चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले हराएका २१ थान मोबाइल सम्बन्धित धनिलाइ बुझाएको छ। बिभिन्न मितिमा चितवनका बिभिन्न स्थानहरुबाट मोवाईल फोन हराएको भनि प्राप्त भएका निवेदनको आधारमा खोजि गरि सम्बन्धमा खोजतलास गरि फेला पारेर मोबाइल धनिलाइ बुझाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारि दिनुभयो ।
खोजि गर्दा काठमाण्डौ, पर्सा, नवलपरासी, कास्की लगायतका जिल्लामा चलाईरहेको अवस्थामा फेला पारिएको थियो । हराएका २१ थान Samsung, Redmi, Oppo, Vivo, Poco कम्पनीका मोवाईलहरु चितवन प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले मोबाइल धनिलाइ हस्तान्तरण गर्नु भएको हो ।
साथै सोही क्रममा आर्थिक बर्ष २०७९/०८० मा कुल ३४६ थान मोवाईलहरु सम्बन्धित धनिलाई बुझाईएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभयो ।









