• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक १५, २०८३
☰
आइतबार, कार्तिक १५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

सभापति देउवाद्वारा भैरवसिंह रावल स्मृतिग्रन्थ विमोचन

  •   शनिबार, असार २३, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भैरवसिंह रावल स्मृतिग्रन्थको विमोचन गर्नुभएको छ । भैरवसिह स्मृति प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले कांग्रेसका कर्मठशील पुराना नेता भैरवसिंहको राजनीतिक जीवन र उहाँले राजनीतिक परिवर्तन र विकासका क्षेत्रमा पु¥याएको योगदानसम्बन्धी विषयवस्तु समेटिएको कृतिको सार्वजनिकीकरण गर्नुभएको हो । सो अवसरमा पूर्वप्रधानमन्त्री देउवाले अछामलगायत समग्र सुदूरपश्चिम क्षेत्रमा विकासमा एकताबद्ध भएर काम गरौँ भनी स्व रावलले भन्ने गरेको घटना स्मरण गर्नुभयो ।

    उहाँले भन्नुभयो, “रावलजीको अछामलाई वेग्लै जिल्लाका रूपमा स्थापित गराउन ठूलो योगदान छ, सुदूरपश्चिम क्षेत्र विकासमा पछि परेकाले सबै मिलेर काम गरी अघि बढाउनुपर्छ भनी प्रेरित गरिरहनुभयो ।” मुलुकमा लोकतन्त्रका लागि भएको राजनीतिक आन्दोलन र परिवर्तनमा उहाँले खेलेको भूमिका उच्च रहेको बताउँदै सभापति देउवाले देश र जनहितका लागि रावलले देखाएको बाटोमा अघि बढन सम्पूर्ण पार्टी कार्यकतालाई आह्वान गर्नुभयो ।

    परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले राजनीति स्थिरता, स्पष्ट दृष्टिकोण, शान्ति र आवश्यक संशाधन भएमा देशले छोटो समयमै विकास र समृद्धिमा सफलता हासिल गर्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले राजनीतिमा जसले जति अवसर पायो त्यति नै असन्तुष्ट रहेको देखिएको छ, कसले कति प्राप्त गर्ने र आकांक्षा कति राख्ने भन्ने विषय पनि चोटिलो बन्न पुगेको छ, यस्तो बेला स्व रावलबाट हामीले प्रेरणा लिनुपर्छ ।” नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले स्व रावलले लोकतन्त्रका लागि गरेको सङ्घर्षबाट जिल्ला र क्षेत्र मात्र नभई समग्र मुलुकले लाभ प्राप्त गरेकाले देशका लागि उहाँ गर्व गर्न लायक र अनुकरणीय व्यक्तित्वका रूपमा स्थापित रहनुभएको बताउनुभयो ।

    पुस्तकका सम्पादक धनञ्जय तिमिल्सिना र वरिष्ठ पत्रकार एवं समालोचक पुरुषोत्तम दाहालले ताप्लेजुङदेखि डोटीसम्मका व्यक्तिले स्व रावलबारे लेखिएका पाठ्यसामग्री समेटिएको कृतिमा उहाँले राजनीतिक परिवर्तनका अतिरिक्त विद्यालय, बाटो जस्ता सामाजिक सुधारका माध्यमबाट पु¥याएको योगदानसमेत समेटिएको बताउनुभयो । उहाँहरूले लोकतान्त्रिक मूल्य, मान्यता र सिद्धान्तमा अडिग स्व रावल लोकतन्त्र भनेको संस्कृति हो भन्ने दृष्टिकोणमा सुस्पष्ट रहेको धारणा व्यक्त गर्नुभयो ।

    प्रदेशसभा सदस्य मानबहादुर रावलले मुलुकको लोकतान्त्रिक आन्दोलनमा सक्रियताका साथ योगदान पु¥याउनुभएका स्व रावलले अछामलाई बेग्लै जिल्ला स्थापना गर्दै त्यस क्षेत्रको विकास निर्माणमा खेलेको भूमिकाका विभिन्न पक्षमा धारणा राख्नुभयो । लामो समयसम्म अछाम जिल्लामा नेपाली कांग्रेसको नेतृत्वदायी भूमिकामा रही काम गर्नुभएका रावलको जन्म विसं १९८२ पुस २५ गते स्थानीय सात सय दरामा तथा निधन विसं २०६९ पुस ११ गते भएको हो ।

    तीन सय पृष्ठको पुस्तकमा एक साहसी एवं धर्यवान् व्यक्तित्व, भैरवसिंह रावल : लोकतन्त्रका…, अन्तिम अन्तर्वार्ता, मान्छे मरी जाँदो वासना रै जाँदो, एक हार्दिक व्यक्तित्वलगायत शीर्षकमा लेख, अनुभव र विचार तथा तीन वटा अन्तर्वार्ता समेटिएको छ ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने
    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.