• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ४. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ७. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ८. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

भरतपुर महानगरपालिकाले २ सय ८३ जना विद्यार्थीलाई छात्रवृत्ति दियो

  •   आइतबार, साउन १४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पारदर्शी रुपमा कुनै पनि गुनासो नआउने गरी छात्रवृत्ति छनोट गरिएको उल्लेख गर्नुभयो । यो छात्रवृत्ति मेरिटको आधारमा प्रदान गरिएकाले पनि पूर्ण रुपमा पारदर्शी भएको उहाँको भनाई थियो । महानगरपालिकाले सबै क्षेत्रका परिवारका सन्ततीलाई समेटन दलित, आदिबासी जनजाति, सीमान्तकृत, सहिद तथा घाईते परिवारलाई समेटिएको प्रमुख दाहालले बताउनुभयो । उहाँले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीलाई रोल मोडलको रुपमा अध्ययन गर्न सुझाव पनि दिनुभयो ।

    भरतपुर महानगरपालिकाले सामुदायिक विद्यालयका ५५ प्रतिशत र संस्थागत विद्यालयका ४५ प्रतिशत विद्यार्थीलाई छात्रवृति प्रदान गरिएको बताउनुभयो ।  महानगरपालिकाले २ सय ८३ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । आईतबार महानगर सभा हलमा एक कार्यक्रमका बीच महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र नगर शिक्षा अधिकारी महेन्द्र पौडेलले संयुक्त रुपमा सिफारिस पत्र प्रदान गर्नुभयो। महानगरपालिकाभित्र सञ्चालित कलेजहरुमा अध्ययन गर्ने विद्यार्थीहरुले अनलाईन माध्यमबाट भरेका फारमको मुल्याङ्कन गरी नतिजा प्रकाशन गरिएको हो ।

    शैक्षिक सत्र २०८०/०८१ का लागि छात्रवृत्ति आवेदन दिएका ८ सय १९ जना मध्ये २ सय ८३ जना छनौट गरिएको भरतपुर महानगरका नगर शिक्षा अधिकारी महेन्द्र प्रसाद पौड्यालले बताउनुभयो । जस मध्ये विज्ञान संकायमा १५३ जना र अन्यमा १ सय ३० जनाले छात्रवृत्ति पाएका छन् । भरतपुरका २९ वटा कलेजहहरुमा छात्रावृत्ति पाएका विद्यार्थीहरुले शतप्रतिशत निःशुल्क अध्ययन गर्न पाउने छन् । जसमध्ये अरोमा कलेजमा ३९ जना, अर्किड कलेजमा ३१ जना, बाल्मीकि कलेजमा २६ जना, सप्तगण्डकी कलेजमा २१ जना, नारायणी पब्लिक स्कुलमा २१ जना गरी २८३ जनाले छात्रवृत्ति पाएका छन् ।

    संस्थागत विद्यालय तथा कलेजहरुले भर्ना भएका विद्यार्थीहरु मध्ये १० प्रतिशतलाई अनिवार्य रुपमा छात्रवृत्ति दिनुपर्ने कानुनी व्यवस्था छ । एसईईमा प्राप्त गरेको सबैभन्दा माथिल्लो ग्रेड ९जीपीए०लाई नै मुख्य आधार बनाएर छात्रवृत्तिका लागि विद्यार्थी छनोट गरिएको हो । विज्ञान संकायमा छात्रवृत्तिका लागि विज्ञान, गणित र अंग्रेजीमा विद्यार्थीले प्राप्त गरेको जीपीएलाई आधार मानिएको थियो भने अन्यमा गणित, अंग्रेजी, नेपाली र सामाजिक विषयको जीपीलाई आधार बनाएर नजिता निप्काशन गरिएको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ ।

    त्यसमा पनि जेहेन्दार ३७ प्रतिशत, गरिव तथा विपन्न ३६ प्रतिशत, आदिवासी जनजाती १० प्रतिशत, दलित ५ प्रतिशत, अपांङ्ग र जनआन्दोलन घाइतेका सन्ततीलाई समान ३/३ प्रतिशत, सहिद, वेपत्ता परिवार र मधेश आन्दोलन घाइते सन्ततीलाई समान २/२ प्रतिशतका आधारमा छनौट गरिएको हो ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ४.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.