• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक १६, २०८३
☰
सोमबार, कार्तिक १६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ३. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ४. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ५. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ६. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ७. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ८. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

नेपालको मुस्लिम समुदाय देशभक्त समुदाय हो : अध्यक्ष ओली

  •   सोमबार, जेठ ०८, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    पाटन । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको मुस्लिम समुदाय देशभक्त आदिवासी समुदाय भएको बताउनुभएको छ । आज ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा नेपाल मुस्लिम इत्तेहाद सङ्गठनद्वारा आयोजित इद मिलन तथा सङ्घर्षशील आवाजहरु नामक पुस्तक विमोचन कार्यक्रममा मन्तव्य राख्नु हुँदै उहाँले नेपालको मुस्लिम समुदाय शान्ति प्रिय र देशभक्त आदिवासी समुदाय भएको बताउनुभयो । “जातका नाममा, धर्मका नाममा राजनीति गरेर जनता उझाल्ने काम सह्य हुँदैन । राष्ट्रिय एकता कायम गर्न सबैबीच सद्भाव हुनुपर्छ ।

    धर्मका नाममा भड्काउने कामलाई निरुत्साहित गरिनुपर्छ । विविधतायुक्त नेपाली समाज हाम्रो साझा सम्पत्ति हो । समृद्धि र न्याय सहितको लोकतन्त्र हाम्रो राजनीतिक माध्यम हो । मिलेर बसेको विविधतायुक्त समाजलाई भड्काउन खोजिँदै छ”, ओलीले भन्नुभयो, “देशको सेवा र जनताको सुरक्षा गर्ने माध्यम राजनीति हुनुपर्छ । राजनीतिका नाममा ठगी खाने माध्यम बनाइनु हुँदैन । राजनीतिलाई झूट र बेइमानीको माध्यम बनाइनु हुँदैन ।”

    संविधानसभा सदस्य नजिर मियाँद्वारा लिखित सङ्घर्षशील आवाजहरु नामक पुस्तकका बारेमा धारणा राख्नुहुँदै अध्यक्ष ओलीले पुस्तकमा लेखकका असाधारण अनुभव, पारिवारिक व्यवहार, पार्टीगत काम, मुस्लिम इत्तेहाद सङ्गठनका प्रसङ्गवश सम्झिएका महत्वपूर्ण विषयवस्तुहरु पुस्तकमा रहेको बताउनुभयो । उहाँले मियाँलाई अझ ज्ञानवर्द्धक अर्को पुस्तक प्रकाशन गर्ने प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । उहाँले विश्व राजनीतिमा धर्मका नाममा ठूलाठूला आन्दोलन भइरहेको उल्लेख गर्दै सामाजिक न्याय समानता र सद्भावसहित राष्ट्रिय एकतामा केन्द्रित हुनुपर्ने बताउनुभयो ।

    विमोचित पुस्तकका लेखक संविधानसभा सदस्य नजिर मियाँले पुस्तकमा महामुली गाउँको खेती किसानी गरेको व्यक्तिको जीवनमा घटेका घटनालाई चित्रण गर्न खोजेको बताउनुभयो । “पुस्तकमा महामुली गाउँको खेती किसानी गर्ने व्यक्तिको जीवनमा घटेका घटनालाई चित्रण गर्न खोजेको छु । मैले ७२ वर्षसम्म के मेहनत गरेँ भन्ने कुरा पुस्तकमा लेखेछु”, मियाँले भन्नुभयो । नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले पुस्तकमा व्यक्तित्वका विभिन्न आयामलाई प्रस्तुत गरिएको बताउनुभयो । “पुस्तकमा व्यक्तित्वका विभिन्न आयामलाई प्रस्तुत गरिएको छ ।

    मुस्लिम समुदायको हितका लागि संविधानसभामा निर्वाह गरेको महत्त्वपूर्ण भूमिका पुस्तकमा छ । मुस्लिम समुदायलाई हिंसा प्रियका रुपमा चित्रित गरिँदा अत्यन्तै पीडामा परेको र उक्त समुदायले असुरक्षित महसुस गरेको छ”, ज्ञवालीले भन्नुभयो, “नेपालको बहुसांस्कृतिक समुदायलाई सम्मान गर्दै सबैलाई समेटेर जानुपर्ने आवश्यकता छ । व्यक्तित्व निर्माणका लागि प्रेरणा प्रदान गर्ने खालको पुस्तक छ । समुदायलाई माथि पु¥याउन महत्त्वपूर्ण भूमिका खेलेका नजिरले लेख्नुभएको पुस्तकमा यथार्थपरक विषयवस्तुहरु रहेको छ ।”

    प्रकाशित पुस्तकमाथि टिप्पणी गर्नुहुँदै अग्रज पत्रकार पुरुषोत्तम दाहालले पुस्तक विमोचनको अवसरले राजनीतिक धार्मिक समन्वय, सुखद अवसर सृजना गरेको बताउनुभयो । “अवसरविहीन अवस्था, समस्या र अभावबाट लेखन प्रारम्भ भएको पुस्तकमा पारिवारिक प्रेम र स्नेह व्यक्त भएको छ । इतिहासको अभिलेखमा राख्न योग्य छ । समुदायको आन्दोलनका लागि लागेका फरक राजनीति पृष्ठभूमिमा व्यक्तिहरुको अन्तरसङ्घर्ष पनि पुस्तकमा छ”, टिप्पणी गर्नुहुँदै दाहालले भन्नुभयो, “मान्छेको अनुभव नै सबैभन्दा ठूलो विश्वविद्यालय हो ।

    गाउँदेखि संसद्सम्म खेल्नुभएको भूमिकाको उल्लेख भएको छ । पुस्तकमा अभिव्यक्त कुराहरुका आधारले राष्ट्रिय भावनाले ओतप्रोत छ ।” उहाँले मान्छेको जीवनसँग जोडिएका कुराहरु पार्टी र धर्मभन्दा माथि हुन्छ भन्नेमा जोड दिनुभयो ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने
    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ४.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ५.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    • ६.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.