• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ४. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ५. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ६. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ७. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ८. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

कुरिलोे खेतीप्रति आकर्षण बढ्दो

  •   बिहिबार, असार २१, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    गल्याङ । पछिल्लो समय स्याङ्जाका किसान कुरिलो खेतीप्रति आकर्षित हुँदै गएका छन् । औषधिय गुण भएको कुरिलोको बजार मूल्य राम्रो भएपछि यहाँका किसान कुरिलो खेतीतर्फ आकर्षित हुँदै गएका हुन् । जिल्लाको पुतलीबजार, भीरकोट, वालिङ, चापकोट र गल्याङ नगरपालिका, फेदिखोला, आँधीखोला, बिरुवा, अर्जुनचौपारी, हरिनास र कालीगण्डकी गाउँपालिकामा कुरिलोको व्यावसायिक तथा निर्वाहमुखी खेती हुँदै आएको छ । यसमध्ये कालीगण्डकी र हरिनासमा कम खेती हुने गरेको छ ।

    भीरकोट नगरपालिका–४ गैराथोकका रामचन्द्र रेग्मीले एकवर्ष अघि छायाछेत्र एग्रो एण्ड फार्म हाउस प्रालि दर्ता गरेर कुरिलो खेती सुरु गर्नुभएको थियो । उहाँको खेती अहिले फस्टाउँदै गएको छ । नौ रोपनी क्षेत्रफलमा फैलिएको फार्ममा कुरिलोसँगै स्टावेरी, मेवालगायत फलफूल पनि लगाउँदै आउनुभएको छ । रेग्मीले दैनिक १० किलोभन्दा बढी कुरिलो बिक्री गर्ने गरेको बताउनुभयो । “सिजन अनुसार कुरिलोको मूल्यप्रति किलो तीन सयदेखि तीन हजारसम्म पर्ने गर्दछ”, उहाँले भन्नुभयो, “अहिलेसम्म साँढे तीन लाखको कुरिलो बिक्री गरिसकेको छु, अर्को वर्ष सात रोपनीमा खेती विस्तार गर्ने योजना बनाएको छु ।”

    रेग्मीले जमिन भाडामा लिएर घेराबार, बिरुवा, बीउ, मल, उपकरणलगायतमा रू ८० लाख बराबर खर्च गरिसकेको जानकारी दिनुभयो । “चितवनमा साथीले कु्रिलो खेतीबाट मनग्ये आम्दानी गरेको देखेपछि यहाँ व्यावसायिक खेती सुरु गरेको छु”, उहाँले भन्नुभयो, “उत्पादन राम्रो भइरहेको छ, बजार पनि फराकिलो बन्दै गएकाले अर्को वर्ष दैनिक ४० किलो उत्पादन गर्ने लक्ष्यका साथ काम गरिहेको छु ।” हाल रेग्मीको फार्ममा सात जनाले दैनिक रोजगारी पाएका छन् । कुरिलोले मात्र काम नपुग्ने भएपछि स्टावेरी, मेवा, उखु, सुन कागती, खरबुजा, स्याउ, बयर, सुकमेललगायत फलफूल परीक्षणका लागि लगाएको रेग्मीको भनाइ थियो ।

    “उत्पादनको क्षेत्रमा काम गरेर राज्यलाई योगदान दिनुपर्छ भनेर कृषि कर्ममा लागेको हुँ”, उहाँले थप्नुभयो, “कृषिको विकास र समृद्धिको लागि यन्त्रिकरणमा जोड दिनुपर्छ, कृषियन्त्र चलाउन सक्ने जनशक्तिको अभाव छ ।” दश जनाले गर्ने काम एकै जनाले गर्न सक्ने प्रविधि भित्रिए मात्र नेपालमा कृषि क्रान्ति सम्भव हुने रेग्मीले जिकिर गर्नुभयो । पुतलीबजार नगरपालिका–१४ की सारदादेवी ढकालले पनि चार वर्षदेखि कुरिलोको व्यावसायिक खेतीगर्दै आउनुभएको छ ।

    नगरपालिकाले दिएको कुरिलो खेतीसम्बन्धी तालिम लिएपछि व्यवसायिक खेती सुरु गरेको उहाँले बताउनुभयो । ढकालले सारदा एकीकृत कृषि फार्म दर्ता गरेर साढे तीन सय बोट कुरिलो हुर्काइरहनु भएको छ । पहिलो र दोस्रो वर्ष आम्दानी लिन नसके पनि तेस्रो वर्षबाट मनग्ये आम्दानी लिन थालेको उहाँले बताउनुभयो । “खडेरीका कारण यस वर्ष उत्पादन ढिला भयो, हेरचाहा पुराउन सक्दा उत्पादन पनि राम्रो भएको छ”, ढकालले भन्नुभयो, “स्थानीय बजारमा कुरिलोको महत्व नबुझेर अथवा महँगो भएर खासै बिक्री हुँदैन ।” बजारिकणमा समस्या नभए अर्को वर्ष मकै लगाउन छोडेर कुरिलो खेती विस्तार गर्ने योजना रहेको उहाँको भनाइ थियो ।

    गल्याङ नगरपालिका–७ स्थित मझुवा नमुना कृषि उत्पादन केन्द्रले पनि एक वर्षदेखि कुरिलो खेतीलाई जोड दिँदै आएको छ । केन्द्रले दुई रोपनी क्षेत्रफलमा करिब दुई हजार कुरिलोका बोट लगाएको छ । यस वर्षदेखि उत्पादन लिन सुरु गरिएको केन्द्रका अध्यक्ष ललित थापाले जानकारी दिनुभयो । उहाँले परीक्षणका लागि लगाएको भए पनि उत्पादन राम्रो देखिएकाले खेतीलाई विस्तार गर्दै लैजाने बताउनुभयो । उहाँका अनुसार केन्द्रले कुरिलोसहित अन्य मौसम अनुसार विभिन्न तरकारीबाली उत्पादन गर्दै आएको छ ।

    कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले जिल्लामा व्यावसायिक कुरिलो खेती गर्ने कम भए पनि घरमा खानका लागि कुरिलो लगाउने किसान धेरै भएको बताउनुभयो । उहाँले तीन वर्षयता कुरिलो खेती गर्ने किसानको सङ्ख्या जिल्लामा नै बढ्दै गइरहेको बताउनुभयो । “कुरिलो औषधिय गुण भएको तरकारी भएकाले पछिल्लो समय माग बढेको छ”, प्रमुख हमालले भन्नुभयो, “व्यावसायिक रुपमा कुरिलो खेती गर्ने किसानलाई कृषि ज्ञान केन्द्रमार्फत सहयोग गर्दै आएका छौँ ।” नयाँ आर्थिक वर्षमा कुरिलो खेतीप्रति कृषिकको आकर्षण बढाउने खालका उत्प्रेरणा मुलक कार्यक्रम गर्ने उहाँको भनाइ थियो ।

    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
    विदेशी फूलको आयात रोक्न किसानको माग
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ४.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ५.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ६.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.