• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक १६, २०८३
☰
सोमबार, कार्तिक १६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ३. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ४. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ५. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ६. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ७. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ८. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

नेपाल ट्रेड युनियन कांग्रेसको अध्यक्षमा योगेन्द्रकुमार कुँवर निर्वाचित

  •   बिहिबार, असार ०७, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसको केन्द्रीय अध्यक्षमा योगेन्द्रकुमार कुँवर निर्वाचित हुनुभएको छ । नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशनको आज सम्पन्न मतगणनामा अध्यक्षका उम्मेदवार कुँवरले उहाँका प्रत्यासी महेन्द्रप्रसाद यादवलाई पराजित गर्दै अध्यक्षमा विजयी हुनुभएको हो ।

    अध्यक्ष कुँवरले चार सय ४१ मत प्राप्त गर्दा यादवले तीन सय ८६ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता योगेन्द्रबहादुर अधिकारीले जानकारी दिनुभयो । वरिष्ठ उपाध्यक्षमा तेजेन्द्रजङ्ग कार्कीले चार सय ६९, उपाध्यक्ष खुलातर्फ गणेशबहादुर केसीले चार सय ३८, ज्योति कोइरालाले चार सय १८, महिला उपाध्यक्षमा राधिका कुइँकेल खनालले तीन सय ९२, उपाध्यक्ष (सेवा) नेत्रविक्रम थापाले चार सय १२, उपाध्यक्ष (उत्पादन) ललितबहादुर श्रेष्ठले तीन सय ७५, उपाध्यक्ष (अनौपचारिक तथा स्वरोजगार) राजेश पालिखेले तीन सय ८६ मत ल्याई विजयी हुनुभएको छ ।

    यस्तै महासचिवमा अजयकुमार राईले चार सय ६४, उपमहासचिव (खुला) बलदेव तामाङले चार सय ६९, जनार्दन भट्टराईले चार सय २८, महिला उपमहासचिव सुशीला घिमिरेले चार सय ३५, उपमहासचिव (सेवा) देवदत्त बडुले चार सय ५७, उपमहासचिव (उत्पादन) कुलबहादुर खड्काले चार सय १६, उपमहासचिव(अनौपचारिक तथा स्वरोजगार) रुक्मणि थापा (अर्चना)ले तीन सय ७६, कोषाध्यक्षमा सञ्जयकुमार दाहालले चार सय २१ र सहकोषाध्यक्षमा रशमाया गुरुङले तीन सय ९८ मत ल्याई विजयी हुनुभएको निर्वाचन अधिकृत अधिकारीले जानकारी दिनुभयो । खुला सदस्यमा कमलबहादुर खत्री, कमलकुमार विष्ट, घनश्याम चापागाईं, टेकबहादुर सार्की, माधवप्रसाद उपाध्याय, विष्णुप्रसाद अधिकारी र सुजितविक्रम शाह, महिला सदस्यमा उर्मिलाकुमारी ढकाल पोखरेल, कविता अर्याल, ताराकुमारी राई कार्की, समिता कोइराला, शान्ति धाँमी र शान्ति सिंह (शाह) विजयी हुनुभएको छ ।

    सदस्यमा अनिता मण्डल र भजनकुमारी ढुङ्गानाको बराबर मत आएको प्रमुख निर्वाचन अधिकृत अधिकारीले जानकारी दिनुभयो । उक्त निर्वाचनले युवा समिति, महिला समितिसमेत चयन गरेको छ । विसं २०४७ मा कर्मचारी युनियन दर्ता भएपछि कर्मचारी सञ्चय कोष कर्मचारी युनियनको तदर्थ समितिको सदस्यबाट ट्रेड युनियन आन्दोलनमा सहभागी हुनुभएका कुँवर विसं २०६५ मा नेपाल ट्रेड युनियन कांग्रेसको सदस्य, विसं २०७० मा कोषाध्यक्ष, २०७५ मा महासचिव निर्वाचित हुनुभएको थियो । नवनिर्वाचित अध्यक्ष कुँवरले सामाजिक आन्दोलनलाई ट्रेड युनियन आन्दोलनसँग जोडेर अगाडि बढ्ने बताउनुभएको छ ।

    निर्वाचित भएसँगै सञ्चारकर्मीसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै उहाँले श्रमिकलाई आर्थिक र सामाजिक रुपान्तरसँग जोडिने बताउनुभएको हो । उहाँले आगामी दिनमा ट्रेड युनियन कांग्रेसको सङ्गठन विस्तार गरी त्यसको तागत र आवाजमा राज्यसँग सौदाबाजी गरेर अगाडि बढ्ने उल्लेख गर्नुभयो । नवनिर्वाचित अध्यक्ष कुँवरले मुलुकको राष्ट्रिय मुद्दामा नियमनकारी निकायको भूमिकामा रहेर सामाजिक आन्दोलनलाई ट्रेड युनियन आन्दोलनसँग जोडेर अगाडि बढ्ने बताउनुभयो । बुधबार राति भएको मतदानमा देशभरका आठ सय ८० महाधिवेशन प्रतिनिधिले मतदानमा भाग लिनुभएको थियो । उक्त निर्वाचनले पदाधिकारीसहित ४९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ३.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    • ५.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.