• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक १६, २०८३
☰
सोमबार, कार्तिक १६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ३. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ४. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ५. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ६. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ७. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ८. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

सरकारले राम्रा कामको सुरुआत गरेको छ : सञ्चारमन्त्री

  •   शनिबार, जेठ ०६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण तथा जनअपेक्षा पूरा गर्नेगरी वर्तमान सरकारले राम्रा कामको सुरुआत गरेको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेश समितिको वार्षिक साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले सरकारले जनताका पक्षमा काम गर्ने पहलकदमी लिइरहेको बताउनुभयो । सरकारले गरेका राम्रा काम जनतामाझ लैजान सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका भएको मन्त्री शर्माले बताउनुभयो ।

    “सरकारले राम्रो कामको सुरुआत गरेको छ”, उहाँले भन्नुभयो । प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ले यसअघिका दुई कार्यकालबाट सिकेर तेस्रो कार्यकाल सुजबुझका साथ अगाडि बढाउनुभएको मन्त्री शर्माको भनाइ छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र सिङ्गो देशको साझा उपलब्धि भएको उल्लेख गर्दै उहाँले पछिल्ला दिनमा जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिमाथि प्रहार गर्ने क्रम बढिरहेको बताउनुभयो । “राजनीतिक उपलब्धिको रक्षा गर्न सञ्चारमाध्यमले सशक्त भूमिका निर्वाह गर्नुपर्छ”, मन्त्री शर्माले भन्नुभयो–“गणतन्त्र, समावेशिता र सङ्घीयतामाथि चौतर्फी आक्रमण भइरहेको छ, यो व्यवस्थामाथि प्रहार गर्ने विरुद्ध एक हुन आवश्यक छ ।”

    गणतन्त्र स्थापनापछि गुणात्मक उपलब्धि हासिल भएको उहाँको भनाइ छ । सरकार सञ्चार क्षेत्रलाई व्यवस्थित गर्नुपर्छ भनेर लागिपरेको जिकिर गर्दै मन्त्री शर्माले भन्नभुयो, “हिजो मात्रै सरकारले नीति कार्यक्रम ल्याएको छ, सञ्चारमाध्यमलाई ज्ञानको उद्योगका रुपमा विकास गर्ने, समानुपातिक विज्ञापनलाई कार्यान्वयन गर्न तथा पत्रकारिता क्षेत्रलाई व्यवस्थित बनाउन लागि परेका छौँ । सबै मिडियालाई व्यवस्थित गर्नुपर्छ । बजेटमार्फत थप व्यवस्थित गरिनेछ ।”

    बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेलले सत्यतथ्यमा आधारित रहेर जनताका पक्षमा कलम चलाउन आग्रह गर्दै पेशागत जिम्मेवारी र दक्षता हेरेर कर्म गर्न सञ्चारकर्मीलाई सुझाव दिनुभयो । प्रेस सेन्टर नेपालका इन्चार्ज महेश्वर दाहालले राष्ट्रियता, जनता र उत्पीडित वर्गलाई केन्द्रमा राखेर पत्रकारिता गरिनुपर्ने बताउनुभयो । प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटाले नकारात्मक पत्रकारिताको प्रवृत्ति बढिरहेको अवस्थामा जनताको पत्रकारले त्यसलाई चिर्न सक्नुपर्ने बताउनुभयो ।

    प्रेस सेन्टरका उपाध्यक्ष ओपेन्द्र शर्माले श्रमजीवी जनताको हकहितका पक्षमा पत्रकारले कलम चलाउनुपर्नेमा जोड दिनुभयो । राससकर्मी लम्साल सम्मानित कार्यक्रममा मन्त्री शर्माले राष्ट्रिय समाचार समिति (रासस) का सह–समाचारदाता एवं प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेश समितिका संस्थापक अध्यक्ष रमेश लम्साललाई सम्मान गर्नुभयो ।

    मन्त्री शर्माले पत्रकार उहाँलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो । श्रमजीवी पत्रकारलाई सङ्गठित गर्दै उनीहरुको हकअधिकार स्थापित गराउन निरन्तर लागेबापत लम्साललाई सम्मान गरिएको प्रतिष्ठान प्रदेश समितिका अध्यक्ष वीरेन्द्र वलीले जानकारी दिनुभयो ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने
    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ३.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ४.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ५.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    • ६.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.