• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. बिचौलियाको मारमा किसान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

यु-२० टिममा स्थान बनाउन डेनमार्कदेखि काठमाडौंसम्मकाे यात्रा

  •   बुधबार, असार २२, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । अघिल्ला तीन संस्करण यु–१८ र यु–१९ संरचनामा आयोजना भएको साफ च्याम्पियनसीप यस संस्करण भने यु–२० को हुने भएकाे छ ।

    एकेडेमीबाट उत्पादित खेलाडीहरूको उमेर हद नाघ्दा र एकेडेमीका खेलाडी पर्याप्त नहुँदा अखिल नेपाल फुटबल संघ(एन्फा)ले खुला छनोटका लागि सूचना सार्वजनिक गरेकाे थियाे । एन्फाकाे सूचनासँगै ७७ जिल्लाका करिब सात सय खेलाडी एन्फा कम्प्लेक्समा आयोजना भएको खुला छनोटमा सहभागी भए । सात सयभित्रै थिए, सुगम सुवाल ।

    सुगम एन्फाले सूचना सार्वजनिक गरेसँगै युरोपेली मुलुक डेनमार्कबाट नेपालका आएका थिए । पाँच वर्षदेखि आमा बुबासँग डेनमार्कमा बिताइरहेका सुगम युवा टोलीमा स्थान बनाउने सपना साकार पार्न यतिबेला सातदोबाटोस्थित एन्फा मैदानमा आफूलाई निखारी रहेका छन् । मुख्य प्रशिक्षक मेघराज केसीले छनोटमा सहभागी करिब सात सयबाट ३० सदस्यीय टिम बनाएका छन् । यो टिमले नै आगामी साफ च्याम्पियनसीप र एएफसी यु–२० एसियन कप छनोटमा नेपालको यात्रा, योजना र लक्ष्य बनाउनेछ । केसीले तयार पारेको ३० सदस्यीय टोलीमा सुगम पनि समेटिएका छन् ।

    डेनमार्कको तेस्रो श्रेणीको ‘भीएसके ओरुस’ एकेडेमीमा अनुबन्ध सुगमको लक्ष्य अन्तिम २३ भित्र रहेको छ । ‘देशको प्रतिनिधित्व गरेर खेल्ने ठूलो योजना छ । यहि सपना साकार पार्न डेनमार्कबाट नेपाल आए ।’ बुधबार बिहान एन्फा मैदानमा अभ्याससत्र पछि सुगमले न्युज कारखानासँग भने । ‘एन्फा साइटमा हेरेको थिए । बाबा ममीलाई यस्तो छ भनेर भने । उहाँहरूको पनि सपना होला, राष्ट्रिय टिममा देख्ने ।’ सुगमको जन्म काभ्रे जिल्लाको धुलिखेलमा भएको हो ।

    १४ वर्षको उमेरमा सुगम आमा (सकुन)सँग डेनमार्क गएका थिए । त्यसअघि नै बुबा श्याम क्यानडामा थिए । बुबा क्यानडाको स्थायी बसाेबास प्राप्त नागरिक भएसँगै सुगमले पनि मातृभूमि छाड्ने योजना बनाए । त्यसयता, सुगम दोस्रो पटक नेपाल फर्किएका हुन् । गत दसैंमा पनि उनी नेपाल झरेका थिए । ‘बुबा फ्रान्समा ‘पिएचडी’ सक्काएर अमेरिका जानुभयो । त्यसपछि सन् २०१७ मा क्यानडा गएपछि म र ममी पनि क्यानडा नै गयाैं । क्यानडामा दुई महिना बसेपछि हामीसँगै डेनमार्क गयाै‌ं ।’ १९ वर्षीय सुगम भन्छन् ।

    सुगमले क्यानडा पुगेपछि एक एकेडेमीमा २–४ महिना खेले । जहाँ सुगमले एकेडेमीको यु–१५ र १६ टिमबाट खेलेका थिए । यसपछि बुबासँगै डेनमार्क पुगेपछि सुगमले क्यानडाको ‘ओरुस क्लब’मा ट्रायल दिए । ‘डेनमार्क पुगेपछि स्कुलबाट खेले । स्कुलका कोचले क्लबमा पुर्याउनु भयो । यु-१७ र यु-१९ खेल्न पाए । सिटी परिवर्तन भएपछि ‘भिएसके ओरुस’ मा ट्रायल दिए । कोरोनाले गर्दा यु-१७ खेल्न पाइन । यु-१९ दुई वर्ष खेले । अब, नेपालमा खेलेर फर्केपछि क्लबको सिनियर टिमबाट खेल्छु,’ सुगम भन्छन् । सुगम लेफ्ट र राईट विंगसँगै आवश्यकता अनुसार फरवार्ड पनि खेल्न सक्छन् । हाल यु-२० को अभ्यासमा भने सुगम लेफ्ट विंगमा अभ्यस्त बनाउँदै छन् ।

    जहाँ उनले प्रशिक्षकको निर्णयमा न्याय गरेका पनि छन् । त्यसो भए के सुगम युवा टिममा पर्छन् त ? ‘खोई हेर्नुपर्छ ।’ हाँस्दै सुगम भन्छन् । राष्ट्रिय टिमबाट खेलिरहेका आयुष घलान र सुगमको पोसिजन समेत एउटै छ । यता, राइटमा समेत ए डिभिजन लिगमा आफूलाई प्रमाणित गरिसकेका कृतिसरत्न छुन्जु छन् । त्यसैले पनि सुगमलाई अब ठूलै चुनौतीको सामना गर्नु परेको छ । ‘मेरो पोजिसनमा म र मनज्ञ (नकर्मी) छौं । अब, आयुषलाई पनि लेफ्टमै खेलाए गाह्रो पर्छ ।’ हाँस्दै सुगम भन्छन् । ‘तर राइटको लागि पनि म तयार छु । तर, त्यसमा पनि कृतिसरत्न छ ।’ नेपाली टिमका प्रशिक्षक मेघराज केसी सुगममा केही खुबी भएकै कारण यो स्थान (छनोट ३० भित्र) सम्म आईपुगेको बताउँछन् ।

    ‘अहिले नै मैले २३ छनोट गरेको छैन । यहि ३० ले नै साफ र एएफसी खेल्ने हो । यहाँ हरेक दिन खेलाडी छनोट भइरहेको छ । यहाँ रहँदैमा टिममा परिन्छ भन्ने छैन । उ (सुगम) पक्कै यहाँसम्म आइपुगेको छ । केही खुबी भएर नै आएको हो ।’ ए डिभिजन क्लब सातदोबाटो युथ क्लबका प्रशिक्षक समेत रहेका केसीले भने । उता, बुबा श्यामले छोरो ३० भित्र छनोट भएपछि बधाई दिँदै गर्वको विषय भएको सामाजिक संजालमा ‘पोष्ट’ गरेका छन् । ‘बधाई छ, सुगम । तिम्रो राष्ट्रिय टिमबाट खेल्ने सपना नजिक छ ।

    मेहनत जारी राख । हामीलाई गौरव छ ।’ हाललाई भने सुगम आफ्नो लक्ष्य यु-२० नै रहेको र यसमा डेब्यु भएमात्रै राष्ट्रिय टिमलाई लक्ष्य बनाउने बताउँछन् । उनी भन्छन्, ‘अहिलेको लक्ष्य भनेको यही टिममा पर्ने हो । यु-२० मा डेब्यु पाउनु पर्याे । त्यसपछि मात्रै राष्ट्रिय टिमको लक्ष्य बनाउनेछु । लक्ष्य भनेकै राष्ट्रिय टिम हो ।’

    चितवन जिमका सुर्जेले जिते दोस्रो मिस्टर चितवनको उपाधि
    बिसिए प्राइड लिग क्रिकेट असोज १८ देखि, खेल तालिका पनि सार्वजनिक
    दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते, तयारी तीव्र

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.