• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ४. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ५. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ६. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ७. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ८. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

छतमा पक्षीपालन गर्दै उमाकुमारी

  •   मङ्गलबार, असार २६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    रामपुर । मेहनत र जाँगर भयो भने गरिखान प्रशस्त जग्गा पनि नचाहिदो रहेछ । मानिसमा इच्छाशक्ति भए खेतबारी नभए पनि कृषि तथा पक्षीपालन व्यवसायबाट मनग्य कमाइ गर्नका लागि उमाकुमारी श्रेष्ठ समाजमा उदाहरणीय बन्नुभएको छ। पाल्पा रामपुर नगरपालिका– ५ स्थित बेझाड बजार निवासी उहाँले तीनतला घरमाथिको छतमा पशुपक्षीपालन व्यवसाय सञ्चालन गर्नुभएको हो । उमाकुमारीले छतमा स्थानीय जातका कुखुरा, कालिज, लौकाट, बट्टाईजस्ता पक्षीपालन गरिरहनुभएको छ ।

    “ठूलो सङ्यामा यो व्यावसाय छतमा सुरु गरेको दुईवर्ष भयो । व्यवसाय गर्ने हो भने जग्गा जमिन नै चाहिदैन, जाँगर र मेहनत भयो भने घरका छत, करेसाबारी सदुपयोग गरेर पनि कमाइ गर्न सकिन्छ” उहाँले भन्नुभयो,“मैले बेझाड बजारको तीन तलामाथिको छतमा पक्षी व्यवसाय र तरकारी खेती गरिरहेको छु, उत्पादन पनि राम्रै भइरहेको छ ।” हाल उमाकुमारीको घरमा स्थानीय जातको कुखुरा एककिलोदेखि डेढकिलोसम्म चार सयवटा, ठूला एक सयवटा (चल्ला उत्पादनका लागि, अण्डा दिने), कोइलर कुखुरा चल्ला उत्पादनका लागि ५० वटा, कालिज ठूलो माउ पाँच र साना बच्चा ३०, लौकाट पाँचवटा माउ र चल्ला १५ वटा, बट्टाई तीनवटा माउसहित एक सय ५० रहेको छ ।

    स्थानीय जातको कुखुरा प्रतिकिलो रु आठसय, ब्रोइलर कुखुरा प्रतिकिलो रु पाँच सय, कालिज भाले रु दुई हजार पाँच सय र पोथी रु दुई हजार, लौकाट रु एक हजार, बट्टाई रु दुई सयमा बिक्री भइरहेको उहाँले बताउनुभयो । बजारमै व्यवसाय भएकाले बिक्रीका लागि समस्या नभएको हुँदा पक्षीपालनलाई जोड दिइएको हो । चल्ला उत्पादन गर्ने र बिक्री गर्ने मुख्य उद्देश्य लिएर व्यवसाय थालनी गरिएको उमाकुमारीको भनाइ थियो। आफ्नै घरमा ह्याचरी मेसिन बाट चल्ला उत्पादन गरी उहाँले बिक्री गर्दै आउनुभएको छ ।

    एक महिनामा चार सय चल्ला बिक्री हुने गरेको छ । स्थानीयस्तरमा नै चल्ला खपत भइरहेको छ । छतमा गरिएको यस व्यवसायबाट वार्षिकरूपमा रु पाँच लाख बराबरको आम्दानी हुँदै आएको छ । “घरमै ह्याचरी मेसिन राखेर चल्ला उत्पादन गर्न थालिएपछि धेरै फाइदा हुँदोरहेछ, घरको छतभरी कुखुरा, कालिज, लौकाट, बट्टाईमध्ये कोही बिक्री गर्न लायकका छन् भने केही चल्ला हुर्कदैछन्, केही जन्मने बेला भएका छन्, यो देख्दा धेरै रमाइलो लागिरहेको छ” उमाकुमारीले भन्नुभयो । ह्याचरी मेसिनबाट चल्ला उत्पादन गर्नुअघि उहाँले काठमाडौँबाट चल्ला खरिद गरेर व्यवसाय चलाउनुहुुन्थ्यो ।

    बाहिरबाट चल्ला खरिद गरेर व्यवसाय चलाउँदा खासै फाइदा नभएपछि घरमै ह्याचरी मेसिन ल्याएर चल्ला उत्पादन गरी बिक्री गर्दा धेरै फाइदा हुने गरेको उमाकुमारीको भनाइ थियो। उहाँले खाली समय सदुपयोग गर्न इन्टरनेटको सहायताबाट अध्ययन गरेर व्यवसाय सुरु गरेको बताउनुभयो । यस व्यवसायबाट धेरै सन्तुष्ट रहनुभएकी उमाकुमारीले पक्षीको मल सदुपयोग गर्न घरको आडैमा रहेको रामतुलसी नमुना माविको पाँच रोपनी जग्गा भाडामा लिएर तरकारी, धान, मकैलगायत बाली लगाउँदै आउनुभएको छ ।

    छतका छेउमा कुरिलो, खुर्सानी खेती पनि छ । चारवर्ष अघिदेखि रामपुरमा उहाँले पहिलो व्यवसायीका रुपमा एक सयवटा बट्टाईपालन सुरु गर्नुभएको थियो । बट्टाईबाट आम्दानी राम्रो हुने सम्भावना देखेपछि छतमा खोर विस्तार गरी कुखुरा, लौकाट, कालिज पनि व्यावसायिकरूपले पाल्न थालिएको उमाकुमारीले बताउनुभयो । विसं २०५५ मा रम्भा गाउँपालिका–५ वीरकोटबाट रामपुरको मुख्य बजार बेझाड बजारमा किराना व्यापार गर्न साथमा रु १५ हजार रकम लिएर आउनुभएकी उहाँले अहिले आएर धेरै सफलता हात पार्नुभएको छ ।

    आफ्नो मेहनत, जाँगर र सीपले उमाकुमारीले बेझाड बजारमा तीन तलाको घर खरिद गर्नुुभएको छ भने तीन छोराछोरीलाई काठमाडौँमा राखेर उचित शिक्षा दिदै आउनुुभएको छ । “श्रीमान् परदेशमा साना बालबच्चा काखमा लिएर आयआर्जन गर्ने अभिलाषा बोकेर रामपुर बजार आएँ, रामपुर आउन परिवार र आफन्तले साथ दिएका थिएनन्। , मेरो जोडबलले केही गर्नुपर्छ भन्ने उद्देश्यले यहाँ आएको र अहिले राम्रै गरेजस्तो लाग्छ” उहाँले सुनाउनुभयो । एसएलसी उत्तीर्ण हुनुभएकी उमाकुमारीको अहिले रामपुरका विभिन्न सामाजिक सङ्घ संस्थामा सक्रियता पनि उत्तिकै छ ।

    रामपुर झरेपछि लामो समयसम्म किराना पसल गर्नुभएकी उहाँ अहिले परदेशमा रहनुभएका श्रीमान् घर फर्केपछि आफ्नै घरमा होटल व्यवसायसमेत चलाउनुभएको छ । आफ्नै कमाइमा रमाउन पाउँदा ज्यादै गर्व लागेको उमाकुमारीले बताउनुभयो । उहाँले पक्षीपालन व्यावसायमा रामपुर नगरपालिकाबाट दुईवर्ष अघि युवा स्वरोजगार कार्यक्रमअन्तर्गत रु दश लाख बराबरको ब्याज अनुदान पाउनुभएको थियो । नगरपालिकाको व्याज अनुदान कार्यक्रममा छनोट भएपछि उमाकुमारीले रामपुर– ८ मा कुखुरापालन गर्नुभयो ।

    सो व्यवसाय घरबाट रेखदेख गर्न जान टाढा भएपछि इन्टरनेटमा पनि घरको छतमा पक्षीपालन गरेको देखेपछि छतमा नै व्यावसाय चलाएको बताउनुभएको हो ।

    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
    विदेशी फूलको आयात रोक्न किसानको माग
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ४.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ५.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ६.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.