्तै रहेकाले खेल प्रतिस्पर्धात्मक हुने बताउँछन् । हाल नेपाल आईसीसी टी–२० वरियतामा १६औँ स्थानमा छ भने युगान्डा १९औँ स्थानमा छ ।

    ‘युगान्डा र हाम्रो स्तर बराबर छ । दुवैमा युवा खेलाडीको सम्मिश्रण छ । खेल प्रतिस्पर्धात्मक हुन्छ ।’ टमटा भन्छन् ।

    नेपाल र युगान्डाबीचको खेल भोलि (सोमबार)बाट सुरु हुनेछ भने ३ जेठमा दोस्रो, ५ जेठमा तेस्रो, ६ जेठमा चौथो र अन्तिम तथा पाँचौँ ७ जेठमा हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । खेलका हेर्न दर्शकलाई मैदान प्रवेश नि:शुल्क समेत गरिएको छ ।

    यता, नेपाली टिमकी सदस्य ईन्दु बर्मा टिमको तयारी राम्रो भएको र यस्ता श्रृंखला खेलाडीको लागि क्षमता प्रदर्शन गर्न आधार रहने बताउँछिन् । ‘तयारी राम्रो छ । यस्तो श्रृंखला हुँदै गए महिला टिम राम्रो हुँदै जानेछ र यसरी खेल्न पाए क्षमता देखाउने छौं ।’

    नेपाली टोली 

    रुबिना क्षेत्री (कप्तान), सिता राना मगर, ईन्दु बर्मा, ज्योति पाण्डे, काजल श्रेष्ठ, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, डोली भट्ट, अस्मिना कर्माचार्य, संगीता राई, सबनम राई, रोमा थापा,  सरिता राना मगर, हिरणमयी रोय, बिन्दु रावल ।

    चितवन जिमका सुर्जेले जिते दोस्रो मिस्टर चितवनको उपाधि
    बिसिए प्राइड लिग क्रिकेट असोज १८ देखि, खेल तालिका पनि सार्वजनिक
    दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते, तयारी तीव्र

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.