• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ३. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ४. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ५. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ६. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ७. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ८. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

पूर्व वडाध्यक्षको कृषिकर्म

  •   बुधबार, साउन १७, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    गलकोट । बागलुङको गलकोट नगरपालिका–१ दुदिलाभाटीका नेत्रबहादुर बुढाथोकी यतिबेला अलैँची स्याहरको सुसार गर्दै हुनुहुन्छ । सुन्तला खेतीबाट व्यावसायिक कृषि पेसा थाल्नुभएका बुढाथोकी क्रमशः अलैँची खेती, बङ्गुरपालन र तरकारी खेतीमा लाग्नुभएको मात्रै छैन आफ्नो वडामा व्यावसायिक कृषक जन्माउन उहाँको ठूलो हातसमेत छ । विसं २०६८ मै दुई सय सुन्तलाका बिरुवा लगाएर सुन्तला खेती थाल्नुभएका बुढाथोकीलाई परिवारले धान खाने खेत मासेर रुख रोपेको भन्दै गालीसमेत गरे ।

    अहिले वर्षमा सुन्तला खेतीबाटै झन्डै रु तीन लाख कमाइ भएर धान खेतीभन्दा तेब्बर नाफा भएपछि परिवारका व्यक्तिसमेत बुढाथोकीको कृषि कर्मलाई सघाउनेतर्फ लाग्नुभयो । गलकोटकै बढी व्यावसायिक कृषक रहेको दुदिलाभाटीमा किसानलाई व्यावसायिक बनाउन थाल्नुभएका बुढाथोकीले किसानकै मनमा बसेको र जनतामा परिचित भइसकेको पत्तै पाउनु भएन । फलस्वरुप २०७४ सालको स्थानीय तहको निर्वाचनमा गलकोट–१ को वडाध्यक्ष निर्वाचित हुनुभएको थियो ।

    “विसं २०६८ मा कृषि विकास कार्यालयमार्फत रु १५ का दरले दुई सय सुन्तलाका बिरुवा पाँच रोपनी धान फल्ने खेतमा लगाएको थिएँ, ५० बिरुवा मरे, अहिले एक सय ५० बिरुवाले उत्पादन दिइराखेका छन्, गत वर्षमात्रै सुन्तला बिक्री गरेर रु तीन लाख कमाएको थिएँ”, बुढाथोकीले भन्नुभयो, “सुन्तलासँगै व्यावसायिक तरकारी र अलैँची खेतीको सम्भावना देखेर स्थानीयलाई व्यावसायिक उत्पादनमा लगाउन थालेपछि जनतासँग नजिक भइयो, २०७४ सालमा वडाध्यक्षमा निर्वाचित भएपछि नगरपालिका र वडाको बजेट समेत कृषिमा केन्द्रित गरँे, अहिले यस वडामा आलु पकेट, बाख्रा पकेट, अलैँची ब्लक र किबी पकेटका कार्यक्रम सञ्चालित छन् ।”

    बुढाथोकीले सुन्तलाको आम्दानी बढे पनि अलैँची, तरकारी र बङ्गुरपालन नयाँ भएकाले लगानीमै रहेको जानकारी दिनुभयो । सुसङ्गम फलफूल तथा पशुपालन केन्द्र नामको फार्म दर्ता गर्नुभएका बुढाथोकीले पाँँच रोपनी धान खेतमा सुन्तला खेती गर्दै आउनुभएको छ । यस्तै उहाँ घुसुवा बालीका रूपमा सोही क्षेत्रफलमा अलैँची खेती गर्दै आउनुभएको हो ।

    “सुरुमा सुन्तलाका बिरुवा लिएर रोप्न खोज्दा बुवाले दिनुभएन, अनि मकै लगाएर बीचमा सुन्तला लगाएँ”, उहाँले भन्नुभयो, “धान खेतको लगानीबाट भन्दा सुन्तला खेतीबाट तेब्बर कमाउन सकिन्छ, मेरो परिवारले मात्रै होइन सबै किसानले बुझिसकेका छन्, अहिले बागलुङमा ठूलो आम्दानीको रूपमा सुन्तला खेती छ ।” गत वर्ष २८ क्विन्टल सुन्तला रु एक सयभन्दा माथिल्लो भाउमा घरबाटै बिक्री गरेको बुढाथोकीको भनाइ छ । आफ्नै वडाध्यक्षको कार्यकालमा वडामा अलैँची ब्लक क्षेत्र कार्यक्रम स्थापना भएपछि आफूसमेत पुनः अलैँची खेतीमा लागेको उहाँको भनाइ छ ।

    अहिले दुदिलाभाटीमै अलैँची बिक्रीबाट एकै किसानले वर्षमा रु पाँचदेखि सात लाखसम्मको आम्दानी गरिरहेको बुढाथोकीले जानकारी दिनुभयो । उहाँले कृषि ज्ञान केन्द्रको सहयोगमा रु चार लाख लागतमा एउटा हाइटेक टनेल स्थापना गरेर व्यावसायिक तरकारी खेती गर्दै आउनुभएको छ । कृषिमा प्राप्त सफलतापछि बुढाथोकीले पशुपालनमा आकर्षित भएर रु १० लाख लगानीमा तीन वर्षदेखि बङ्गुर फार्मसमेत सञ्चालनमा ल्याउनुभएको छ । बुढाथोकीको बङ्गुर फार्ममा अहिले साना–ठूला १८ बङ्गुर रहेका छन् ।

    रु चार सय प्रतिकिलोमा स्थानीय हटिया, नरेठाँटीलगायतका बजारमा बङ्गुरको मासु बिक्री हुने गरेको छ । तीन माउ राखेर सुरु गरेको बङ्गुरपालन व्यवसाय फस्टाउँदै गएको र रु १० लाख लगानी केही वर्षमै उठ्ने उहाँको विश्वास छ । विसं २०७४ को स्थानीय निर्वाचनमा वडाध्यक्ष हुनुभन्दा पहिलासमेत कृषिमै भएकाले जनप्रतिनिधि भइसकेपछि समेत पुरानै अवस्थामा फर्किएको उहाँको भनाइ छ । आफ्नो वडाध्यक्षको कार्यकालमा कृषिमा बजेट बढाउने, कृषि भ्रमण गराउने, वडामा किबी पकेट कार्यक्रम लागू गर्नेलगायतका काम गरेको उहाँको भनाइ छ ।

    अहिले दुदिलाभाटीमा किबीको मात्रै पाँच हजार बिरुवा लगाइएको जानकारी दिनुभयो । कृषि र पशुपालनबाट बचत भएको समयमा बुढाथोकी सामाजिक कामसँगै राजनीतिमा समेत सक्रिय रहँदै आउनुभएको छ । पूर्ववडाध्यक्ष रहनुभएका बुढाथोकी राष्ट्रिय जनमोर्चा बागलुङको जिल्ला सदस्य हुनुहुन्छ । राजनीति र जनप्रतिनिधि भनेको पेसा नभएर सेवा भएकाले आर्थिक जीवनस्तर उकास्न र अरुलाई उदाहरणीय बन्नका लागि आफू कृषि तथा पशुपालनमा लागेको उहाँको भनाइ छ ।

    “अहिले जनप्रतिनिधलाई जागिरका रूपमा लिने प्रचलन छ, त्यस्तो होइन, जनप्रतिनिधि हुनुभन्दा पहिला किसान थिएँ, अहिले पनि किसान छु, जनप्रतिनिधि भएर अरुलाई यो गर त्यो गरभन्दा आफूले पनि त केही गरेर देखाउनपर्यो”, उहाँले भन्नुभयो । बुढाथोकीको घर फार्म नजिकै कृषि निर्देशनालयको रु १० लाखको लागतमा कृषि उपज सङ्कलन केन्द्रसमेत निर्माण गरिएको छ ।

    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
    विदेशी फूलको आयात रोक्न किसानको माग
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ४.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ५.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    • ६.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.