• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. बिचौलियाको मारमा किसान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

विश्व कप क्रिकेट लिग २ का लागि नेपाली राष्ट्रिय टोली अभ्यासमा व्यस्त

  •   शनिबार, जेठ २१, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    टेक्सस(अमेरिका) । विश्वकप क्रिकेट लिग २ मा सहभागिताका लागि गत आईतबार अमेरिकाको टेक्सस राज्यको ह्युष्टन शहर आईपुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्व कप क्रिकेट लिगको खेलहरुमा सहभागिता जनाउनु अघि तयारी स्वरुप एनआरएनए एनसिसी युएसए कपमा सहभागिता जनाएको छ ।

    लिगका लागि तयारीमा व्यस्त रहेको टोलीले अमेरिकामा संचालन हुने विश्व कप क्रिकेट लिग २ को खेल अघि नेपाली अल स्टार क्लब र ह्युष्टन हुरिकेन क्लबसँग खेल्ने पूर्व निर्धारित कार्यतालिका अनुसार गत विहिवार नेपाली अल स्टार क्लबसँग प्रतिष्पर्धा गरेको छ । अर्को खेल शनिवार हुँदैछ । क्रिकेट खेलमा उत्कृष्ट देशहरुको सूचीमा पर्ने विभिन्न देशहरुवाट अन्तराष्ट्रिय खेलमा सहभागिता जनाईसकेका खेलाडीहरु सम्मिलित नेपाली अल स्टारसँग नेपाली राष्ट्रिय टोलीले खेलेको विहिवारको खेलमा भने जित आत्मसात गर्न सकेन ।

    कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिएपनि नेपाली राष्ट्रिय टोली नेपाली अल स्टार्ससाग ४ विकेटले पराजित भएको थियो । ब्याटिङ गर्दै नेपाली राष्ट्रिय टोलीले १ सय ९१ रन जोडेको थियो । जुन विजयी लक्ष्य आइपिएलमा समेत सहभागिता जनाईसकेका विपुल शर्माको ५० रनको योगदानमा नेपाली अल स्टार्सले ३३ दशमलव ५ ओभरमा ६ विकेट गुमाएर प्राप्त गरेको थियो । विजयी टिमका लागि गौरभ बजाज ५८ बलमा २ चौकासहित ४० रनमा अविजित पारी खेलेका थिए ।

    पेरिरी भ्यू क्रिकेट कम्प्लेक्समा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४५ दशमलव ५ ओभरमा १ सय ९० रनमा अल आउट भएको थियो । नेपालका लागि आरिफ शेखले ६० रनको अविजित पारी खेलेका थिए । विजयी तथा उपविजयी टोलीलाई एक कार्यक्रमका बिच गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाका अध्यक्ष बुद्दिसागर सुबेदी, उपाध्यक्ष तथा एनआरएनए अमेरिकाका युवा तथा खेलकुद विभाग प्रमुख सुमन थापा, नेपलिज एशोसिएशन अफ ह्युष्टनका अध्यक्ष बिष्णु नेपाल, नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक पृवुदु दासानायके लगायतले ट्रफी प्रदान गरेको थिए ।

    सो अवसरमा नेपाली अल स्टारको तर्फवाट नेपालको तर्फवाट अन्तराष्ट्रिय खेलका सहभागिता जनाईसकेका अन्तराष्ट्रिय खेलाडी कनिष्क चौगाई, बरदान चालिसे, विनोद दास र बसन्त रेग्मीलाई सम्मान गरिएको थियो । नेपाली राष्ट्रिय टोलीलाई तयारीका लागि सहज होस् भन्ने उद्देश्यले अल स्टारले आफ्ना नियमित सदस्यहरुसहीत विभिन्न देशवाट अन्तराष्ट्रिय खेलमा सहभागि भैसकेका खेलाडीहरु समेटेर टोली तयार गरेको क्लबका सदस्य बरदान चालिसेले बताउनुभयो । ओमान विरुद्व खेल हुनु भन्दा दश दिन अघि नेपाली राष्ट्रिय टोली अमेरिका आई प्रशिक्षणमा रहेको छ । पहिलो पटक अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीलाई आईसिसीले तोकेको समय भन्दा पहिलानै यहाँ ल्याई प्रशिक्षणको प्रबन्धका लागि अमेरिकामा रहेको नेपाली क्रिकेट क्लब नेपाली अल स्टारले पहलकदमी लिएको हो ।

    यस कार्यमा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्ले महत्वपूर्ण योगदान गरेको क्लबका क्लबका सदस्य संजय शर्माले जानकारी दिनुभयो । नेपालको छवि अन्तराष्ट्रिय जगतमा चिनाउनको लागि महत्व पूर्ण भूमिका खेल्ने खेलाडीहरुलाई यसरी यहा स्वागत गर्न पाउनुलाई आफूहरुले सकारात्मक रुपमा लिएको क्लबका अर्का सदस्य आशिक लामाले बताउनुभयो । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाका सचिव अनुप खनालले सहयोगी सबैको साथ र सहयोगले एनआरएनए अमेरिकामा यस कार्यमा जोडिएर यसलाई सफल पार्ने दिशामा अघि बढेको बताउनुभयो ।

    गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाले यस कार्यलाई विशेष महत्व दिएको बताउँदैं उपाध्यक्ष सुमन थापाले जतिसक्दो बढि सहयोग संकलन गरी राष्ट्रका हिरोहरुलाई सहयोग गर्ने संघको चाहना रहेको जानकारी दिनुभयो । संघका अध्यक्ष बुद्दिसागर सुबेदीले नेपाललाई अन्तराष्ट्रिय जगतमा चिनाउने खेलाडीहरुलाई संघले स्वागत गर्न पाउनु र उहाँहरुसँगको सहकार्यलाई विशेष रुपमा लिएको बताउनुहुँदै आगामी दिनमा पनि यस्तो कार्यमा संघ सदैव तत्पर रहने बताउनुभयो ।

    नेपालले यहाँ रहँदा अमेरिकासँग दुई र ओमानसँग दुई खेल खेल्नेछ । नेपालको पहिलो खेल जुन ९ मा ओमान विरुद्व हुनेछ । त्यसैगरी जुन ११ मा अमेरिकासँग र जुन १४ मा ओमानसँग र जुन १५ मा अमेरिकासँग नेपालको खेल हुनेछ । विश्व कप क्रिकेट लिग अन्तर्गतका खेलहरु भने २८ मे वाट सुरु हुनेछ । २८ मे वाट जुन ४ सम्म अमेरिका, स्कटल्याण्ड र संयुक्त अरब ईमिरेट्सका बिच सिरिज का खेलहरु हुनेछ भने नेपाल, ओमान र अमेरिका बिचको सिरिज अमेरिका र ओमान विचको जुन ८ मा हुने खेलवाट सुरु हुनेछ ।

    आईसिसी क्रिकेट वल्र्ड कप लिग टु मा रहेका ७ देशहरु विश्व कपका लागि छनौट हुन प्रतिष्पर्धामा छन् । अहिले सम्म अंक तालिकामा ओमान ३२ खेल खेल्दै १९ जित सहीत ४० अंक सहीत शिर्ष स्थानमा रहेको छ । यसैगरी स्कटल्याण्ड १६ खेलमा ११ मा जित निकाल्दै २४ अंक सहीत दोस्रो स्थानमा रहेको छ । यस्तै, युएई १८ खेलमा १० जित निकाल्दै २२ अंकका साथ तेस्रो स्थानमा, नामिबिया १४ खेलमा ७ मा जित निकाल्दै १४ अंकका साथ चौथो स्थानमा, युएसए १६ खेलमा ७ मा जित निकाल्दै १४ अंकका साथ पाँचौ स्थानमा , नेपाल १२ खेलमा ६ मा जित निकाल्दै १२ अंकका साथ छैठौं र पपुवा न्यूगिनी २० खेलमा १ मा जित निकाल्दै २ अंकका साथ सातौं स्थानमा रहेको छ । नेपालको टोलीमा सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी (विकेटकिपर), सुनिल धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, सुशान भारी, किशोर महतो र सागर ढकाल रहेका छन् ।

    चितवन जिमका सुर्जेले जिते दोस्रो मिस्टर चितवनको उपाधि
    बिसिए प्राइड लिग क्रिकेट असोज १८ देखि, खेल तालिका पनि सार्वजनिक
    दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते, तयारी तीव्र

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.