मनहरी । मनहरी गाउँपालिकाले आगामी भदौ ९ गतेसम्म मनहरी गाउँपालिकाभित्रका सबै पसल तथा व्यवसाय बन्द गर्ने निर्णय गरेको छ । उँपालिकास्तरीय विपद् व्यवस्थापन समितिको शनिबार बसेको बैठकले स्वास्थ्य सेवा प्रबाह गर्ने बाहेक सबै पसलहरु बन्द गर्ने निर्णय गरेको हो । यसैगरि बैठकले आइतबारबाट कडिकडाउ रुपमा निषेधाज्ञा कार्यान्वयन गर्ने निर्णय गरेको छ । निषेधाज्ञाका बेला हिँडडुल गरेमा वा व्यापार गरेको पाइएमा सरुवा रोग नियन्त्रण ऐन बमोजिम कारबाही अघि बढाउने निर्णय समितिले गरेको छ । साथै मर्निङ वाक लगायत गतिविधिहरुमा पनि समितिले रोक लगाएको र अटेर गरेमा कारबाही सुरु गरिने समितिका समेत अध्यक्ष रहेका गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए ।








