काठमाडौं । सुरुवाती अग्रता जोगाउन नसक्दा रोमाञ्चक खेलमा बोरुसिया डर्टमण्ड जर्मन बुन्डेसलिगा फुटबलमा वेर्डेर ब्रेमेनसंग ३-२ले पराजित भएको छ । शनिबार राति घरेलु मैदानमा सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा डर्टमण्ड पहिलो हार बेहोर्न बाध्य भयो । डर्टमण्डका जुलियनले ४५औं मिनेटमा अग्रता दिलाए ।
७७औं मिनेटमा राफाएल गुइरेलोले गोल गर्दै २-० बनाए । तर, खेलको अन्तिम ११ मिनेट जोगिन नसक्दा डर्टमण्ड हार बेहोर्न बाध्य भयो । खेलको ८९औं मिनेटमा ली बुचाननले खेल २-१ को स्थितिमा ल्याए । यसपछी इन्जुरी समयमा निक्लास र ओलिभर बुर्केले गोल गर्दै ब्रेमेनलाई जित दिलाए । हारसंगै डर्टमण्ड ६ अंक जोडेर सातौं स्थानमा छ ।
जितसँगै ब्रेमेनले ३ खेलमा ५ अंक जोडेर आठौं स्थानमा छ । यस्तै, अन्य खेलमा आरबी लाइपजिक युनिअन बर्लिनसंग २-१ ले स्तब्ध भयो । जितसंगै बर्लिन ७ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ ।








