• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक १६, २०८३
☰
सोमबार, कार्तिक १६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ३. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ४. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ५. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ६. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ७. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ८. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

पूर्वराष्ट्रपति डा. यादवद्वारा राससमा तस्बिर प्रदर्शनीको अवलोकन

  •   बिहिबार, जेठ ३२, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ  । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय समाचार समिति ९रासस०मा सञ्चालित ‘हाम्रोे संस्कृतिः हाम्रो सम्पदा’ शीर्षक तस्बिर प्रदर्शनीको आज अवलोकन गर्नुभएको छ ।

    गणतन्त्र दिवस २०८० का अवसरमा यही जेठ ११ गतेदेखि भद्रकाली प्लाजास्थित रासस केन्द्रीय कार्यालयमा आयोजित प्रदर्शनीको अवलोकनपछि पूर्वराष्ट्रपति डा यादवले भौगोलिक र सांस्कृतिक विविधतालाई अझ प्रस्फुटन र एकाकार गर्दै राष्ट्रलाई एकताबद्ध तुल्याउन यस किसिमको प्रदर्शनीको महत्त्व रहने बताउनुभयो ।

    उहाँले भन्नुभयो, “राष्ट्रिय एकता, अखण्डता र विविधतायुक्त समाजलाई जोड्न यस्ता गतिविधिले महत्त्वपूर्ण योगदान पुग्छ । प्रदर्शन गरिएका विविधतायुक्त तस्बिरले समाज र राष्ट्रलाई शरीरको तन्तु–तन्तुजस्तै जोड्दै लान्छ, भूगोलको विविधता छ, त्यस्तै, जातीय, भाषिक, धार्मिक र सांस्कृतिक विविधता छ, यी सबलाई जोड्दै लगेमा राससले राष्ट्रिय एकतालाई मजबुद गर्दै सामाजिक सद्भाव अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्नेछ ।”

    पूर्वराष्ट्रपति डा यादवले आम जनतालाई आफ्ना रीतिथिति, भाषा र संस्कृतिका आधारमा यथोचित स्थान दिई सबैको भावनालाई जोड्ने र प्रवर्द्धन गर्ने कार्यमा राससले थप भूमिका निर्वाह गर्नसक्ने उल्लेख गर्नुभयो । “गणतन्त्र दिवसको उपलक्षमा राससले फोटो प्रदर्शनी गरेको छ, यसले देशको भूगोल, सामाजिक र सांस्कृतिक विविधतालाई सम्बोधन गरेको छ”, उहाँले भन्नुभयो, “देशका कुना–काप्चासम्मको संस्कृति, तराई, पहाड, हिमालको संस्कृतिलाई समेटेर प्रदर्शन गरिएको छ, यसले समग्र राष्ट्रलाई जोड्ने काम गरेको छ । लोकतन्त्रमा समान अधिकार प्रतिनिधित्व हुने गरी आम जनताको भावानात्मक एकतालाई जोडेर राष्ट्रिय हितलाई प्रवर्द्धन गरेको छ यो प्रदर्शनीले ।”

    प्रदर्शनीमा मिथिलादेखि, गौरानाच, थारू संस्कृति, नेवाःलगायत संस्कृतिसम्बन्धी तस्बिर समेटिएको पाइएकामा खुसी व्यक्त गर्दै पूर्वराष्ट्रपति डा यादवले तराई, पहाड र हिमाललाई जोड्ने आधारका रूपमा यस्ता गतिविधिको निरन्तरताको कामना गर्नुभयो । उहाँले राससले व्यावसायिक धर्म निर्वाह गर्दै राष्ट्र, राष्ट्रियता, भाषा, संस्कृतिको जगेर्ना र संवर्द्धन हुनेगरी आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

    पूर्वराष्ट्रपति डा यदावले जनताप्रतिको विश्वास अभिवृद्धिका साथै देश र समाजलाई सही सूचना प्रवाह गर्न राससले भूमिका खेलेको स्मरण गर्नुभयो । राससले स्थापनाकालदेखि हालसम्म निष्पक्ष, सन्तुलित र वस्तुनिष्ठ ढङ्गले जनता र राष्ट्रको सर्वोपरी हितमा रहेर समाचार सम्प्रेषण गरिरहेको भन्दै उहाँले यसलाई आगामी दिनमा थप प्रभावकारी बनाएर लैजानुपर्नेमा जोड दिनुभयो ।

    सो अवसरमा पूर्वराष्ट्रपति डा यादवले राससको समाचार सङ्कलन, समाचार सम्पादन, अङ्ग्रेजी सम्पादनलगायत कक्षको निरीक्षण गर्नुभएको थियो । उहाँलाई राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा र महाप्रबन्धक सिद्धराज राईले राससका सेवा, संरचना, शैली र भावी रणनीतिका बारेमा अवगत गराउनुभएको थियो ।

    राससका नायब महाप्रवन्धक श्यामप्रसाद रिमालले तस्बिरका बारेमा पूर्वराष्ट्रपतिलाई जानकारी गराउनुभएको थियो । राससका कार्यकारी व्यवस्थापक शीतलप्रसाद महतोले राससको व्यवस्थापकीय विषयमा जानकारी गराउनुभएको थियो भने राससका प्रमुख समाचारदाता उत्तम सिलवाल, प्रधानसम्पादक एकराज पाठकले समाचार सङ्कलन र सम्प्रेषण प्रक्रियाबारे अवगत गराउनुभएको थियो ।

    तस्बिर प्रदर्शनी सम्पन्न

    गणतन्त्र गणतन्त्र दिवस २०८० का अवसरमा यही जेठ ११ गतेदेखि भद्रकालीस्थित राससको केन्द्रीय कार्यालयमा सुरु भएको ‘हाम्रोे संस्कृतिः हाम्रो सम्पदा’ शीर्षक तस्बिर प्रदर्शनी आज सम्पन्न भएको छ ।

    नेपालका सांस्कृतिक पक्ष समेटेर राससबाट सम्प्रेषण भएका तस्बिर ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ शीर्षक प्रदर्शनीको एक समारोहकाबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उद्घाटन गर्नुभएको थियो ।

    प्रदर्शनीमा सातै प्रदेश एवं काठमाडौँ उपत्यकाका गरी ७७ तस्बिर समाविष्ट गरिएको थियो । राससका फोटो पत्रकारले खिचेका र सम्पादन कक्षबाट सेवाग्राहीमा सम्प्रेषण भइसकेका नेपालका विभिन्न चाडपर्व, जात्रा, मेला–महोत्सव तथा मठमन्दिर, गुम्बा, चैत्य, ताजियाजस्ता मूर्त–अमूर्त संस्कृति एवं सम्पदासम्बन्धी तस्बिर प्रदर्शनीमा राखिएको थियो ।

    मुलुकका सबै भूगोलमा बस्ने सम्पूर्ण जाति, जनजाति, भाषाभाषी, सम्प्रदाय एवं धर्मावलम्बीलाई एउटै राष्ट्रिय भावधारामा समाहित गर्न रासस सांस्कृतिक तस्बिर प्रदर्शनीले योगदान पुर्याउने विश्वास गरिएको छ । संस्थाले यसअघि पनि आफ्नो वार्षिकोत्सव समारोहमा तस्बिर प्रदर्शनी गर्दै आएको छ । हरेक दिन बिहान ७ बजे खुला भई साँझ ७ बजेसम्म अवलोकनको समय निर्धारण गरिएको थियो ।

    प्रदर्शनीको क–कस्ले गरे अवलोकन

    राससमा प्रदर्शन गरिएको तस्बिरको विशिष्ट व्यक्तित्वहरुले अवलोकन तथा राससको निरीक्षण गर्नुभएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, तत्कालीन मन्त्रिपरिषद््का अध्यक्ष, खिलराज रेग्मी, संविधानसभाका अध्यक्ष सुभासचन्द्र नेम्वाङ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले प्रदर्शनीको अवलोकन गर्नुभएको थियो ।

    यसैगरी नेपली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह, पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधि, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतो, पूर्वसूचना तथा सञ्चार प्रविधिमन्त्री सुरेन्द्रकुमार कार्की, डा मीनेन्द्रप्रसाद रिजाल र दिलेन्द्रप्रसाद बडू, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलगायतका पदाधिकारीले पनि तस्बिर प्रदर्शनीको अवलोकन गर्नुभएको थियो ।

    त्यस्तै राजनीतिज्ञ, प्राध्यापक, कला–साहित्यपे्रमी, संस्कृतिकर्मी, आमसञ्चारकर्मीलगायत सर्वसाधारणलेसमेत रुचिपूर्वक प्रदर्शनी अवलोकन गर्नुभएको छ । अवलोकनका क्रममा विशिष्ट पदाधिकारी एवं कलासंस्कृति क्षेत्रका अग्रजले समग्र मुलुकको ऐतिहासिक सम्पदा र संस्कृति झल्काई तिनको संरक्षण, संवर्द्धन सहयोग पुर्याउने उद्देश्यले तस्बिर प्रदर्शनी आयोजना गरेकामा राससलाई धन्यवाद दिँदै भविष्यमा पनि यस किसिमका रचनात्मक कार्यक्रमले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँहरूले यस किसिमको रचनात्मक कामका लागि राससलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

    राससबाट सम्प्रेषित देशको धार्मिक, सामाजिक तथा सांस्कृतिक परिवेश झल्काउने ७७ वटा तस्बिर प्रदर्शनीमा राखिएको छ । विशेषगरी विभिन्न चाडपर्व, जात्रा, मठमन्दिर, गुम्बा, चैत्य, ताजियाजस्ता मूर्त–अमूर्त संस्कृति एवं सम्पदासम्बन्धी तस्बिरमा अवलोकनकर्ताको अभिरुचि देखिएको छ ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ३.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    • ५.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ६.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.