• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ४. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ७. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ८. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

सरकारको कामलाई यसरी जनतासँग जोड्दैछ माओवादीले

  •   शुक्रबार, बैशाख ०१, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । राजकीय जिम्मेवारीमा पुगेपछि पार्टी व्यवस्थित बन्न नसकेको ठहर गर्दै नेकपा (माओवादी केन्द्र)ले अब नागरिकसँग नियमित रुपमा भेटघाट तथा अन्तरक्रिया गर्ने भएको छ । यसका लागि एक कार्ययोजना नै बनाएर आजदेखि कार्यान्वयन सुरु गरिएको छ । सो कार्ययोजनाको आजदेखि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुरुआत गर्नुभएको छ । प्रधानमन्त्री र सङ्घीय सरकारका मन्त्रीहरुले नियमित रुपमा नागरिकसँग अन्तरक्रिया गर्ने गरी कार्य व्यवस्थापन योजना लागू गरिएको माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले जानकारी दिनुभयो ।

    सो पार्टीका तर्फबाट आज सार्वजनिक गरिएको सो योजनाअनुसार हरेक साताको शुक्रबार प्रधानमन्त्री प्रचण्डले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अपराह्न ४ देखि साँझ छ बजेसम्म नागरिकसँग सरकारको काम कारबाहीलगायतका विषयमा छलफल तथा अन्तरक्रिया एवम् भेटघाट गर्नुहुनेछ । यस्तै, हरेक साताको आइतबार ४ देखि ५ बजेसम्म संसदीय दलको कार्यालय सिंहदरबारमा पनि प्रधानमन्त्रीले भेटघाट गर्नेगरी कार्यतालिका तय गरिएको प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।

    माओवादी केन्द्रले तयार पारेको योजनाअनुसार सातै दिन मन्त्री, सल्लाहकार तथा विज्ञले भेटघाट तथा नागरिकको समस्या समाधान गर्नेगरी भेटघाटको समय तालिका निर्धारण गरिएको छ । माओवादी केन्द्रका महासचिव गुरुङले आज जारी गर्नुभएको परिपत्रअनुसार आइतबार ४ देखि छ बजेसम्म ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सम्बद्ध क्षेत्र तथा विषयसँग सम्बन्धित विषयमा भेटघाट गर्नुहुनेछ । सर्वदलीय वा सर्वपक्षीय प्रतिनिधिमण्डलबाहेक सिंहदरबारमा कुनै पनि भेटघाट नगर्ने त्यसको सट्टामा पार्टी केन्द्रीय कार्यालयमा नै नागरिकसँग अन्तरक्रिया एवम् छलफल गर्ने व्यवस्था गरिएको छ ।

    हरेक साताको सोमबार ४ देखि छ बजेसम्म संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भेटघाट गर्नुहुनेछ । यस्तै, हरेक साताको मङ्गलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले, बुधबार सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, बिहीबार उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले दुई घण्टा नागरिकसँग भेटघाट गर्ने गरी कार्यतालिका तय गरिएको छ । शनिबार भने प्रधानमन्त्री, मन्त्रीका सल्लाहकार एवम् विज्ञले भेटवार्ता गर्ने गरी तय गरिएको छ ।

    प्रधानमन्त्री, मन्त्री, सल्लाहकार र विज्ञले सातामा एक दिन दुई घण्टा पार्टी कार्यालयमा भेटघाट गर्ने, त्यसका लागि पार्टी कार्यालयबाट दुई र प्रधानमन्त्रीको सचिवालयबाट पनि दुईजना व्यवस्थापनका लागि खटिनेछन् । राज्यका कामलाई प्रभावकारी र परिणामुखी बनाउन कानुन निर्माण र कार्यान्वयनलाई अनिवार्य सर्त बनाइएको छ । विगतमा यस्ता कामलाई गम्भीरतापूर्वक नलिई अन्य कामलाई प्राथमिकता दिनाले संविधान कार्यान्वयनमा आवश्यकताअनुसार प्रतिफल दिन नसकिएको माओवादीको ठहर छ ।

    विगतको कमजोरी सच्याउँदै पार्टीका विभागीय कामलाई समेत प्रभावकारी बनाउन लागिपर्ने माओवादीले उल्लेख गरेको छ । पार्टीका विभाग, जनवर्गीय सङ्गठन, मोर्चा, कानुन व्यवसायी, कर्मचारी र विज्ञसँग निरन्तर रुपमा छलफल गर्ने गरी कार्यतालिका तय गरिएको छ । अनौपचारिक विज्ञ समूह आवश्यकताका आधारमा निर्माण गरी सुझाव लिने गरी कार्य व्यवस्थापन योजना तय गरिएको छ । शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, परराष्ट्र, आर्थिक, अध्ययन अनुसन्धान र अनुगमनलगायतका समूह तय गरिनेछ ।

    विज्ञ समूहको गठन गर्दा पार्टीको सम्बन्धित विभागबाट दुई, विषय विज्ञ एक, विषयसँग सम्बन्धित पूर्वमन्त्री तथा विगतमा राजनीतिक नियुक्ति लिएकाहरुबाट दुईजना रहनेछन् । नयाँ व्यवस्थाअनुसार पार्टी कार्यालयले नियमित रुपमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री, मन्त्री तथा राजनीतिक नियुक्ति लिएकालाई जानकारी गराउनेछ । सबै काम कारबाहीको अनुगमनका लागि एक समिति बनाइनेछ । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष ‘प्रचण्ड’ ले जनतासँगको भेटघाटलाई सहज र व्यवस्थित गर्न आजै निर्देशन दिनुभएको छ ।

    पार्टी र सरकारका काम कारबाहीलाई व्यवस्थित गर्न बनेको कार्यविधि कार्यान्वयनको सुरुबात गर्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज एक विशेष कार्यक्रमको आयोजना गरिएको थियो । सो अवसरमा उहाँले भन्नुभयो, “सरकार र पार्टीको कामलाई योजनाबद्ध र व्यवस्थित गर्न तयार भएको कार्यविधिअनुसार आजदेखि भेटघाटको सुरुबात भएको छ । सामान्य किसानदेखि कार्यकर्तासम्मले आफ्नो प्रधानमन्त्री भेट्ने वातावरणका लागि बनेको यस कार्यविधिलाई यान्त्रिक नबनी कार्यन्वयनमा आवश्यक कला र लचकता अपनाउँदै व्यावहारिक रुप दिन आग्रह गर्दछु ।”

    उहाँले अब पार्टीभित्र नेताको मन जितेर नेता बन्ने प्रणालीको अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याउँदै जनता र कार्यकर्ताको मन जित्ने नै नेता बन्ने बताउनुभएको थियो । प्रधानमन्त्री, मन्त्री तथा राजनीतिक नियुक्ति लिएकालाई पार्टीप्रति थप जिम्मेवार बनाउन, जनतासँग जोडिन र परिणाम निकाल्नका लागि यस खालको व्यवस्था गरिएको माओवादी केन्द्रले जनाएको छ । सरकार र पार्टीको कामलाई साथ साथै लैजान र नतिजा निकाल्नका लागि नयाँ योजना अगाडि सारिएको सो पार्टीले जनाएको छ ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने
    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ४.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.