• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ४. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ५. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ६. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ७. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ८. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

शान्ति सुरक्षा र अमनचयन कामय गर्नु गृहको मुख्य काम हो : गृहमन्त्री श्रेष्ठ

  •   शुक्रबार, चैत १७, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा शान्ति सुरक्षा र अमनचयन कायम गर्नु गृह मन्त्रालयको प्रमख जिम्मेवारी भएको बताउनुभएकोे छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा आज पदबहाली गर्दै उहाँले सूत्र परिचालन कार्यविधि, २०७८ (सुराकीको नाममा गृहमन्त्री र सचिवले खर्च गर्ने प्रचलन) खारेजीको प्रस्ताव र मिटरब्याजी पीडितको समस्यालाई समाधान गर्न सर्वाधिकार सम्पन्न आयोग गठन गर्ने प्रस्तावसम्बन्धी निर्णय गर्नुभयो ।

    विगतका सरकारले गरेका कामलाई निरन्तरता दिँदै बाँकी काम अघि बढाउने उल्लेख गर्दै गृहमन्त्री श्रेष्ठले भन्नुभयो, “काम गर्दा कुनै पनि दबाबमा परेर काम नगर्नुस् तर जनताको सेवालाई ध्यानमा राखेर काम गर्नुस् ।” वर्तमान सरकारको मुख्य चारवटा राष्ट्रिय कार्यभार भएको र त्यो कार्यभार पूरा गर्न सबैको सहयोग जरुरी भएको बताउनुभयो । “राष्ट्रिय एकता सुदृढ गर्नु, राजनीति उपलब्धिको रक्षा गर्नु तथा शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्नुछ”, उहाँले भन्नुभयो, “सामाजिक न्यायसहितको सामाजिक आर्थिक रूपान्तरण गर्ने र जनताको जीवन परिवर्तन हुने गरी विकास र समृद्धिको काम गर्ने उद्देश्य रहेको छ ।”

    गृहमन्त्री श्रेष्ठले पद र जिम्मेवारीको इमान्दारपूर्वक काम गरी समयको पालना गर्नुपर्ने उल्लेख गर्दै भ्रष्टाचार न्यूनीकरणमा शून्य सहनशिलता कायम गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “म घुस खान्न, उपहार लिन्न, कामलाई विश्वास गर्छु ।” राष्ट्रिय सहमतिका आधारमा नागरिकता विधेयक ल्याएर नागरिकतासमबन्धी समस्या समाधान गर्ने र महिला हिंसा रोक्नका आवश्यक कदम चाल्नसमेत मन्त्री श्रेष्ठले निर्देशन दिनुभयो । उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले आफूले १० वर्षअघि छोटो समय गृह मन्त्रालय सम्हाल्दाको समय स्मरण गर्दै पुनः पाएको जिम्मेवारी राम्रोसँग निभाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट
    मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम
    कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ४.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ६.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    भर्खरै

    • १.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • २.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ३.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ४.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ५.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ६.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    • ७.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • ८.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.