• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक १५, २०८३
☰
आइतबार, कार्तिक १५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

जनगुनासो अन्त्यका लागि जनप्रशासन सङ्घले भूमिका खेल्नुपर्छ– उपराष्ट्रपति

  •   बुधबार, साउन ०३, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको प्रशासन, व्यवस्थापन र कर्मचारी संयन्त्रमा सुनिने गरिएका जनगुनासो अन्त्यका लागि जनप्रशासन सङ्घले भूमिका खेल्नुपर्ने बताउनुभएको छ । सङ्घले आज आयोजना गरेको ‘हेमबहादुर मल्ल सम्मान’ समर्पण समारोहलाई सम्बोधन गर्दै उहाँले सार्वजनिक क्षेत्रको नीति–निर्माण, पुनरावलोकन र मूल्याङ्कनमा सङ्घले व्यावसायिक पृष्ठपोषण गर्ने गरेकामा खुसी व्यक्त गर्नुभयो । “नेपाल सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक मुलुक घोषणा भई यहाँ तीन तहको संरचनाअनुसारको सरकार छ ।

    यो बदलिँदो संरचनामा सेवा प्रवाह प्रक्रियालाई थप प्रभावकारी बनाउन जरुरी छ । यसका लागि प्रशासक, व्यवस्थापक र कर्मचारीहरूलाई थप प्रशिक्षण, ज्ञान, कार्यदक्षता र सीपको आवश्यक हुन्छ”, उहाँले भन्नुभयो । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त मुलुक भएको उल्लेख गर्दै उहाँले विविधताबीचको एकता, सामाजिक–सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्द्धनका लागि सबैले भूमिका खेल्नुपर्ने बताउनुभयो ।

    “वर्गीय, जातीय, क्षेत्रीय, सङ्घीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्पका साथ अघि बढ्नु पर्दछ”, उहाँले भन्नुभयो । समतामूलक समाज स्थापना गर्न जनअपेक्षाअनुरुपको जनमुखी सेवा प्रभावलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै उपराष्ट्रपति यादवले मुलुकमा सदाचार, इमान्दारी, जवाफदेहिता र पारदर्शिता अभिवृद्धि गर्न सङ्घले थप उत्तरदायित्व बोध गर्नुपर्ने बताउनुभयो ।

    “हामी डिजिटल युगमा रहेकाले त्यहीअनुरुपको जनशक्ति परिचालन गर्दै आफ्नो सेवा प्रवाहलाई थप सुदृढ, परिष्कृत, परिमार्जित गर्दै अघि बढ्नै पर्दछ । यसले सेवा प्रवाह छरितो, छिटो, सरल, सुगम, सहज, पारदर्शी, जनमुखी र जवाफदेही मात्र बनाउँदैन, जनगुनासो र जनअपेक्षाअनुसारको सेवासमेत सेवाग्राहीले पाउन सक्छन्”, उहाँले भन्नुभयो । उहाँले शिक्षा, व्यवस्थापन, प्रशासन, सार्वजनिक वितरण, जनसरोकार एवं सरकारी तथा गैरसरकारी क्षेत्रमा अतुलनीय योगदान पुर्याउने महत्त्वपूर्ण व्यक्तित्वहरूलाई सङ्घले गर्दै आएको सम्मान कार्यक्रमको प्रशंसा गर्नुभयो ।

    प्रशासन र व्यवस्थापन क्षेत्रका समसामयिक विषयमा मुलुकलाई दिशानिर्देश गर्न सङ्घ सदैव सक्रिय रहने विश्वास व्यक्त गर्दै उहाँले मुलुकमा सुशासन कायम गर्न, विधिको शासन सञ्चालन गर्न, जवाफेदेहिता र उत्तरदायित्व अभिवृद्धि र भ्रष्टाचार न्यूनीकरण गर्न सङ्घ सधैँ क्रियाशील रहन सकोस् भनी कामना गर्नुभयो । साल्ट ट्रेडिङ कर्पोरेसनका अध्यक्ष प्रदीपलाल श्रेष्ठले कृषि क्षेत्रको विकासमा योगदान पुर्याउने उद्देश्यअनुसार सरकारको अनुदानित रासायनिक मलका अतिरिक्त आफ्नैतर्फबाट समेत गैरअनुदानित मल आयात गरी किसानसमक्ष बिक्री वितरण गरिरहेको बताउनुभयो ।

    कर्पोरेसनले गहुँको बीउ प्रशोधन गरी किसानसमक्ष पुर्याउने र सोही बीउबाट उत्पादित गहुँ किसानबाट खरिद गरी मैदा, पिठो उत्पादन गरी सर्वसुलभरूपमा बिक्री वितरण गरिरहेको उहाँको भनाइ छ । उत्पादन र बिक्री–वितरणका क्षेत्रमा नुन, चिनी, पिठो, चामल, तेल, दाललगायतका अतिरिक्त खाना पकाउने एलपी ग्यास, कागजको बिक्री वितरण गर्दै आएको जानकारी दिँदै उहाँले देशमा आइपर्ने प्राकृतिक प्रकोप एवं विपत्तिको समयमा कर्पोरेसनले अत्यावश्यक वस्तुको नियमित आपूर्तिमा सक्रिय भूमिका खेलेको बताउनुभयो ।

    सम्मानित व्यक्तित्व भानुप्रसाद आचार्यले आर्थिक सुधारको प्रक्रियालाई अवरुद्ध नगरी परिमार्जनसहितका उपायलाई अवलम्बन गरेर निरन्तरता दिइनुपर्ने बताउनुभयो । आन्तरिक उत्पादन, उत्पादकत्व, माग र आपूर्ति बढाउने माध्यम नै आर्थिक क्रियाकलापको वृद्धि हो भन्दै उहाँले नवीन सूचना प्रविधिको उपयोग र उत्पादन तथा सेवा क्षेत्रको विस्तार गरेर आर्थिक क्रियाकलाप विस्तार गरिनुपर्ने बताउनुभयो । अर्का सम्मानित व्यक्तित्व गोरक्षबहादुर न्हुच्छें प्रधानले नयाँ पुस्ताले पनि देशको शासनभार ग्रहण गर्न तयार हुनुपर्नेमा जोड दिँदै नयाँ पुस्ताले देश विकासको गतिलाई तीव्र पार्ने विश्वास व्यक्त गर्नुभयो ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने
    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.