• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ४. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ७. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ८. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

काभ्रे अदालतः लक्ष्य पूरा, आठ सय ७६ वर्ष कैद असुल

  •   मङ्गलबार, साउन ०२, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काभ्रे । काभ्रेपलाञ्चोक जिल्ला अदालतले आर्थिक वर्ष २०७९÷८० मा मुद्दा फछ्र्याैटको लक्ष्य पूरा गरेको छ । बितेको आवमा दुई हजार तीन सय १३ मुद्दा फछ्र्याैटको लक्ष्य लिएकामा दुई हजार तीन सय १४ मुद्दा फछ्र्याैट गरेको अदालतले जनाएको छ । ती मुद्दा फछ्र्याैट एवं कार्यान्वयनका क्रममा आठ सय ७६ वर्षको कैद असुल गरिएको छ । उक्त आवमा असुल गर्नुपर्ने दुई हजार एक सय ७० वर्ष आठ महिना कैदमध्ये आठ सय ७६ वर्षको कैद असुल भएको हो भने एक हजार दुई सय ९४ वर्ष आठ महिना कैद असुल गर्न बाँकी रहेको अदालतका श्रेस्तेदार गोविन्द घिमिरेले जानकारी दिनुभयो ।

    उहाँका अनुसार वार्षिक लक्ष्यमा दर्ता मुद्दाको सङ्ख्या तीन सय ४७ थान थप र फछ्र्यौटमा एक थान थप अर्थात् शतप्रतिशत पूरा भएको हो । उहाँले नयाँ दर्ता अनुमान एक हजार छ सय ३७ थानमा एक हजार नौ सय ८७ थान दर्ता भएका बताउनुभयो । यस्तै दुई हजार तीन सय १३ थान फछ्र्यौट गर्ने लक्ष्य लिएकोमा दुई हजार तीन सय १४ थान फछ्र्यौट भएको छ । जिम्मेवारी सरेका एक हजार पाँच सय ५५ थान र नयाँ दर्ता एक हजार नौ सय ८७ गरी कुल तीन हजार पाँच सय ४२ थान मुद्दाको लगत कायम भएको छ । अदालतले गत आवको अन्त्यसम्ममा तीन हजार एक सय ९२ थान मुद्दा अनुमान गरेको थियो । अदालतमा तीन इजलास छन् ।

    लक्ष्यभन्दा धेरै दर्ता र फछ्र्यौटमा शतप्रतिशत पूरा गरेका अदालतमा चालु वर्षका लागि एक हजार दुई सय २८ थान मुद्दाको जिम्मेवारी सरेको जनाइएको छ । अघिल्लो आवको तुलनामा जिम्मेवारी सरेको तीन सय २७ थान कम हो । कुल मुद्दाका आधारमा अदालतले ६५ दशमलव २४ प्रतिशत मुद्दा फछ्र्यौट गरेको श्रेस्तेदार घिमिरेले बताउनुभयो । उहाँका अनुसार अघिल्लो आवबाट जिम्मेवारी सरेकामध्ये ८४ दशमलव ८८ प्रतिशत मुद्दा फैसला भएका छन् भने नयाँ दर्ता भएकाबाट ५४ दशमलव ७४ प्रतिशत फैसला भएका छन् ।

    अदालतमा चार वर्ष नाघेका मुद्दाको सङ्ख्या तीन छन् । तीनदेखि चार वर्षभित्रका छ र दुईदेखि तीन वर्षभित्रका दुई गरी ११ थान मुद्दा पुराना छन् । अदालतको मुख्य जिल्ला न्यायाधीश मोहनराज भट्टराईको १ नं इजलासले बितेको आवमा सात सय ७८ वटा मुद्दा फछ्र्यौट गर्ने लक्ष्य राखेकामा आठ सय ८१ वटा फछ्र्यौट अर्थात् एक सय १३ दशलमव ११ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । यस्तै न्यायाधीश राजेन्द्र नेपालको २ नं इजलासले सात सय ६८ वटा लक्ष्य लिएकामा छ सय ४९ अर्थात् ८४ दशलमव ५० प्रतिशत मुद्दा फछ्र्यौट गरेको हो ।

    न्यायाधीश रीताकुमारी बख्रेल रहनुभएको ३ नं इजलासमा भने सात सय ६७ वटा लक्ष्य लिएकामा सात सय ७७ वटा फछ्र्यौट गरी एक सय एक दशमलव १७ प्रतिशत सफलता प्राप्त गरेको जनाइएको छ । छ महिनाभित्रका पाँच सय ३६, एक वर्ष अवधिका चार सय ५६, डेढ वर्ष अवधिका तीन सय १६, दुई वर्ष अवधिका पाँच सय २२ गरी दुई हजार तीन सय १४ थान मुद्दा फैसला भएका अदालतको तथ्याङ्कले देखाएको छ । यस्तै अदालतले एक वर्षमा छ हजार तीन सय नौवटा म्याद तामेल गर्नुपर्नेमा छ हजार दुई सय ७५ वटा म्याद तामेल गरेको छ ।

    यसमध्ये चार हजार दुई सय ८२ वटा म्याद जिल्ला अदालतका र दुई हजार २७ वटा म्याद अन्यत्र अदालतका हुन् । फैसला कार्यान्वयन लक्ष्यको तुलनामा ९४ दशमलव ९० प्रतिशत पूरा भएको हो । यही अवधिमा रु पाँच लाख ७२ हजार क्षतिपूर्ति रकम फछ्र्यौट गरी रु एक करोड ६६ लाख ४८ हजार नौ सय क्षतिपूर्ति भराउन बाँकी छ भने रु ६८ करोड नौ लाख जरिवाना असुल गर्न बाँकी छ । रु तीन करोड ९९ लाख असुल भएको छ । गत आवको मात्रै रु चार करोड जरिवाना तोकिएको थियो ।

    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
    विदेशी फूलको आयात रोक्न किसानको माग
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ४.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.