चितवन । नागारयाण्गढ–मुग्लिन सडक खण्ड अन्तर्गत चौधकिलोमा बस र ट्रक एक आपसमा ठक्कर खाँदा ११ जना घाईते भएका छन् । भरतपुर महानगरपालिका वडा नम्बर २९ चौधकिलो पुलमा दुर्घटना भएको हो ।
नारायणगढबाट–मुग्लिन तर्फ जाँदै गरेको रा १८ ख २२३६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ४९४२ नम्बरको ट्रक एक आपसमा ठक्कर खाएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता प्रहरी नायव उपरिक्षक बिजयराज पण्डीतका अनुसार बिहान ७ः३० वजे दुर्घटना भएको हो । घाईतेको दुईवटा मेडीकल कलेजमा उपचार भई रहेको उहाँले जानकारी दिनुभयो ।
चालक बाहेक अन्यको अबस्था खतरा मुक्त रहेको पण्डीतले जानकारी दिनुभयो । चालकको खुट्टा केही समय गाडीमानै च्यापिए पछि उद्धार गरेर अस्पताल ल्याईएको छ ।








