• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. बिचौलियाको मारमा किसान

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

बाराका १२ पालिकामा मतगणना सकियो, कसले कहाँ जिते ?

  •   शनिबार, जेठ ०७, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बारा ।  स्थानीय तह रहेको बारा जिल्लाका १२ स्थानीय तहको मत गणना सकिएको छ । मतगणनाअनुसार हालसम्ममा एमालेले चार, कांग्रेसले दुई, लोसपाले दुई, जसपाले दुई, माओवादी केन्द्र एक र विवेकशील साझाले एक पालिकामा जित हासिल गरेको छ । बाराको कलैया उपमहानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का विनोद प्रसाद साह २४ हजार १ सय ७४ मत ल्याई नगरप्रमुख पदमा विजयी भएका छन् भने निजगढ नगरपालिकामा एमालेका सुरथ पुरीले ९ हजार ४ सय ७५ मत ल्याई नगरप्रमुख पदमा विजयी भएका छन् ।

    यस्तै, परवानीपुर गाउँपालिकामा एमालेका रामक्षत्री प्रसाद कुर्मिले २ हजार ९ सय १७ र प्रसौनी गाउँपालिका एमालेकै विनोद प्रसाद जैसवालले ४ हजार ४ सय ८८ मत प्राप्त गरी गाउँपालिकाको प्रमुखमा विजयी भएका हुन् । २०७४ को निर्वाचनमा दुई पालिकामा मात्रै जित हासिल गरेको एमालेले बारामा हाल सम्ममा चार पालिकामा जित हासिल गरेको हो । यसअघि एमालेले जित हासिल गरेको कोल्हवी र जीतपुरसिमरा उपमहानगरपालिका दुबै पालिका भने गुमाएको छ ।

    यस्तै, कोल्हवी नगरपालिकामा नेपाली कांग्रेसका राम प्रसाद चौधरीले ९ हजार १ सय ५ मत प्राप्त गरी विजयी भएका छन भने कांग्रसकै राजेश प्रसाद यादवले ५ हजार ३ सय ५१ मत ल्याई सुवर्ण गाउँपालिकामा विजयी भएका छन । २०७४ को निर्वाचनमा ६ पालिकामा जित हासिल गरेको कांग्रेसले बारामा हाल सम्ममा दुई पालिकामा जित हासिल गरेको हो । यस अघि कांग्रेसले जित हासिल गरेको कलैया उपमहानगरपालि सहित निजगढ, सिम्रौनगढ र करैयामाई भने हालसम्ममा गुमाईसकेको छ ।

    यस्तै जनता समाजवादी पार्टी, नेपालले दुई गाउँपालिकामा जित हात पारेको छ । जसपाले देवताल गाउँपालिकाको अध्यक्षमा उदय प्रसाद यादवले ४ हजार १ सय ७६ मत र करैयामाई गाउँपालिकामा शम्भु प्रसाद यादवले ५ हजार ५ सय ९८ मतले विजयी हासिल गरेका छन । यसअघि करैयामाईमा नेपाली काँग्रेसले र देवतालमा राष्टिय जनता पार्टी, नेपालले जित हासिल गरेको थियो । यसैगरी, विश्रामपुर गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका जुल्फकार अलि भुटोले ४ हजार ३ सय १७ मत र सिम्रौनगढ नगरपालिकामा किसोरी प्रसाद कलवारले ११ हजार १ सय ३७ मत सहित विजयी भएका छन ।

    यस अघि सिम्रौनगढमा नेपाली काँग्रेसले जित हासिल गरेको थियो । यस्तै, जीतपुरसिमरा उपमहानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का राजन पौडेलले १८ हजार ७ सय ४३ मतसहित जित हात पारेका छन् । उनको जितसगै बारामा माओवादी केन्द्रले खाता खोलेको छ । यसअघिको निर्वाचनमा माओवादी केन्द्रले कुनैपनि पालिकाको प्रमुखमा जित हासिल गर्न सकेको थिएन । यस्तै, बारामा विवेकशील साझा पार्टीले खाता खोलेको छ ।

    फेटा गाउँपालिकामा विवेकशीलका रुस्तम अन्सारीले ४ हजार ४ सय ८५ प्राप्तगरी विजयी भएका हुन । अन्सारीलाई नेपाली कांग्रेसले टिकट नदिएपछि उनी विवेकशील प्रबेशगरी निर्वाचनमा हुमिएका थिए । यसअघि फेटा गाउँपालिकामा संघीय समाजवादी फोरम, नेपालले जित हात पारेको थियो । जिल्लाकाे आदर्श कोटवाल गाउँपालिका, पचरौता नगरपालिका, बारागढी गाउँपालिका र महागढीमाई नगरपालिकाको भने मतगणना भईरहेको जिल्ला निर्वाचन प्रमुख सरोजकुमार चौधरीले जानकारी दिए ।

    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.