• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ४. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ५. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ६. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ७. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ८. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

रत्ननगर खानेपानीकाे सेवा क्षेत्र विस्तार,१३ हजार घरधुरीमा खानेपानी

  •   आइतबार, असार ३१, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    रत्ननगर । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानीकाे सेवा क्षेत्र विस्तार गरेको छ । बछौली खानेपानी तथा उपभोक्ता संस्थासंग एकअर्कामा समायोजन गर्दै रत्ननगरले खानेपानीले सेवा क्षेत्र विस्तार गरेको हो । लामो समय देखि सञ्चालनमा रहेको रत्ननगर खानेपानीमा केही बर्ष अघि मात्र सञ्चालनमा आएको बछौली खानेपानी समायोजन गरिएको हो । रत्ननगर खानेपानीले आइतबार पत्रकार सम्मेलन गरी एउटै उद्देश्य बोकेका दुई वटा संस्थाको प्रभावकारी सञ्चालनको लागि समायोजन गरिएको जनाएको छ । दुई संस्था बीच एकीकरण भएपछि उपभोक्ताको संख्या १२ हजार ७८० पुगेको छ ।

    समायोजन पूर्व रत्ननगर खानेपानीको उपभोक्ता संख्या १२ हजार १० र बछौली खानेपानीका उपभोक्ताहरुको संख्या ७७० रहेको थियो । रत्ननगर खानेपानीले रत्ननरको वडा नं १,२,३,४,५,८,९,१०,११,१२,१३ र बछौली खानेपानीले वडा नं ६ र ७ का उपभोक्तालाई पानी वितरण गर्दै आएको थियो । समायोजन पछि रत्ननगर खानेपानीको संस्थागत घारा १५८, सामुिहक धारा २५६, विपन्न बर्गको धारा ८५५ र निजी घारा ११ हजार ५११ गरि उपभोक्ताको संख्या १२ हजार ७८० पुगेको अध्यक्ष माधवप्रसाद अर्यालले जानकारी दिए ।

    उनले आफू निर्वाचित भएर आएको एक बर्षमा दुई संस्था बीच एकीकरण, धारा जडानमा २५ प्रतिशत छुट, पाईपलाइन विस्तार, उपभोक्ता संख्या वृद्धि र पानी सुरक्षाको लागि अर्थपूर्ण काम गरिएको बताए । १० महिनाको अबधिमा एक हजार ५० उपभोक्ता थप तथा ७९ किलोमिटर पाइपलाईन विस्तार गर्न सफल भएको बढाउन सफल भएको अध्यक्ष अर्यालले जानकारी दिए । दुई संस्था एकीकरण भएपछि बछौलीका उपभोक्तालाई सहज रुपमा खानेपानीको व्यवस्था गर्न ट्याङ्की मर्मत, पाईपलाइन विस्तारमा ध्यान केन्द्रीत गरिएको अध्यक्ष अर्यालले जानकारी दिए ।

    सेवा क्षेत्र भित्रका ८१ प्रतिशत घरधुरीमा खानेपानी पु–याएका छौैं उनले भने बाँकी १९ प्रतिशत घरधुरीमा पानी पु–याउन पाइपलाइन विस्तार र छुट प्याकेज कार्यक्रम ल्याइएको उनले बताए । २०५८ सालमा सरकारको ५० प्रतिशत र उपभोक्ताको ५० प्रतिशत लगानीबाट सुरु भएको सो आयोजना २०७३ सालमा सरकारको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशतको मर्मत सम्भार योजना सम्पन्न गरी २०७५ सालमा सोही अनुसारको सह लगानीमा निर्माण कार्य सम्पन्न भएको थियो ।

    सो खानेपानीले दसैंमा सबै उपभोक्तालाई एक महिनाको महसुल छुटसंगै अतिविपन्न, अपाङ्ग, एकल महिला र पुरुषहरुलाई धारा जडानमा ५० प्रतिशत र विषेश अफर सहित अन्य उपभोक्तालाई २५ प्रशित सम्म छुट दिँदै आएको उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले जानकारी दिए । अहिले सम्म साविकको रत्ननगरमा ४२४ किलोमिटर र बछौलीमा ५४ किलोमिटर गरी ४७५ किलोमिटर पाइपलाइन विस्तार गरिएको छ । सो संस्थाले बैंकहरुसंगको सहकार्यमा बजारक्षेत्रका शान्तिकचोक, टाँडीचोक, सौराहाचोक, निपनीचोक र भानुचोकमा सार्वजनिक धारा सञ्चालनमा ल्याएको सचिव प्रताप डल्लाकोटीले जानकारी दिए ।

    सो संस्थाले पानीको महसुल बापत मासिक करिब ३९ लाख ५० हजार सम्म आम्दानी गर्दै आएको छ । संस्थाले गरेको आम्दानीबाट कर्मचारीलाई मासिक तलबसंगै आयोजनाको मर्मत तथा सरसफाईको क्षेत्रमा समेत खर्च गर्दै आएको कोषाध्यक्ष सरस्वती लामाले जानकारी दिइन् । वडा नं १ देखि १३ सम्ममा १५ हजार ८०९ घरधुरी मध्ये १२ हजार ७८० घरधुरीमा खानेपानी पुगेको र बाँकी रहेका ३ हजार २९ घरधुरीमा एक घर एक धाराको लक्ष्य अनुसार कार्य भइरहेको उनले जानकारी दिइन् ।

    संस्थाका व्यवस्थापक विश्व पौडेलले अनलाईन मार्फत महसुल भुक्तानी गर्ने उपभोक्ताको संख्या बढेको जानकारी दिदै अनलाईन मार्फत महसुल भुक्तानी गर्ने उपभोक्ता ४५ प्रतिशत रहेको बताए । पत्रकार सम्मेलनमा कार्यसमितिका सदस्य मीना श्रेष्ठ, लक्ष्मी कुमारी भट्ट लामिछाने, केशवनारायण श्रेष्ठ, शशीकला प्रधान,इश्वर खनाल तथा लेखा समिति संयोजक जीवनलाल श्रेष्ठ,सदस्य पार्वती घिमिरे लगायतको सहभागिता रहेको थियो । यसैबीच सो संस्थाले साउन ६ गते मुटुरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने जनाएको छ ।

    पत्रकार सम्मेलनमा उपभोक्ताहरुको स्वास्थ्य सुरक्षाको लागि सो शिविर आयोजना गरिएको अध्यक्ष माधवप्रसाद अर्यालले जानकारी दिए ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ४.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ५.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ६.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.