• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ३. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ४. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ५. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ६. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ७. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ८. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

एक दशकदेखि पुल अधुरै

  •   मङ्गलबार, साउन १६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    दमौली । एक दशक वित्दा पनि मुग्लिन नारायणगढ खण्डको वैकल्पिक मार्गका रुपमा विकास गर्न लागिएको बुद्धसिंह मार्गअन्तर्गत घुमाउनेमा निर्माण गर्न लागिएको पक्की पुल अधुरै छ । दश वर्षको अवधिमा ३५ प्रतिशत मात्र काम सकिएको छ । तनहुँ र चितवन जोड्न त्रिशूली नदीमाथि घुमाउनेमा पुल निर्माण थालिएकामा दश वर्षको अवधिमा भौतिक प्रगति ३५ प्रतिशत मात्रै छ । एक सय पाँच मिटर लम्बाइ सिङ्गल आर्क ब्रिज निर्माणका लागि २०७० असार २८ गते मृत सञ्जीवनी निर्माण सेवा मकवानपुरसँग सम्झौता भएको थियो ।

    सम्झौताअनुसार २०७३ असार ३० गते काम सम्पन्न हुनुपथ्र्यो । तर चौथो पटक गरी २०८० असार ३० गतेसम्म म्याद थप गरिएको सडक डिभिजन कार्यालय तनहँुका इन्जिनियर विकास लागेले जानकारी दिनुभयो । सुरुमा स्टिल ट्रस पुल बनाउने भनेकामा सो बमोजिम पुल बनाउँदा नारायणगढ मुग्लिनखण्डमा खतरामा पर्नेे भन्दै निर्माण व्यवसायीले डिजाइन परिवर्तन गरी आरसिसी आर्क ब्रिज बनाउन माग गरेका थिए । उक्त पुलको हालसम्म ३५ प्रतिशत भौतिक र ३४.३२ प्रतिशत वित्तीय प्रगति भएको छ ।

    विसं २०७८ सालको बर्सात मौसममा त्रिशूली नदीमा आएको भेलले पुलको दुवै तर्फको पाँच सय ४० मध्ये दुई सय ५७ वटा डन्डी भाँचिएको कारण काममा ढिलाइ भएको इन्जिनियर लागेले बताउनुभयो । काममा ढिलाइ भएपछि निर्माण व्यवसायीलाई पटक पटक लिखित पत्राचार तथा मौखिक ताकेता गरिएको २०७९ असार १९ गते सूचना प्रकाशित गरी निर्माण व्यवसायीलाई सात दिनको म्याद राखेर स्पष्टीकरण सोधिएको थियो । तत्पश्चात् २०७९ असार २० गते सार्वजनिक खरिद नियमावली २०६४ (१२औँ संशोधन) प्रकाशित भई सो अनुसार विसं २०८० असार ३० सम्म म्याद थप भएको थियो ।

    निर्माण व्यवसायीलाई बारम्बार ताकेता गर्दा पनि हेलचक्र्याइँ गरी साइटमा नआएकाले २०८० वैशाख १५ मा ठेक्का तोडी कालोसूचीमा किन नराख्ने भनी सात दिने म्याद दिई कार्यालयमा उपस्थित भई स्पष्टीकरण पेस गर्नका लागि पत्र पठाइएको थियो । तत्पश्चात् पनि चित्तबुझ्दो जवाफ नआएकाले विसं २०८० असार १३ गते ठेक्का किन नतोड्ने भनी सात दिनभित्र संशोधित कार्यतालिका, सोहीसँग मेल खाने भरपर्दो स्रोत परिचालन योजनासहित कार्यालयमा उपस्थिति हुन अन्तिम पटक अनुरोध गरिएको थियो ।

    सार्वजनिक खरिद नियमावली, २०६४ (१२औँ संशोधन) अनुसार म्याद थप भएको अवधिभित्र निर्माण कार्य सम्पन्न नभएको अवस्थामा सोही नियमावलीको नियम १२१ बमोजिम पूर्वनिर्धारित क्षतिपूर्ति लगाई ठेक्का कारबाही प्रक्रिया अगाडि बढाउने तयारी गरिएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र भरतपुर महानगरपालिका–२९ घुमाउने जोड्ने त्रिशूली नदीमाथिको घुमाउनेमा सम्झौताअनुसार काम भएको भए यतिबेला पक्की पुल बनिसक्थ्यो ।

    उक्त पुलको निर्माण सम्पन्नपश्चात् पोखरा र दमौलीलाई नारायणगढ आउनजान हाल सञ्चालन भइरहेको मुग्लिङ–नारायणगढ सडकभन्दा २३ किलोमिटरको दूरी छोटो पर्छ । घुमाउनेमा मोटरेवल पुल नहुँदा यातायातका साधन तनहुँकै सीमानामा पुगेर फर्कन बाध्य छन् । मोटरसाइकल भने दोहो¥याएर मुग्लिङ–नारायणगढ सडकखण्डसम्म ल्याउन सकिन्छ । पृथ्वीराजमार्गको विकल्पका रुपमा रहेको बुद्धसिंह मार्ग कालोपत्रका लागि काम गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि रु पाँच करोड बजेट विनियोजन गरेको छ ।

    पोखरा–नारायणगढ सडकको विकल्पमा तयार गरिएको बुद्धसिंह मार्गको थप स्तरोन्नति र घुमाउनेमा पुल निर्माण सम्पन्न भएपछि यस क्षेत्रका नागरिकलाई चितवन र तराईका विभिन्न जिल्लामा जान समय बचत हुने बुद्धसिंह मार्ग उपभोक्ता समितिका पूर्वअध्यक्ष विश्व बास्तोलाको भनाइ छ । तनहुँको दमौलीबाट घुमाउनेघाटसम्म नियमित रुपमा साना बसहरू तथा दुईपाङ्ग्रे सवारी साधन आउने जाने गरे पनि दुईपाङ्ग्रे सवारी साधन भने झोलुङ्गेपुल तरेर मुग्लिङ–नारायणगढ सडकमा निस्कन्छ भने बस तथा अन्य सवारीसाधन भने पुलको अभावमा उतै रोकिन बाध्य छन् ।

    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
    विदेशी फूलको आयात रोक्न किसानको माग
    दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ३.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ४.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ५.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ६.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.