• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक १५, २०८३
☰
आइतबार, कार्तिक १५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

डिजल भण्डारण गृह निर्माणले ऊर्जा सुरक्षा सुनिश्चित गरेको छ : मन्त्री रिजाल

  •   सोमबार, साउन ०१, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    पोखरा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले पोखरामा इन्धन भण्डारण गृह निर्माणले मुलुकको ऊर्जा पूर्वाधारलाई सुदृढ गर्दै राष्ट्रको ऊर्जा सुरक्षा सुनश्चित गरेको बताउनुभएको छ । कास्कीको पोखरा महानगरपालिका वडा नं २९ र ३० गगनगौँडामा नेपाल आयल निगमले निर्माण गरेको डिजल भण्डारण गृहको आज उद्घाटन गर्दै मन्त्री रिजालले यस डिपोमा विस्तारित भण्डारण क्षमताबाट अन्य क्षेत्रले पनि फाइदा लिन सक्ने बताउनुभयो । निगमले उक्त स्थानमा निर्माण गरेको १० हजार किलोलिटर क्षमताका दुई वटा डिजल भण्डारण र २४ हजार किलोलिटर क्षमताको पानीट्याङ्कीको आज उद्घाटन गरिएको हो ।

    निगमले करिब रु ८९ करोड लगानीमा उक्त भण्डारण गृह निर्माण गरेको जानकारी दिएको छ । “नेपाल आयल निगमले निर्माण गरेको यस डिजल भण्डारण गृह निर्माणले यस क्षेत्र तथा परिआएको अवस्थामा देशका अन्य क्षेत्रका लागि समेत थप भरपर्दो आपूर्ति शृङ्खला सुनिश्चित गर्न र उच्च माग वा अप्रत्याशित परिस्थितिमा इन्धन अभावको जोखिमलाई कम गर्न सक्छ”, मन्त्री रिजालले भन्नुभयो । उहाँले इन्धन भण्डारण गृह निर्माणले ऊर्जा पूर्वाधार विकास तथा देशको उड्डयन क्षेत्रलाई थप प्रगतिको पथमा अघि बढाउने एउटा महत्त्वपूर्ण घडीको सुरुआत भएको बताउनुभयो ।

    यसका लागि परियोजना निर्माणमा संलग्न सबैलाई मन्त्री रिजालले धन्यवाद दिनुभयो । “हालैका वर्षमा नेपालको आन्तरिक र अन्तर्राष्ट्रियरूपमा हवाई यात्रामा वृद्धि हुँदै गइरहेको अवस्था छ । मनमोहक हिमाल र शान्त तालको बीचमा रहेको सुन्दर नगरी पोखरा पर्यटकीय गन्तव्य बन्दै गएकोमा हवाई यात्राको बढ्दो मागलाई समायोजन गर्न निर्माण हुने हवाई इन्धन डिपोले थप सहजता ल्याउने छ”, उहाँले भन्नुभयो, “डिपो सञ्चालन पश्चात निगमले उड्डयन उद्योगलाई विश्वस्तरीय हवाई इन्धन र रिफ्युलिङ सुविधाहरू उपलब्ध गराउनेमा विश्वास लिएको छु ।”

    यस हवाई इन्धन डिपोको निर्माण तथा सञ्चालनले पोखरालाई मात्र नभई सिङ्गो राष्ट्रलाई नै फाइदा पुग्ने उहाँको भनाइ छ । यसले पर्यटन प्रवर्द्धन र आर्थिक वृद्धिलाई समेत प्रोत्साहन गर्ने भन्दै उहाँले देशको सामाजिक–आर्थिक विकासमा थप योगदान पु¥याउने भनाइ व्यक्त गर्नुभयो । “हवाई इन्धन तथा अन्य पेट्रोलियम पदार्थको सहज र निर्वाध आपूर्ति सुनिश्चित गर्न, हवाई इन्धनको सहज आपूर्ति व्यवस्थापन गर्न र समयसापेक्ष पूर्वाधारहरूको विकास गर्ने कार्यमा नेपाल सरकार र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट निगमलाई सदैव सहयोग हुने व्यहोरा जानकारी गराउँदछु”, उहाँले भन्नुभयो ।

    पेट्रोलियम ऊर्जामा पहुँच अभिवृद्धि कार्यले औद्योगिक विकासलाई अगाडि बढाउन, नागरिकहरूको जीवनस्तर सुधार गर्न तथा नवप्रवर्तन र अवसरको वातावरण बनाउन अत्यन्त महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँले धारणा राख्नुभयो । उहाँले भण्डारण ट्याङ्कहरू डिजाइन र निर्माणमा आधुनिक प्रविधिहरू र उत्कृष्ट अभ्यासको समावेशले निगमको वितरण प्रणालीमा थप चुस्तता ल्याई कार्यसम्पादन सहज हुने विश्वास लिएको बताउनुभयो ।

    नव निर्मित ट्याङ्कहरूमा जडित उच्च सुरक्षा मापदण्डहरू, स्वचालित नियन्त्रण उपायहरू र प्रभावकारी निगरानी प्रणालीहरूले इन्धनको भण्डारण र वितरणलाई सहज बनाउने उहाँको विश्वास छ । “पोखरा डिपोमा निर्मित यी इन्धन भण्डारण ट्याङ्कीले नेपालको ऊर्जा सुरक्षा, आर्थिक वृद्धि र दिगो विकासतर्फको यात्रामा महत्त्वपूर्ण योगदान दिन सफल रहोस्”, मन्त्री रिजालले भन्नुभयो, “पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन डिपो समयमै निर्माण सम्पन्न गर्न सबै सरोकारवालाहरूको ध्यान पुगोस ।” रासस 

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने
    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.