• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक १५, २०८३
☰
आइतबार, कार्तिक १५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

हामी एकपटकको नेपाली सधैँका नेपाली : प्रधानमन्त्री

  •   आइतबार, असार १७, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनतालाई साक्षी राखेर ऐतिहासिक काम गर्ने आफ्नो सङ्कल्प रहेको बताउनुभएको छ । ‘इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’द्वारा आयोजित ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’का प्रतिस्पर्धी प्रतिभासँगको आज भएको भेटघाटमा प्रधानमन्त्री ‘प्रचण्ड’ले मुलुकको समृद्धि, सुशासनका क्षेत्रमा केही नयाँ गर्ने सोच रहेको बताउनुभयो । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “मैले भनेको थिएँ यसपटक म कुनै नराम्रो काम गर्दिन, नराम्रो काम हुन दिन्नँ । जति गर्छु, देश र जतालाई साक्षी राखेर राम्रो मात्र गर्छु, इतिहास र भावी पुस्ताले सम्झिने केही ऐतिहासिक काम गर्छु ।”

    सो अवसरमा प्रधानमन्त्रीले देश निर्माणको अभियानमा बलियो साथ दिन युवापुस्तालाई अपिलसमेत गर्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “आज तपाईंहरू प्रतिभाशाली कलाकार भाइबहिनीहरूसँग यसरी भेट्न पाउँदा अत्यन्तै खुसी लागेको छ । आ–आफ्नो कला र प्रतिभा बोकेर आफ्नो मातृ तथा पितृभूमि नेपालसम्म आउनुभएका यहाँहरू सबैलाई म हार्दिक स्वागत तथा अभिवादन गर्दछु ।” विश्वको जुनसुकै कुनामा पुगेका, रहेका भए पनि आफू रहेकै स्थानबाट आफ्नो नेपाली भाषा, पहिचान र संस्कृतिको प्रचलन, संरक्षण र प्रवद्र्धनमा लाग्न प्रधानमन्त्रीले विशेष आग्रह गर्नुभयो ।

    प्रधानमन्त्रीले भन्नुभयो, “विश्वका सबै देशको इतिहास र पहिचान त्यस देशको भाषा, संस्कार, संस्कृतिले नै निर्धारण गरेको हुन्छ । आफ्नो अलग्गै भाषा र संस्कृति भएका देशको विश्वमा अलग्गै र उच्च अस्तित्व रहन्छ । त्यसैले विश्वमा रहेका सबै नागरिकले आफ्नो भाषा र संस्कृतिको माया गरेका हुन्छन् ।” नेपाली र नेपालको पनि विश्वमा विशिष्ठ पहिचान रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “नेपालीलाई चिन्ने विविध विशेषतामध्ये हाम्रो अलौकिक, कला, भाषा, संस्कृति र सभ्यता पनि हो ।

    विश्वको एक तिहाइभन्दा बढी जनसङ्ख्याको आस्थाका धरोहर गौतमबुद्धको जन्मस्थल तथा वैदिक सनातन धर्म र संस्कृतिको उद्गमस्थल नेपालका हामी नेपाली त्यसैले पनि विश्वका सबैभन्दा धेरै भाग्यमानी नागरिक हौँ । विश्व मानचित्रमा हाम्रो अलग र उच्च अस्तित्व रहेको छ ।” प्रधानमन्त्रीले पुनःजोड दिएर भन्न्नुभयो, “हामी एकपटकको नेपाली सधैँका नेपाली हौँ । तपाईं हामी जहाँ र जुन अवस्थामा रहे पनि हाम्रो भाषा र संस्कृतिलाई उच्च बनाउने काममा लाग्नुपर्छ भन्ने मेरो आह्वान हो ।

    विश्वमा छरिएर रहेका सबै नेपाली दाजुभाइ दिदीबहिनीमा मेरो यो आह्वान छ ।” इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाको आयोजनामा काठमाडौँमा जारी ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ प्रतियोगिताका सहभागी तपाईं कलाकारप्रति नेपाली भाषा र कलाको प्रवर्द्धनमा लागेकामा प्रधानमन्त्रीले खुसी व्यक्त गर्नुभयो । विश्वका प्रतिभालाई जम्मा गरेर नेपाली भाषामा गायन तथा नेपाली संस्कृतिको नृत्य प्रतियोगिताको आयोजना गरी कलाकारलाई नेपालसम्म ल्याई यो स्तरको कार्यक्रम सम्पन्न गर्न लागेकामा प्रधानमन्त्रीले आयोजक संस्थालाई धन्यवाद दिनुभयो ।

    प्रधानमन्त्रीले भन्नुभयो, “मलाई लाग्छ यस प्रतियोगितामा सहभागीमध्ये कतिपय भाइबहिनीले पहिलो पटक आफ्नो मातृ तथा पितृभूमिमा टेक्न पाएका होलान् । त्यसैले विदेशी भूमिमा रहेर पनि नेपालप्रतिको यस्तो महान् कार्य सम्पन्न गरेकामा आयोजक संस्थालाई म आभार व्यक्त गर्दछु ।” विश्वका ५२ भन्दाबढी देशमा नेपाली भाइबहिनीका बीचमा प्रतियोगिता गराएर उक्त संस्थाले नेपाली भाषा र संस्कृतिकाको विकासको उद्देश्य राखी उक्त गायन तथा नृत्य प्रतियोगिताको आयोजना गरेको हो ।

    “यहाँहरूले पढ्नु भएकै होला, सुन्नुभएकै होला, मेरो नेतृत्वको वर्तमान सरकार फोहरको डङ्गुर सफा गरेर भ्रष्टाचारमुक्त देश निर्माणको अभियानमा छ । मैले सङ्कल्प गरेको छु, जस्तोसुकै परिस्थिति आओस, देश निर्माणको यो महाअभियानमा सरकार दृढतापूर्वक लाग्नेछ, यसमा यहाँहरूजस्ता युवा साथीहरूको बलियो साथ र सहयोग रहनेसमेत मैले विश्वास लिएको छु”, प्रधानमन्त्रीले भन्नुभयो । सो अवसरमा उहाँले राजनीतिक दल र नेताहरू सबै उस्तै हुन भन्ने खालको टिप्पणी यथार्थपरक नभएको बताउनुभयो । उहाँले सबै पार्टी र नेताहरू त्यस्तै हुँदैनन् भन्ने तथ्य स्थापित गराउने प्रयासमा आफू लागेको समेत स्पष्ट पार्नुभयो ।

    “सङ्घीय लोकतान्त्रिक गणतन्त्र साना दुःखले प्राप्त गरेको व्यवस्था होइन”, उहाँले भन्नुभयो, “निरंकुश राजतन्त्रको कालकोठरीबाट देशलाई आजको अवस्थासम्म ल्याउन हजारौँ सहिदले जीवनको बलिदान गर्नुभएको छ भने लाखौँ युवाले जीवनको ऊर्जाशील समय खर्चनुभएको छ ।” उहाँले यो हामी सबैको व्यवस्था भएको र सबैको सङ्घर्षबाट प्राप्त भएकाले त्यसको रक्षा गर्ने, त्यसलाई सुदृढ गर्ने जिम्मेवारी पनि तपाईं हाम्रो भएको बताउनुभयो । उहाँले भ्रष्टाचारको अन्त्य र सुशासन स्थापनाका लागि गरेको प्रयासबाट परिवर्तन चाहनेहरू उत्साहित भएको बताउनुभयो ।

    “जो जनताको समृद्धि र सुशासनका पक्षमा छैनन्, उनीहरू आतङ्कित छन्”, उहाँले भन्नुभयो, “देश निर्माण गर्ने सरकारको सङ्कल्पमा बलियो साथ दिन म यहाँहरुसमक्ष अपिल गर्दछु ।” नेपाली मूलका भुटानी अमेरिकी युवा व्यवसायीले नेपाली भाषा, कला र संस्कृतिको संरक्षण, सम्वद्र्धन एवं प्रवद्र्धनका उद्देश्यले स्थापना गरेको इन्ट्रा नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले यी प्रतियोगिताको आयोजना गरेको हो । सो संस्थालाई विश्वमा विभिन्न देशमा छरिएर रहेका नेपाली भाषीबीच सांस्कृतिक, भाषिक र एकता कायम गर्न प्रधानमन्त्रीले आग्रह गर्नुभयो ।

    गायन र नृत्यका यी दुई प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिएर यसैगरी संसारमा छरिएर रहेका नेपालीलाई एकीकृत गरी नेपालमा ल्याउने र नेपाली कलाको प्रवद्र्धन गर्ने यस कार्यलाई निरन्तरता दिन प्रधानमन्त्रीले आग्रह थियो । प्रतियोगितामा गायन र नृत्यतर्फ विजयी हुने प्रथमले जनही रु एक करोड, दोस्रो हुनेले जनही रु ३० लाख र तेस्रो हुनेले जनही रु २० लाख प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल राउण्ड हाल नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको छ ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने
    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.