• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक १५, २०८३
☰
आइतबार, कार्तिक १५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

उपराष्ट्रपति यादवबाट फहराइयो अग्लो राष्ट्रिय झण्डा

  •   मङ्गलबार, साउन १६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ
    महोत्तरी । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको राष्ट्रिय झण्डा एक सय १० फिट उचाइमा फहराउनुभएको छ । महोत्तरीको मटिहानी नगरपालिका–७ तस्मैयाबाबा उद्यान परिसरमा जडान गरिएको राष्ट्रिय झण्डा उहाँले एक समारोहबीच आज फहराउनुभएको हो । यो झण्डा मुलुककै सबैभन्दा उचो भएको दाबी गरिएको छ ।
    मुलुककै प्रशिद्ध लक्ष्मीनारायण मठ अगाडि निर्मित तस्मैयाबाबा उद्यान परिसरभित्र यो झण्डा विशेष मञ्चमाथि जडान गरिएको छ । राष्ट्रिय झण्डा फहराउनअघि उपराष्ट्रपति यादवले झण्डा उभ्याइएको खम्बाछेउमै राखिएको शिलालेखको अनावरण गर्नुभयो । मटिहानी नगरपालिकाले निर्माण गरेको विशेष मञ्चमा जडित यो राष्ट्रिय झण्डा फहराउने ९उद्घाटन गर्ने० कार्यक्रममा मधेस प्रदेशका प्रदेश प्रमुख हरिशङ्कर मिश्र, मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, प्रदेश मन्त्रिपरिषद्का सदस्यहरु, मधेस प्रदेशसभा सदस्य, प्रशासनिक तथा सुरक्षा निकायका अधिकारीहरुको उपस्थिति रहेको थियो ।
    समारोह मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलको अध्यक्षतामा सम्पन्न भएको हो । यो राष्ट्रिय झण्डा जडान तस्मैयाबाबा उद्यान निर्माण योजनाकै अङ्ग रहेको मटिहानी नगर कार्यपालिकाको कार्यालयका प्राविधिक शाखाका प्रमुख इञ्जिनियर विमलेश साहले बताउनुभयो । कूल पाँच करोड लागत इष्टिमेटको उद्यान निर्माणमा हालसम्म एक करोड १० लाख खर्च भएको र त्यसमध्ये राष्ट्रिय झण्डा जडानमा १२ लाख ५० हजार खर्च भएको प्राविधिक शाखाले जनाएको छ ।
    नेपाली सामाजिक सद्भाव विश्वमै उत्कृष्ट स् उपराष्ट्रपति यादव
    उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाली समाजको सहिष्णुता र आपसी सद्भाव विश्वमै उत्कृष्ट रहेको बताउनुभयो । आज महोत्तरीको मटिहानीमा नागरिक अभिनन्दन ग्रहण गर्दै उपराष्ट्रपति यादवले फरक–फरक जाति, धर्म र भाषा समुदायका नेपालीको आपसी मेल र एकअर्काप्रतिको सद्भाव विश्वमै उदाहरणीय रहेको बताउनुभयो ।
    “हमरासभक समाज सहिष्णु आ एकदोसरक आस्थाप्रति सद्भाव रखैत अछि”, ९हाम्रो समाज सहिष्णु र एकअर्काको आस्थाप्रति सद्भाव राख्दछ० मैथिलीमा सम्वोधन गर्नुभएका उपराष्ट्रपति यादवले भन्नुभयो, “दुनियाँक लेल यी हमर परिचय आ सिख सेहो अछि” ९दुनियाँका लागि यो हाम्रो परिचय र सिक्ने सिकाउने कुरा पनि हो० । यादवले हिन्दू परम्पराका सन्त तस्मैयाबाबा र इस्लाम परम्पराका सुफी सन्त पीरबाबाको परिकल्पना र मेहनतले आधुनिक मटिहानीको जग बसेको र हिन्दू÷इस्लाम एकापसमा मिलेर बसेका दृष्टान्त पनि यहाँ ९मटिहानीमा० देखिएको उपराष्ट्रपति यादवले उल्लेख गर्नुभयो ।
    समारोहमा मटिहानी नगरबासीका तर्फबाट नगरप्रमुख हरिप्रसाद मण्डलले प्रदान गर्नुभएको अभिनन्दनपत्र ग्रहण गर्दै उपराष्ट्रपति यादवले मधेस प्रदेशका प्राचीन मिथिला क्षेत्रका धार्मिक महत्त्वका स्थललाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने सम्भावना रहेको बताउनुभयो । “तीन तहक सरकारबीच आवश्यक समन्वय बढाक धार्मिक पर्यटन प्रवद्र्धनक काज अगा बैढसकैत अछि”, ९तीनै तहका सरकारबीचको आपसी समन्वयबाट धार्मिक पर्यटन प्रवद्र्धनका काम अघि बढ्न सक्छन्० ।
    मधेस प्रदेशका प्रदेश प्रमुख हरिशङ्र मिश्र, मुख्यमन्त्री सरोजकुमार यादवसहित मन्त्रिपरिषद्का सदस्यको उपस्थिति रहेको समारोहमा उपराष्ट्रपति यादवले मधेसभरि नै पानी नपरेर खेतीपातीमात्र नभई खानेपानीकै हाहाकार पर्दै गएको समस्या सम्बोधन गर्न अनुरोध गर्नुभयो । समारोहमा मुख्यमन्त्री सरोजकुमार यादवले अहिले मधेस प्रदेश सरकार सिँचाइ र खानेपानीको समुचित प्रबन्धसँगै  पशुबस्तुमा बढ्दै गएको लम्पी स्किन रोगको पूर्वउपचार कार्यमा तदारुखतासाथ लागेको बताउनुभयो ।
    मटिहानीवासीले उपराष्ट्रपति यादवलाई नेपाली जनतालाई अधिकार सम्पन्न बनाउन, मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन पद्धतिको स्थापना गर्न र मधेस आन्दोलनलाई उत्कर्षमा पुर्याउन दिनुभएको योगदानको कदर गर्दै नागरिक अभिनन्दन गरिएको अभिनन्दनपत्रमा उल्लेख छ ।
    नागरिक अभिनन्दन ग्रहणअघि उपराष्ट्रपति यादवले मटिहानी–७ स्थित लक्ष्मीसागर तलाउमा महाआरती, लक्ष्मीनारायण मन्दिरमा पूजाअर्चना, लक्ष्मीनारायण मठ परिसरको अवलोकन, तस्मैयाबाबाको समाधिस्थल र पीरबाबाको मजारमा पुष्पगुच्छा अर्पण, ३०५ वर्ष पुरानो गुरुकूल ९हाल राजकीय संस्कृत माध्यमिक विद्यालय० को निरीक्षण अनुगमन र तस्मैयाबाबा उद्यान परिसरमा जडान गरिएको एक सय १० फिट अग्लो राष्ट्रिय झण्डा फहराउनसँगै झण्डा शिलालेख अनावरण गर्नुभएको थियो । मटिहानीमा सम्पन्न अभिनन्दन समारोह नगर प्रमुख हरिप्रसाद मण्डलको अध्यक्षतामा सम्पन्न भएको हो ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने
    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.