चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा मोटरसाईकल र ट्रक एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । मृत्यु हुनेमा पाल्पा मस्याङ ४ का ३५ वर्षिय सरोज दर्लामी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दर्लामीको घटना स्थलमानै मृत्यु भएको हो ।
कार्यालयका प्रबक्ता प्रहरी नायव उपरिक्षक विजयराज पण्डितका अनुसार नारायणगढबाट मुग्लिन तर्फ जाँदै गरेको लु ३८ प ६२७० नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउँदै गरेको ना ६ ख ५६४२ नम्बरको ट्रक एक आपसमा ठक्कर खाएका हुन । भरतपुर महानगरपालिका वडा नम्बर २९ सेतीदोभानमा आज दिउँसो भएको दुर्घटनामा मोटरसाईकलमा सवार अर्का एक जना घाईते भएका छन् ।
घाईतेको अबस्था गम्भिर रहेको उहाँले जानकारी दिनुभयो । उनको चितवन मेडीकल कलेजमा उपचार भैरहेको छ । ठक्कर खाने दुबै सवारीसाधन प्रहरीको नियन्त्रणमा रहेका छन् ।








