हेटौँडा। त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी-१ खोप्लाङमा पहिरो गएको छ। भरखरै प्राप्त जानकारी अनुसार सुपारीटार ब्यारेक नजिकै रहेको खोप्लाङ स्थिति भिर माथिबाट लेदोमाटो सहितको पहिरो खसेको छ। सोहि स्थानमा हिजो राती पहिरो खसेको थियो। बिहान पहिरो पन्छयार सडकखण्ड खुलाएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले बताएका छन्। पहिरोको कारण त्रिभुवन राजपथ पुर्व रुपमा अवरुद्ध बनेको डिएसपी रानाले बताएका छन्। पहिरो खस्ने कम्रमा रहेकोले पहिरो पन्छयाउन समस्या परेको जनाइएको छ।








