• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ४. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ५. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ६. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ७. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ८. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

‘भावी सन्ततिका लागि वृक्षरोपण गरौँ’

  •   बुधबार, असार २७, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । जलवायु परिवर्तन रोक्न तथा भावी सन्ततिका लागि स्वस्थ वातावरण सिर्जना गर्नका लागि वृक्षरोपण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । नवलपरासी (बर्दघाट–सुस्तपूर्व)को गैँडाकोट–८ मा रहेको विजय विकास स्रोत केन्द्र (भिडिआरसी)को ४५औँ स्थापना दिवसको अवसरमा आयोजित वृक्षरोपण एवं अन्तरक्रिया कार्यक्रमका सहभागीले वातावरण संरक्षण र जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि वृक्षरोपण गर्दै वन संरक्षण गर्नुपर्नेमा जोड दिएका हुन् ।

    स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा जलवायु परिवर्तनका विषयमा तीनवटा कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यक्रममा भिडिआरसीकी अध्यक्ष लक्ष्मी गौतमले पछिल्लो समय मानिसले प्राकृतिक सम्पदाको दोहन धेरै भइरहेको भन्दै प्राकृतिक सम्पदाको विनास रोकेर वन संरक्षण गर्नुपर्ने बताउनुभयो । भिडिआरसीले ४५ वर्षअघि गैँडाकोट–२ को नारायणी नदी किनारमा वृक्षरोपण गरेको स्मरण गर्दै उहाँले संस्थाले नियमित वन संरक्षणका क्षेत्रमा काम गरिरहेको बताउनुभयो ।

    “वन तथा वातावरण संरक्षणमा समुदायका सबैको चासो र सहयोग आवश्यक छ” अध्यक्ष गौतमले भन्नुभयो, “वनले बाढीपहिरो तथा भूक्षय रोक्नुका साथै पृथ्वीवासीलाई स्वच्छ अक्सिजन दिएर स्वस्थ हुन मद्दत गरिरहेको हुन्छ ।” नदी किनारमा रोपिएका वन अतिक्रमणको चपेटामा परेको भन्दै उहाँले पछिल्लो समय बस्ती नजिकका वन मासिने त्रास सिर्जना भएको बताउनुभयो । मानवीय र प्राकृतिक कारणबाट पृथ्वीमा विभिन्न खालका ग्यास उत्सर्जन भइरहने हुनाले वन जङ्गलले त्यस्ता खालका ग्यास सोसेर राख्ने भन्दै वातावरण स्वच्छ बनाउन वन आवश्यक हुने धारण अध्यक्ष गौतमले राख्नुभयो । वन विनाशका कारण जलवायु परिवर्तनको असर बढेर जाने विषयमा समुदायलाई शिक्षा प्रदान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    बस्ती नजिकका वनका रुख÷बिरुवा काटेर घरटहरा निर्माण गर्ने प्रयास भइरहेको भन्दै यस्तो कार्य रोक्नुपर्ने उहाँको भनाइ थियो । गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले हामीले वृक्षरोपण गर्नुपर्ने कुरालाई छोडेर वन विनाश गर्नतर्फ लागिरहेको बताउनुभयो । “हामीले जङ्गल बँचाउनेतर्फ लाग्नुपर्नेमा यो विषय छोडेर नाश गर्नेतिर लागिरहेका छौँ” उहाँले भन्नुभयो, “निजी क्षेत्रको स्वार्थ पूर्तिका लागि तत्काल रुख काट्न अनुमति दिने सरकारले राष्ट्रिय गौरवको आयोजनाको सडक विस्तारका लागि रुख काट्न अनुमति दिँदैन ।”

    हामीले जतिसक्दो बढी वृक्षरोपण गरेर वातावरणलाई स्वच्छ बनाउन लाग्नुपर्ने उहाँको भनाइ थियो । भावी सन्ततिका लागि भए पनि हामीले वन संरक्षण गरी वृक्षरोपण गर्नुपर्नेमा नगरप्रमुख अधिकारीले जोड दिनुभयो । “रुख रोपौँ, वन जङ्गल बचाऔँ”, उहाँले भन्नुभयो, “हाम्रै कारण जलवायु परिवर्तन तीव्ररुपमा भएर असरसमेत देखा पर्न थालेका छन् । भावी सन्ततिका लागि स्वस्थ वातावरण छोडेर जानु हाम्रो कर्तव्य हो ।” जलवायु परिवर्तनका कारण हिमालमा हिउँ कम पर्न सुरु भएपछि नारायणीलगायत नदीमा हिउँदमा पानीको मात्रा कम हुँदै गएको, घडियाल गोही जस्ता जनावर सङ्कटापन्न अवस्थामा पुगेका उहाँको भनाइ थियो ।

    कार्यक्रममा ‘जलवायु परिवर्तनका असर न्यूनीकरणमा सञ्चार माध्यमको भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गर्दै भिडिआरसीका उपाध्यक्ष एवं राष्ट्रिय समाचार समितिका अङ्ग्रेजी भाषा सम्पादक कृष्ण सापकोटाले जलवायु परिवर्तनबारे सबैले बुझ्ने भाषामा मानिसलाई सूचना दिनुपर्ने बताउनुभयो । “जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुन्छ” उहाँले भन्नुभयो, “सरोकारवाला निकायलाई जलवायु परिवर्तनबारे चेतना फैलाउने, बहस र पैरवी गर्दै वकालत गर्ने काम सञ्चार माध्यमको हो ।”

    नागरिक स्वतन्त्रताको मुख्य विषय जलवायु परिवर्तन भएकाले यसको पक्षधर भएका कारण सञ्चार माध्यमले स्थानीय तहदेखि सङ्घीय सरकारसम्मलाई यस विषयमा सचेत बनाउनुपर्ने सापकोटाको भनाइ थियो । कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापक डा उज्ज्वल तिवारीले ‘जलवायु परिवर्तन र विपद् जोखिम व्यवस्थापन’बारे कार्यपत्र प्रस्तुत गर्दै जलवायु परिवर्तन र यसको असर अध्ययन गर्न ३० वर्षभन्दा बढीको मौसम अध्ययन अनुसन्धान गर्नुपर्ने बताउनुभयो ।

    विश्वव्यापी तापमान वृद्धिका प्रमुख कारण जलवायु परिवर्तन भएको भन्दै मानवीय क्रियाकलापले जलवायु परिवर्तन भइरहेको उहाँले बताउनुभयो । जलवायु परिवर्तनले विभिन्न प्राकृतिक विपत्ति निम्त्याउने भन्दै प्राध्यापक डा तिवारीले यसबारे हामी सबै सचेत हुनुपर्नेमा जोड दिनुभयो । प्राकृतिक स्रोतको चरम दोहन हुँदा जलवायु परिवर्तन भइरहेकाले पृथ्वीमा अतिवृष्टि, अनावृष्टि, तापमान वृद्धिलगायतका समस्या देखा परिसकेको उहाँको भनाइ थियो । हिमालमा फल्ने फलफूल तराईमा फल्न थाल्नु, तराईका फलफूल हिमालमा फल्नु, लामखुट्टे हिमालमा देखा पर्नुलगायत कुरा जलवायु परिवर्तनका असर भएको उहाँले बताउनुभयो ।

    कृषि र वातावरण क्षेत्रका विज्ञ खडगजङ्ग गुरुङले ‘जलवायु परिवर्तन : विज्ञान र असर’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्र प्रस्तुत गर्दै उहाँले मौसमसम्बन्धी क्षणिक समयको अध्ययनका साथै जलवायु परिवर्तनबारे दीर्घकालीन मौसमको अध्ययन गर्नुपर्ने बताउनुभयो । यातायातका साधन, फोहरमैला, औद्योगीकरण, सहरीकरण, आगलागी, हरित गृह ग्यास उत्सर्जनलगायत कारण तीव्ररुपमा जलवायु परिवर्तन भइरहेको उहाँको भनाइ थियो ।

    जलवायु परिवर्तनले मानव स्वास्थ्य, खाद्यबाली, पर्यावरणलगायत क्षेत्रमा प्रत्यक्ष असर परेको भन्दै गुरुङले मानिस प्राङ्गारिक खेतीतर्फ जानुपर्नेमा जोड दिनुभयो । विजय विकास स्रोत केन्द्रको स्थापना दिवसका अवसरमा केन्द्रको परिसरमा आँप, अम्बालगायत बिरुवा रोपिएका छन् ।

    गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    OCEM का तीन विद्यार्थीले सबै सेमेस्टरमा ४.० GPA हासिल गर्दै रचे ऐतिहासिक कीर्तिमान

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ४.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ५.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ६.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.