काठमाडौं । दक्षिण एसियाली मुलुक पाकिस्तान फुटबल फेडेरेसन (पीएफएफ) लाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रतिबन्धबाट हटाएको छ । फिफाले बिहीबार एक विज्ञप्ति निकाल्दै पाकिस्तान फुटबल फेडेरसनमाथिको प्रतिबन्ध हटाइएको जानकारी गराएको हो ।
तेस्रो पक्षको अनावश्यक हस्तक्षेपसंगै फिफाले सन् २०२१ को अप्रिलमा पीएफएफलाई प्रतिबन्ध लगाएको थियो । फिफाले हिजोकै मितिबाट प्रतिबन्ध हटाएको जनाएको छ । फिफाले प्रतिबन्धपछि मलिक हारोनको नेतृत्वमा नर्मलाइजेसन कमिटी गठन गरेको छ ।
यस्तै, फिफाले नर्मलाइजेसन कमिटीलाई काममा बाधा र अवरोध गरिएमा फेरि प्रतिबन्ध गरिने जनाएको छ ।








