• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ४. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ५. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ६. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ७. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ८. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

नगरक्षेत्रभित्रका थप दुईवटा सामुदायिक विद्यालयलाई कालिकाले दियो स्कुल बस

  •   बुधबार, साउन ०३, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    कालिका । कालिका नगरपालिकाले नगरक्षेत्रभित्रका दुईवटा सामुदायिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरेको छ । वडा नं. ६ मा स्थित माध्यमिक विद्यालय रेडक्रसग्राम र जमुनापुर माध्यमिक विद्यालयलाई आज एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो । कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले सम्बन्धित विद्यालय व्यवस्थापन समितिलाई बस हस्तान्तरण गर्नुभएको हो ।

    सिटकभर र दर्ता बाहेक २४ लाख ६० हजार रुपैयाँमा बस खरिद गरिएको हो । नगरपालिकाले बस खरिदका लागि प्रति वस २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । २०४६ सालमा स्थापना भएको माध्यमिक विद्यालय रेडक्रसग्राममा ३ सय ८७ जना विद्यार्थी छन् । विद्यालयले अहिले १ वटा बस दैनिक ५ हजार रुपैयाँ भाडा तिरेर विद्यार्थी बोक्दै आएको थियो । यस्तै जमुनापुर माध्यमिक विद्यालयमा ३ सय १२ जना विद्यार्थी छन् । बस हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख रेग्मीले शिक्षा क्षेत्रलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको जानकारी दिनुभयो ।

    भौतिक पूर्वाधार, यातायातको व्यवस्थापनले विद्यार्थीहरुको शैक्षिक स्तर बढ्ने अपेक्षा रहेको उहाँले बताउनुभयो । नगरप्रमुख रेग्मीले अभिभावक, विद्यार्थी र जनप्रतिनिधिहरुको चाहना अनुसार बस हस्तान्तरण गरिएको जानकारी दिनुभयो । न्यूनतम शुल्क लिएर दिगो रुपमा बस संचालनका लागि ध्यान दिन व्यवस्थापन समितिलाई सुझाव दिनुभयो । सस्तो लोकप्रियताका लागि निशुल्क बस सेवा संचालनगछौं भन्ने होइन, चालक, सहचालक, इन्धनको खर्च जुटाउनका लागि बेग्लै कार्य विधि बनाएर अगाडी बढ्न व्यवस्थापन समितिलाई आग्रह गर्नुभयो ।

    नगरक्षेत्रभित्रका सामुदायिक विद्यालयहरुमा अहिले सम्म २१ करोडबढी रकम खर्च गरिएको सामाजिक विकास समितिका संयोजक मकरमान श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयहरुको भौतिक पूर्वाधार निर्माणदेखि स्कुल बस, लाइबेरी व्यवस्थापन, ल्याब निर्माण लगायतका क्षेत्रमा नगरपालिकाले लगानी गरेको हो । यस आर्थिक वर्षमा मात्रै ३ करोडबढी बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । प्रदेश संघ गरी २१ करोड ४० लाख बजेट छुट्टाएको छ उहाँले भन्नुभयो । यतिधेरै लगानीकाबीचपनि नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुमा अनगिन्ती समस्या रहेको उहाँले बताउनुभयो ।

    वडा नं. ४ का वडा अध्यक्ष समेत रहनुभएका सामाजिक विकास समितिका संयोजक श्रेष्ठले प्राथमिकताका आधारमा एकपछि अर्को समस्या सामाधानगर्दै जाने स्पष्टपार्नुभयो । बस हस्तान्तरण कार्यक्रममा कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष, टिकाराम रेग्मी, जमुनापुर माध्यमिक विद्यालयकी प्रधानाध्यापक गीता न्यौपाने, माध्यमिक विद्यालय रेडक्रसग्रामका विद्यालय व्यवस्थापन समिति अध्यक्ष तुलवहादुर वि.क लगायतले बोल्नूभएको थियो ।

    कार्यक्रम नगरपालिकाको उपप्रमुख विमला तमाङ, प्रमुख प्रशासकीय अधिकृत केशव प्रसाद उपाध्याय, वडा नं. १ का वडा अध्यक्ष शन्तवीर स्याङतान, वडा नं. ५ का वडा अध्यक्ष दीपकवहादुर भट्टराई, वडा नं.७ का वडा अध्यक्ष कमलराज मोक्तान लगायतको उपस्थिती रहेको थियो । कालिका नगरपालिकामा ३५ वटा सामुदायिक विद्यालयहरु छन् । यस अघिपनि भीमोदय नमुना माध्यमिक विद्यालय, शमीपुर विद्यालय, चर्तुमुखी माध्यमिक विद्यालयलाई नगरपालिकाले बस हस्तान्तरण गरिसकेको छ ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ४.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ५.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ६.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.