हेटौंडा । मकवानपुरको भीमफेदीमा ३ वर्षीया बालिका सहित थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएका छ । पुष्टि हुनेमा ३ वर्षीया बालिका सहित ४ जना महिला र ५ जना पुरुष गरी ९ जना रहेका छन् । पुष्टि हुनेमा वडा नंबर ४ की ३ वर्षीया बालिका,२९ वर्षीया महिला,३० वर्षीया महिला र ६२ वर्षीया महिला गरी ४ महिला रहेका छन । यसैगरी पुष्टि हुने पुरुषमा वडा नंबर ४ का २२ वर्षीय र ७० वषीय पुरुष,वडा नंबर ६ का २३ वर्षीय र २८ वर्षीय पुरुष र वडा नंबर २ का ४६ वर्षीय पुरुष गरी ५ पुरुष रहेका छन् । यो संगै आज ९ जनामा कोरोना संक्रमण भएको भीमफेदी गाउँपालिकाका स्वास्थ्य संयोजक राम नाम थिङ्गले खबरब्रेकलाई बताए । स्वास्थ्य संयोजक थिङ्गका अनुसार शुक्रबार गाउँपालिकाका ४५ जनाको स्वाब संकलन गरिएको थियो र आज ९ जनाको रिपोर्ट पोेजेटिभ आएको छ । उनिहरु यसअघि संक्रमण पुष्टि भएकाहरु संग सम्पर्कमा आएको हुँदा स्वाब संकलन गरेर परीक्षणमा पठाउँदा ९ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य संयोजक थिङ्गले बताए । उनले यो संगै भीमफेदीमा संक्रमितको संख्या ३९ पुगेको बताए । जसमा हालसम्म २८ संक्रमित निको भईसकेको बताए । उनले २ संक्रमित होम आइसोलेसनमा उपचाररत रहेको बताए । उनले आज पुष्टि भएकाहरुलाई आइसोलेस वा होम आइसोलेसनमा राख्ने विषयमा छलफल भईरहेको बताए ।








