• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक १६, २०८३
☰
सोमबार, कार्तिक १६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ४. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ५. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ६. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ७. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ८. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ९. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • १०. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

पुष्पकमल दाहाललाई ‘प्रचण्ड’ बनाउने सीताको महाप्रस्थान

  •   बुधबार, असार २७, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ
    काठमाडौँ । “देश र जनताको पक्षमा सङ्घर्ष गर्ने पार्टीमा बेलाबेलामा स्वाभाविक रुपमा अन्तरसङ्घर्ष भइहाल्छ, तर त्यसलाई मिलाउनुपर्छ । मैले बाबुराम ९बाबुराम भट्टराई०जी र प्रचण्डजीका बीचमा अन्तरविरोध हुँदा धेरै पटक मिलाएको छु”, करिब एक दशकअघि सञ्चारकर्मीसँगको अनौपचारिक कुराकानीमा सीता दाहालले भन्नुभएको थियो । पार्टीभित्र देखिएका विवाद समाधान गर्ने उहाँ दाहालले आज भौतिक संसार छाड्नुभएको छ ।
    निको नहुने जटिल प्रकारको पार्किन्सन्स रोगबाट लामो समयदेखि पीडित हुनुभएका सीताको आज बिहान ८ः३३ बजे निधन भएको उहाँको उपचारमा संलग्न प्रा डा युवराज शर्माले जानकारी दिनुभएको थियो । खासगरी माओवादी पार्टीभित्र अध्यक्षको श्रीमतीभन्दा पनि अभिभावकीय भूमिका निर्वाह गरी सीताले सङ्कटको समयमा माओवादीलाई जोगाएको स्वयम पार्टीका नेता तथा कार्यकर्ता स्मरण गर्छन् ।
    सञ्चारकर्मीसँगको एक भेटमा सीताले भन्नुभएको थियो, “पार्टीभित्र अन्तरसङ्घर्ष चल्दा प्रचण्डजीलाई उचाल्ने मान्छे पनि थिए, बाबुरामजीलाई उचाल्ने मान्छे पनि थिए । मैले दुवै नेतालाई खराब मान्छेहरूबाट टाढा बस्न सुझाव दिन्थे ।”
    तत्कालीन नेकपा ९माओवादी०भित्रका अन्तरविरोध समाधान गर्न उहाँले खेलेको भूमिका यही धारणाबाट पनि स्पष्ट हुन जान्छ । लामो समय डा भट्टराईको सचिवालयमा स्वकीय सचिवको भूमिकामा रहनुभएका विश्वदीप पाण्डेका अनुसार मुलुकमा भएको राजनीतिक परिवर्तनमा उहाँले खेलेको भूमिका महत्वपूर्ण छ ।
    “यो परिवर्तनमा तपाईंको योगदान प्रत्यक्ष देख्नेले मात्रै थाहा पाएको छ । सधैँ पर्दा पछाडि रहेर आफ्नो भूमिका पूरा गर्नुभयो । तपाईंको महाप्रस्थानमा निकै दुःखी छु । तपाईंको अभाव महसुस भइरहनेछ”, सीता दाहालको सम्झनामा पाण्डेले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “केही वर्षदेखि तपाईंलाई हेरेरै भए पनि कैयौँ संवेदनाहरु भुलाइरहनुभएका कमरेड प्रचण्डलाई तपाईंको सबैभन्दा बढी अभाव खड्किनेछ । हार्दिक श्रद्धाञ्जली कमरेड सीता दाहाल । खुसी प्रकट गर्ने र सबभन्दा ज्यादा दुःखका तापमा सुस्ताउने चौतारी गुमाउनुभएका कमरेड प्रचण्डलगायत परिवारजनप्रति हार्दिक समवेदना ।”
    पार्टीभित्र कुनै पनि अप्रिय निर्णय नगर्न सीताले पार्टी अध्यक्ष प्रचण्डलाई धेरै सचेत गराउनुभयो । माओवादी जनयुद्धको समयमा उहाँले खास अर्थमा आमाकै भूमिका निभाएको स्मरण गर्नुहुन्छ, माओवादी केन्द्रका सचिव दीनानाथ शर्मा । “हामी सबैको आमाकारुपमा उहाँले विशेष भूमिका निर्वाह गर्नुभएको थियो”, उहाँले भन्नुभयो ।
    जनयुद्धको समयमा भारतमा माओवादीका नेता तथा कार्यकर्ता धमाधम पक्राउ पर्न थालेका थिए । नेताहरु मातृका यादव, सुरेश आलेमगरलगायतका नेता पक्राउ परेकै दिन अध्यक्ष प्रचण्डले उहाँहरुसँग भेटवार्ता गर्ने कार्यक्रम थियो । यदि त्यसदिन अध्यक्ष प्रचण्डलाई दिल्लीको मङ्गलपुरीमा तय भएको भेटका लागि सीताले जान नरोकेको भए पक्राउ पर्ने सम्भावना रहेको माओवादी केन्द्रका सचिव शर्मा स्मरण गर्नुहुन्छ ।
    माओवादीका नेताहरुका अनुसार सीता प्रचण्ड पत्नी मात्रै नभई सहयात्री र राजनीतिक सहयोद्धासमेत हुनुहुन्थ्यो । माध्यामिक विद्यालयको शिक्षकको जागिर छाडेर राजनीतिमा होमिनुभएका पुष्पकमल दाहाललाई ‘प्रचण्ड’ बनाउने भूमिकामा सीताको महत्वपूर्ण योगदान रहेको बताउनेको सङ्ख्या ठूलो छ ।
    प्रधानमन्त्री प्रचण्डको पारिवारिक जीवनमा पछिल्लो १० वर्षमा तेस्रो बज्रपात परेको छ । जेठी छोरी ज्ञानुको स्तन क्यान्सरबाट निधन भयो । छोरा प्रकाशको पनि छ वर्षपहिले निधन भयो । आज पत्नी सीताको पनि निधन भयो ।
    विसं २०११ असार २१ गते कास्कीको हेम्जामा जन्मनुभएकी सीता आठ वर्षको हुँदा पारिवारसँगै चितवन बसाइँ सर्नुभएको थियो । औपचारिक शिक्षा नलिए पनि समाज, राजनीति र देश बुझ्ने सवालमा उहाँ पढेलेखेका महिलाभन्दा कम हुनुहुन्नथ्यो ।
    विसं २०२६ वैशाखमा प्रचण्ड र सीताको मागी विवाह भएको थियो । उहाँले २०२८ सालमा कम्युनिष्ट पार्टीको सदस्य लिनुभएको थियो । चार सन्तानकी आमा सीतालाई मसिना छोराछोरी र श्रीमान्को भूमिगत राजनीतिलाई सन्तुलन कायम गर्नु तत्कालीन अवस्थामा चूनौतीपूर्ण जिम्मेवारी थियो ।
    माओवादीका नेता तथा कार्यकर्ता र शुभेच्छुकका अनुसार सीताले आमा, श्रीमती, राजनीतिक सल्लाहकार तथा कार्यकर्ताका रुपमा पु¥याएको योगदानमा कुनै प्रश्न उठाउने ठाउँ छैन । खासगरी अप्ठ्यारो अवस्थामा नआत्तिन र खुसीमा नमात्तिन श्रीमान् प्रचण्डलाई सल्लाह दिने सल्लाहकारको भूमिकामा रहनुभएका सीताले बनारसदेखि रोल्पाको थवाङसम्मको वस्तुस्थितिका बारेमा राम्रो ज्ञान थियो ।
    माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङका अनुसार जनयुद्धका समयमा सिङ्गो पार्टीको अभिभावकका रूपमा उहाँले पार्टीभित्रका चुनौती, सङ्कट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गर्नुभएको थियो ।
    विसं २०२८ देखि नै कम्युनिष्ट आन्दोलनमा आबद्ध उहाँ जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल माओवादी केन्द्रको सल्लाहकार हुनुहुन्थ्यो । सीता देशमा जनयुद्ध सुरुआत भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रियरूपमा सहभागी हुनुभएको थियो ।
    महासचिव गुरुङका अनुसार सीताले नेपालको कम्युनिष्ट आन्दोलनमा अत्यन्त महत्वपूर्ण र अविस्मरणीय योगदान पु¥याउनुभएको छ । सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेतना, पार्टी जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवं असीमित समर्पण दाहालका विशेषता रहेको गुरुङ स्मरण गर्नुहुन्छ । पार्टी पङ्क्तिले अभिभावकका रुपमा लिने सीता कुनै पनि सार्वजनिक विवादमा भने मुछिनु भएन ।
    लेखक तथा कवि सुमिना सीतालाई प्रधानमन्त्री प्रचण्डको पत्नीका रुपमा मात्रै नभएर परिवर्तनको सानो हिस्सेदारीका रुपमा इतिहासले सधैँ स्मरण गर्नुपर्ने बताउनुहुन्छ । “पछिल्लो अवधि देशमा जे जति सामाजिक, राजनैतिक र सांस्कृतिक परिवर्तनहरू भए ती १० वर्षे जनयुद्धका उपलब्धि हुन् भन्ने सत्य ढाकेर नढाकिने सत्य हो । त्यो उपलब्धिमा सीता दाहालको भूमिका पनि सायद कतै भेटिन्छ कि रु”, उहाँले भन्नुभएको छ ।
    माओवादीका नेताहरुका अनुसार २०६१ सालमा रोल्पाको फुन्टिवाङमा भएको बैठकपछि पार्टीभित्र चर्को विवाद भएको थियो । त्यसबेला सीता उपचारका क्रममा भारतमा हुनुहुन्थ्यो । पार्टीभित्र विवाद बढेको थाहा पाएपछि उहाँले रोल्पा पुगेर प्रचण्ड र बाबुराम दुवैलाई सम्झाउनुभएको थियो ।
    “तपाईंहरु सानातिना विषयमा विवाद गरेर नबस्नुस्, तत्काल मिलाइहाल्नुस्”, सीताले भन्नुभएको थियो, “जनताको रगत बगिसकेको छ । तपाईंहरुको ताल के हो यस्तो रु यस्तै हो भने तपाईंहरुलाई जनताले छाड्दैनन् ।”
    यस्तै, सल्लाहका कारण पार्टीभित्रका अनेकन सङ्कट समाधान भएको माओवादीका नेताहरुको भनाइ छ । प्रधानमन्त्री पत्नी भए पनि उहाँले बालुवाटारमा बसेर अनावश्यक चासो लिएको तथा विवादमा पर्नुभएको थिएन । कवि अर्जुन पराजुलीले सोही विषयलाई केन्द्रमा राखेर एउटा कविता लेख्नुभएको छ ।
    श्रीमान् चलाइनौ तिमीले
    छोराछोरी चलाइनौ
    न आँखा चलायौ, न नाक चलायौ
    न रवाफ न धाक चलायौ
    न हात चलायौ तिमीले
    न मुख चलायौ
    बालुवाटारमा बसेर
    न बालुवाटार चलायौ
    कसैलाई नचलाईकन आज
    तिमी आफैँ चल्यौ, सलाम छ तिमीलाई ।
    पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउन चाहने उहाँको स्वभाव थियो । माओवादीभित्र मात्रै नभई विसं २०७४ सालमा तत्कालीन नेकपा ९ एमाले०सँग पार्टी एकता गर्दा पनि सीताले खुसी व्यक्त गर्दै कम्युनिष्ट जनमतलाई थप एकीकृत गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको थियो ।
    जटिल प्रकारको पार्किन्सन्स रोगबाट पीडित सीताको उपचारका लागि अनेकन प्रयास गरिएको थियो । नेपाल, भारत र अमेरिकाका विभिन्न अस्पतालमा पनि उपचार भएको थियो ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने
    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    लोकप्रिय

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    • ५.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.