• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. बिचौलियाको मारमा किसान

  • ९. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

लगातार दोस्रो जित निकाल्दै एपीएफ सेमिफाइनल प्रवेश, मधेस प्रदेशको पहिलो जित

  •   आइतबार, माघ ०१, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    विराटनगर । जारी प्रधानमन्त्री कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल एपीएफ क्लब लगातार दोस्रो जित निकाल्दा मधेस प्रदेशले पहिलो जित हात पारेको छ । इटहरी स्थित जनता क्रिकेट पार्कमा जारी प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने क्रममा एपीएफले आज बागमती प्रदेशमाथि ५३ रनको जित निकालेको हो । यो जित सँगै एपीएफ एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । एपीएफले दिएको १ सय ३७ रनको लक्ष्य पछ्याएको बागमती २० ओभरमा ९ विकेट गुमाएर ८३ रनमा समेटियो ।

    बागमतीका लागि ओपनर हेलिशा गुरुङले सर्वाधिक २२ रन बनाउँदा सोनी पाख्रिनले १३ रन बनाइन् । यस्तै कन्चन श्रेष्ठले ११ तथा कप्तान अस्मिना कर्माचार्यले १० रन जोडिन् । एपीएफका लागि निशा भट्टले ३ तथा कप्तान सिता राना मगरले ३ विकेट लिइन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ३६ रन बनाएको थियो । पहिलो विकेटका लागि ज्योति पाण्डे तथा कप्तान सिताराना मगरले ५४ रनको साझेदारी गरेका थिए ।

    प्लेयर अफ द म्याच समेत बनेकी कप्तान राना मगरले २९ बलमा ३६ रन बनाउँदा पाण्डेले १५ रन बनाइन् । इन्दु बर्माले २७ बलमा ३८ रन बनाउँदा नेरि थापा १९ रनमा अविजित रहिन् । बागमतीका लागि अस्मिना कर्माचार्य, मनीषा उपाध्याय, खुसी डङ्गोल र सोनी पाख्रिनले समान १÷१ विकेट लिए । दोस्रो खेलमा दोस्रो जित हात पारेको एपीएफ ४ अङ्कका साथ समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । यसअघि एपीएफले आफ्नो पहिलो खेलमा हिजो गण्डकी प्रदेशलाई पराजित गरेको थियो ।

    दुई खेलमा लगातार हार ब्यहोरेको बागमती प्रदेश अङ्कविहीन रहँदै समूह ‘ए’ को अन्तिममा रहेको छ । सुदूरपश्चिम दोस्रो स्थानमा रहँदा गण्डकी तेस्रो स्थानमा छ । आजै सम्पन्न दोस्रो खेलमा मधेस प्रदेशले पहिलो जित निकालेको छ । पहिलो जित निकाल्ने क्रममा मदेसले कर्णाली प्रदेशमाथि ८ विकेटको जित निकालेको हो । प्रतियोगितामा कर्णालीको यो लगातार दोस्रो हार हो । यसअघि पहिलो खेलमा हिजो शनिवार लुम्बिनी प्रदेशसँग कर्णालीले ९८ रनको हार ब्योहोरेको थियो ।

    आज भएको दोस्रो खेलमा कर्णालीले दिएको ८० रनको लक्ष्य मदेसले १०.२ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो । मधेसको जितमा ओपनर अनुराधा चौधरीले ३५ बलमा अविजित ३८ रन बनाइन । प्रतिमा शाहले अविजित १८ रन जोडिन । पहिलो खेलमा लुम्बिनीलाई ४७ अतिरिक्त रन दिएको कर्णालीले आज मधेस प्रदेशलाई २२ रन अतिरिक्तमा दिएको थियो । कर्णालीका लागि बिना थापाले २ विकेट लिइन । इटहरी स्थित जनता क्रिकेट पार्कमा त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ६ विकेट गुमाएर ७९ रन बनाएको थियो ।

    सुखद सुरुवात गरेको कर्णालीले २३ रनमा पहिलो विकेट गुमाएको थियो । त्यसपछि बाकी ५ विकेट गुमाएर कर्णालीले ५६ रन मात्र जोड्न सक्दा लगातार दोस्रो हार ब्योहोर्नु पर्‍यो । कर्णालीका लागि तिर्सना विश्वकर्माले १५ रन बनाइन् । अन्जु गुरुङले अविजित १३ रन बनाउँदा किरन कुँवर १३ रनमा आउट भइन् । कर्णालीका अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । मधेस प्रदेशका लागि भूमि सिंहले ४ तथा अमिरान निशाले २ विकेट लिए । दोस्रो खेलमा पहिलो जित हात पारेको मधेस २ अङ्कका साथ समूह ‘बी’ को तेस्रो स्थानमा रहेको छ ।

    उक्त समूहमा लुम्बिनी शीर्ष स्थानमा रहँदा प्रदेश एक दोस्रो स्थानमा छ । कर्णाली प्रदेश दुई खेल खेल्दै अङ्कविहीन रहँदै पुछारमा रहेको छ । प्रतियोगिता अन्तर्गत भोलि सोमबार हुने पहिलो खेलमा प्रदेश नम्बर एक र लुम्बिनी बिच प्रतिस्पर्धा हुँदा दोस्रो खेलमा गण्डकी र सुदूरपश्चिम प्रदेश बिच प्रतिस्पर्धा हुनेछ ।

    चितवन जिमका सुर्जेले जिते दोस्रो मिस्टर चितवनको उपाधि
    बिसिए प्राइड लिग क्रिकेट असोज १८ देखि, खेल तालिका पनि सार्वजनिक
    दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते, तयारी तीव्र

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.