चितवन । चितवनमा आज (बुधबार) दिउँसो ३ बजेर ८ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको छ । भूकम्पपछि मान्छेहरु घर बाहिर निस्केका छन् ।
भूकम्प ४.४ म्याग्नेच्युटको रहेको र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का चितवन,धादिङ, गोरखा, काभ्रे,काठमाडौमा मनि महसुस भएको छ ।








