• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. बिचौलियाको मारमा किसान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

सामूहिक खेतीमार्फत विपन्नको आय वृद्धिमा सहकारी

  •   शनिबार, माघ २१, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    डुम्रे । व्यास नगरपालिका–१० दुम्सीस्थित शिशुवा भतेरी कृषि सहकारीले बाँझो जमिनको उपयोग गर्दै सामूहिक खेतीमार्फत विपन्न समुदायको आयस्तर बढाएको छ । मादी नदी किनार नजिकै शिशुवा भतेरीमा रहेको बाँझो जग्गामा सामूहिक खेती गरी आयआर्जनको वातावरण बनाएर उनीहरुको आर्थिक जीवनस्तर बढाउन सघाएको छ ।

    सहकारीले विसं २०७४ देखि भाडामा लिएको भतेरीको जग्गामा सामूहिक खेती सुरु गरेपछि विपन्न वर्गलाई खेतीका लागि अधियाँ गर्न जमिन खोज्नुपर्ने बाध्यता हटेको छ । सहकारीले भाडामा लिएको जग्गामा स्थानीयवासीले मौसमअनुसार धान, मकै, आलुलगायतका खेती गर्दै आएको सहकारीका सचिव श्रीकृष्ण आचार्यले जानकारी दिए ।

    उनका अनुसार सहकारीले यहाँका अति सीमान्तकृत बोटे, अल्पसङ्ख्यक दरै, दलित तथा विपन्न वर्गको आयस्तर बढाउन सामूहिक खेती गरेका छन् । वडा कार्यालयले विपन्न वर्गको आयआर्जनसँग जोड्न र वृद्धि गराउने उद्देश्यले सार्वजनिक जग्गा १० वर्षको लागि निःशुल्करुपमा प्रयोग गर्न दिएपछि सामूहिक खेती थालिएको सहकारीका अध्यक्ष यज्ञप्रसाद शर्माले बताए ।

    उक्त जग्गामा पाँच वर्षदेखि विपन्न वर्गले मौसमअनुसारको खेती गरिरहेका छन् । वडा कार्यालयले उनीहरुको आयआर्जनका लागि रु ७० हजारमा जमिन सम्माएर खेत बनाइदिएको छ । एक लाख लगानीमा सहकारीले पाँच वर्षदेखि विभिन्न प्रकारका खेती गर्दै आएको शर्माले बताए। सहकारीले राम्रो कार्य गरेकाले गत वर्ष सामूहिक खेतीका लागि सहज बनाउन करिब रु १७ लाखको ट्र्याक्टर व्यास नगरपालिकाले सहयोग गरेको उहाँले जानकारी दिए ।

    कृषि क्रान्ति गर्न सामूहिक खेती गरिएको र क्षेत्रफल विस्तार गर्दै लैजाने योजना सहकारीले बनाएको छ । चरन क्षेत्रलाई जग्गा बनाएर स्थानीय उपभोक्तालाई उत्पादनसँग जोडी प्रयोगमा ल्याउने उद्देश्यले भेला राखेर सहकारीमार्फत खेती गरिएको निवर्तमान वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिए। “बाँझो जमिनमा खेती गर्नु जमिनको पहुँच नहुने कृषकको लागि फलदायक भएको छ”, सापकोटाले भने, “सहकारीको सदस्य बनाउने र जसको जमिन छैन उसलाई समूह बनाएर जमिन उपभोग गरिएको छ, मेरो जग्गा छैन मैले काम गरी खान पनि पाइन भन्ने चिन्ता सहकारीले सामूहिक खेतीमार्फत हटाउन प्रतिबद्ध भएको छ ।”

    यहाँका विपन्न वर्गले उत्पादन गरेका खाद्य वस्तु स्थानीय बजारमा नै खपत हुने गरेको छ । सहकारीमा सम्बद्ध भएका कृषकले आफूलाई बढी हुने भएपछि बिक्रीका लागि पठाउने र उनीहरुको आयस्तरमा वृद्धि हुँदै आएको सहकारीले जनाएको छ । घाँस र परालको उपभोग गौ संरक्षण केन्द्रमा सहकारीमार्फत गरिएको सामूहिक खेतीबाट उत्पादित पराल र घाँस सोही ठाउँस्थित शिवालय गौ संरक्षण केन्द्रमा उपभोग हुँदै आएको छ ।

    केन्द्रले गाईको मल तथा मूत्र खेतीमा उपयोग गर्न दिने र त्यसबाट उत्पादित घाँस र पराल गाईलाई उपलब्ध गराउने गरेको छ । “रासायनिक मल प्रयोग नगरी गौ संरक्षण केन्द्रमा रहेका गाईको मल र मूत्र प्रयोग गरिएकाले खेती राम्रोसँग फष्टाएको छ र रोग पनि लागेको छैन”, अध्यक्ष शर्माले भने। निम्न आय भएका कृषकलाई सहकारीमा आबद्ध गराएर आयवृद्धि गर्न विभिन्न तरकारी, धान, माछा पोखरी सहकारीले निर्माण गरेको छ ।

    माछाबाट वार्षिक रु दुई लाख आम्दानी सोही जग्गाभित्र सहकारीले कृषक समूहको आय वृद्धि गर्न नौ वटा माछा पोखरी निर्माण गरेको छ । “एक कृषक समूहलाई एक माछापोखरी पर्छ, उनीहरुले माछा पनि सामूहिक रुपमा नै पाल्छन्”, सचिव आचार्यले भने, “पोखरीबाट उत्पादित माछा उनीहरुले नै खाने तथा बिक्री गर्दछन् ।” नौ वटा माछा पोखरीबाट वार्षिकरुपमा रु दुई लाखको माछा बिक्री गर्दै आएको सचिव आचार्यले बताए ।

    माछा स्थानीय बजारमा नै खपत हुन्छ । विपन्न समुदाय सहकारीमा आबद्ध भई सामूहिक खेती, गाईभैँसीको दूध बिक्री गर्ने गरेकाले मासिक रु १५ हजारदेखि रु ३० हजारसम्म आम्दानी गर्न थालेको उहाँले जानकारी दिए । सहकारीमा एक सय १० जना आबद्ध छन् । सहकारीले आफ्नो जमिन नभएका विपन्नको लागि भने सामूहिक खेतीमा आबद्ध गराएको छ ।

    विपन्न मात्रै नभई कृषिमा आधुनिक औजारको प्रयोग गरी लागत घटाउन गाउँका सबैलाई सामूहिक खेतीमा आबद्ध गराइने सहकारीले जनाएको छ । सहकारीका अनुसार विपन्न समुदायले धान, आलु र मकै खेती गर्दै आएका छन् । खेती गरेपछि तरकारी किनेर ल्याउन नपरेको र पशुपालनतर्फ कृषकको आकर्षण बढेको सहकारीले जनाएको छ । हाल सहकारीले लिएको जग्गामा कृषकले आलु खेती गरेका छन् ।

    चितवनमा उद्योग दर्ता र नवीकरण अब अनलाइनबाटै
    पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक १ अर्ब ९१ करोड घाटा
    कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.