• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ४. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ५. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ६. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ७. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ८. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

गैँडाको बासस्थान र प्रजननका लागि उपयुक्त ज्ञानेश्वर ‘ब्लक’

  •   बिहिबार, साउन ०४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । दुर्लभ एकसिङ्गे गैँडाको प्रमुख बासस्थानका रुपमा चितवन राष्ट्रिय निकुञ्ज प्रख्यात छ । निकुञ्जसँगै यहाँ रहेका सामुदायिक वन पनि गैँडाका लागि उपयुक्त बासस्थानका रुपमा रहेका छन् । कतिपय सामुदायिक वनले गैँडा देखाएर पर्यटन प्रबद्र्धनका साथै आयस्रोतको माध्यामसमेत बनाएका छन् । गैँडाका लागि भरतपुरको ज्ञानेश्वर ‘ब्लक’ क्षेत्र पनि उपयुक्त बासस्थान बनेको छ । यहाँका सामुदायिक वन गँैडाको प्रजननका लागि उपयुक्त क्षेत्र बन्दै गएका छन् । ज्ञानेश्वर ब्लक अन्तर्गत पाँच सामुदायिक वन रहेका छन् ।

    यी सामुदायिक वन गँैडाको बासस्थानका लागि उपयुक्त क्षेत्र बनेको डिभिजन वन कार्यालय चितवनका सहायक वन अधिकृत बालकृष्ण खनाल बताउनुहुन्छ । “बच्चासहितका गँैडा यहाँ प्रशस्त देखिन्छन्”, उहाँले भन्नुभयो, “प्रजननका लागि पनि गैँडाले यहाँका सामुदायिक वनलाई सुरक्षित महसुस गर्ने गरेका छन् ।” उहाँले यो क्षेत्रमा एकैपटक १४ सम्म गँैडा एकै ठाउँमा देखिएको बताउनुभयो । यो क्षेत्रमा २०÷२५ गैँडा नियमित रुपमा देखिने गरेको उहाँले बताउनुभयो । ज्ञानेश्वर ब्लक अन्तर्गत भरतपुर महानगरपालिका–४ को नारायणी सामुदायिक वन, भरतपुर–१६ को ज्ञानेश्वर सामुदायिक वन, सेतीदेवी सामुदायिक वन र सिद्धिगणेश सामुदायिक वन तथा भरतपुर–१७ को मझुवा सामुदायिक वन रहेका छन् ।

    यी सामुदायिक वनमा घाँसेमैदान र पोखरीको स्रोतको राम्रो व्यवस्थापन भएका कारण गँैडाका लागि उपयुक्त बासस्थान भएको खनालले बताउनुभयो । ज्ञानेश्वर ब्लक निकुञ्जको मध्यवर्ती क्षेत्रसँग जोडिएको छ । सबै सामुदायिक वनको पश्चिम क्षेत्रमा नारायणी नदी छ । “अन्य वन्यजन्तु र मानिसको समेत अवरोध कम हुने भएका कारण पनि यहाँ गैँडाका लागि उपयुक्त छ”, खनालले भन्नुभयो । उहाँले सामुदायिक वनहरुमा घाँसे मैदान र पोखरी निर्माणका लागि डिभिजन वन कार्यालयले सहयोग गरेको बताउनुभयो ।

    सेतीदेवी सामुदायिक वनका अध्यक्ष सुकमान घलेले गैँडाका लागि उपयुक्त बासस्थान निर्माणको काम गरिएको बताउनुभयो । उहाँले गैँडाको बासस्थान र प्रजननमा सहयोग पुग्नेगरी घाँसेमैदान र पोखरी निर्माण गरिएको बताउनुभयो । सेतीदेवी सामुदायिक वनमा मात्र पाँच पोखरी रहेको उहाँले जानकारी दिनुभयो । “वनभित्र रहेका सात ब्लकमध्ये एउटा ब्लकमा मान्छेको प्रवेश पनि निषेध गरेका छौँ”, उहाँले भन्नुभयो, “वन्यजन्तुलाई अवरोध हुने गतिविधिमा रोक लगाएका छौँं ।” उहाँले बच्चा जन्माउनकै लागि गैँडा यहाँ आउने गरेको बताउनुभयो । उहाँले आन्तरिक स्रोतबाट पनि वनभित्र सिमसार क्षेत्र निर्माणका लागि काम गरिरहेको जानकारी दिनुभयो ।

    निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले निकुञ्जसँगै आसपास रहेका सामुदायिक वन पनि गैँडाको बासस्थान र प्रजननका लागि उपयुक्त रहेको बताउनुभयो । उहाँले निकुञ्जको भित्रि क्षेत्र, घाँसेमैदान र ताल क्षेत्रमा बच्चासहितका गैँडा धेरै देखिने गरेको बताउनुभयो । निकुञ्जको मध्यवर्तीसँग जोडिएको ज्ञानेश्वर ब्लक क्षेत्र पनि गैँडा धेरै देखिने क्षेत्र रहेको उहाँको भनाइ छ । गैँडा पाँच वर्षको उमेरपछि प्रजननका लागि तयार हुन्छ । घाँस राम्रो भएको समयमा गैँडामा सम्भोग गर्ने शक्ति बढ्नुका साथै गर्भका लागि तयार हुने गरेको तिवारीले बताउनुभयो । रासस

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ४.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ५.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ६.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.