• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक १५, २०८३
☰
आइतबार, कार्तिक १५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ४. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ५. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ६. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ७. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ८. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ९. विदेशी फूलको आयात रोक्न किसानको माग

  • १०. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

इँटा उद्योग कामदारको राष्ट्रिय सम्मेलन सौराहामा

  •   सोमबार, असोज ३१, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको सौराहामा इँटा उद्योग कामदार समितिको राष्ट्रिय सम्मेलन सुरु भएको छ । आइतबारदेखि सुरु भएको सम्मेलनको सोमबार बिहान उद्घाटन गरिएको छ । सम्मेलनको आयोजक संस्था ग्लोबल फेयरनेश इनिसियटिभ काठमाडौँकाअनुसार सम्मेलनमा ४० उद्योगमा कार्यरत विभिन्न १८ जिल्लाका १०८ जनाको सहभागिता रहेको छ । ‘कामदारमैत्री उद्योग, उद्योगमैत्री स्थानीय शासन र नीति’ भन्ने नाराका साथ आयोजना गरिएको सम्मेलन कात्तिक २ गतेसम्म सञ्चालन हुने आयोजक संस्थाका राष्ट्रिय निर्देशक सुरेश पण्डितले जानकारी दिनुभयो ।

    ग्लोबल फेयरनेश इनिसियटिभले सन् २०१४ देखि ‘बेटर ब्रिक नेपाल’ परियोजना सञ्चालन गरेर इँटा उद्योगमा काम गर्ने कामदारहरुको श्रमसँग सम्बन्धित विभिन्न पाँच वटा मुद्दाहरुमा काम गर्दै आएको पण्डितले बताउनुभयो । कामदारको श्रमसँग सम्बन्धित मुद्दालाई सम्बोधन गर्दै इँटा उद्योगको रुपान्तरण, बालश्रम निषेध, श्रमिकको बालबालिकाको शिक्षा, बाध्यात्मक श्रम निषेध तथा कामदार र उद्योगीको व्यवहारसहितका मुद्दाहरुमा काम गर्दै आइरहेको पण्डितको भनाइ छ ।

    इँटा उद्योगको गुणस्तरमा विकास, धुवाँ उत्सर्जनको नियन्त्रणमा टेवा पु¥याउन प्रदूषण मापन तथा मापदण्ड भित्र राख्न लगाउने, रोजगारदाता र श्रमिकको सम्बन्ध सुधारमा काम गर्ने सरकारी ऐनको कार्यान्वयन र पालना गराउने लगायतका विषयमा ग्लोबल फेयरनेश इनिसियटिभले काम गर्दै आएको छ । नेपालमा हाल एक हजार २९६ भन्दा बढी इँटा उद्योगहरु कानुनी रुपमा सञ्चालनमा छन् । परियोजना आगामी जुन २०२३ सम्म सञ्चालन हुने भन्दै पण्डितले अहिलेसम्म संस्थाको तर्फबाट धेरै कामहरु गरिएको बताउनुभयो ।

    इँटा उद्योगको श्रमिकहरुको राष्ट्रिय सरोकार परिषद् निर्माण गरिएको, इँटा उद्योग सञ्जाल गठन भएको त्यस्तै, इँटा उद्योगको अुनगमन र निर्देशन गर्दै समस्याहरु राष्ट्रिय स्तरमा लैजाने र समाधान गर्ने काम भइरहेको पण्डितको भनाइ छ । परियोजना सञ्चालनमा आएपछि उद्योगहरुमा ३४ वटा इसीइसी केन्द्र सञ्चालन गरेर दुई हजार ९२३ जना तीन वर्षमुनिका बालबालिकालाई अध्ययन गराएको, हालसम्म एक हजार ८२९ जना बालबालिकालाई विद्यालय पठाएको पण्डितले बताउनुभयो ।

    त्यस्तै, १५६ वटा बालश्रम मुद्दा समाधान गरिएको, २३ हजार १३८ जना कामदारलाई गुणस्तर तथा श्रम विषयमा तालिम प्रदान गरिएको पण्डितको भनाइ छ । संस्थाका कारण उद्योगीहरुलाई धेरै सहज भएको जैसवाल इँटा उद्योग सञ्चालक पवनकुमार मिश्रले बताउनुभयो । उद्योगले गर्नुपर्ने धेरै कामहरु संस्थाले गरिदिएको भन्दै मजदुर र उद्योगीको बीचमा सम्बन्ध सुधार भएको मिश्रको भनाइ छ । ग्लोबल फेयरनेश इनिसियटिभले परियोजना लागू गरेपछि उद्योगमा काम गर्ने कामदारका बालबालिकाले शिक्षादीक्षा पाएका, बाध्यात्मक श्रम घटेको, कामअनुसारको उचित ज्याला पाएको, काम गर्ने समय निश्चित भएको मिश्रले बताउनुभयो ।

    अहिले इँटा उद्योगमा काम गर्ने मजदुरका बालबालिकाहरु बाध्यात्मक श्रमबाट मुक्त हुँदै उचित शिक्षा लिने अवस्थामा पुगेका छन् । सम्मेलनको उद्घाटन सत्रमा श्रम रोजगार तथा सुरक्षा मन्त्रालय अन्तर्गतको दिगो विकास लक्ष्य कार्यक्रमकी नुतन शर्माले देशभरका एक हजार २०० इँटा उद्योगमा दुई लाख बढी कामदार कार्यरत रहेकोमा त्यहाँ ३० हजार बालबालिका रहेको बताउनुभयो । जोखिमपूर्ण क्षेत्रको रुपमा इँटा उद्योग रहेको भन्दै यसमा सरकारले विशेष निगरानी बढाउनुपर्ने शर्माको भनाइ छ ।

    कार्यक्रममा गैरसरकारी संस्था महासंघ चितवनकी अध्यक्ष पार्वती घिमिरेले इँटा उद्योगहरुले सरकारका नीति, नियम पूर्णरुपमा पालना गर्नुपर्ने बताउनुभयो । उद्योगी र श्रमिकबीच सम्बन्ध विस्तार गर्दै जानुपर्ने भन्दै घिमिरेले सरकारले गर्ने काममा गैरसरकारी संस्थाहरु समन्वय गर्नु अत्यन्त राम्रो भएको बताउनुभयो । उद्योगमा काम गर्ने कामदारका बालबालिकाहरुको अवस्था दयनीय हुने भएकाले उनीहरुको अधिकारका बारेमा सबै सचेत हुनुपर्नेमा घिमिरेले जोड दिनुभयो ।

    कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका महासचिव रामदत्त पौडेल, नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेश सदस्य कृष्णचन्द्र पाण्डे, आईजीडीएन तनहुँका अध्यक्ष कमलहरि जिसी, ईएसडीओ कपिलबस्तुका सदस्य विष्णु अर्याललगायतले मन्तव्य राख्नुभएको थियो । ग्लोबल फेयरनेश इनिसियटिभका राष्ट्रिय निर्देशक सुरेश पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सहायक कार्यक्रम व्यवस्थापक भास्कर कुमार अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ४.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ५.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    • ६.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.