• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक १५, २०८३
☰
आइतबार, कार्तिक १५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

अधिकार हस्तान्तरण गर्ने विषयमा सङ्घ उदार हुनुपर्छ : अध्यक्ष तिमल्सिना

  •   बुधबार, साउन १७, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    पाटन । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले बजेट र अधिकार हस्तान्तरण गर्ने कुरामा सङ्घ उदार हुनुपर्ने बताउनुभएको छ । राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आयोजनामा आज भएको तहगत सम्बन्ध र समन्वय विषयक प्रादेशिक अन्तक्र्रियामा उहाँले सङ्घीयताको मर्मविपरीत सङ्घमै अधिकार रोकेर राख्ने प्रवृत्ति हट्नुपर्छ भन्नुभयो । “बजेट र अधिकार हस्तान्तरण गर्ने कुरामा सङ्घ उदार हुनुपर्छ । अधिकार रोकेर राख्ने प्रवृत्ति हट्नुपर्छ ।

    एक प्रदेश र अर्को प्रदेश जोड्ने मापदण्ड हुनुपर्छ । जनसङ्ख्यालाई पनि आधार बनाएर अर्को तवरले योजना बनाउन सकिन्छ”, अध्यक्ष तिमल्सिनाले भन्नुभयो, “अहिलेको जस्तो बजेट निर्माण गर्ने प्रणालीले विकास हुन सक्दैन, परिवर्तन गर्न जरुरी छ । सङ्घीय सांसद, प्रदेश सदस्य, स्थानीय जनप्रतिनिधिको नाममा बजेट वितरण गर्नेभन्दा व्यस्थित प्रणालीको आधारमा योजनाअनुसार बजेट वितरण गर्ने व्यवस्था हुनुपर्छ । सांसद विधि निर्माण गर्ने कुरामा केन्द्रीत हुनुपर्छ ।”

    सङ्घीयताको मर्म अनुरुप समन्वयका लागि तीनै तहका जनप्रतिनिधिको भूमिका महत्त्वपूर्ण हुने बताउँदै उहाँले राष्ट्रियसभाले सङ्घीयता कार्यान्वयनसम्बन्धी निचोड निकालेर कार्यान्वयनका लागि निर्देशनसमेत गरेको बताउनुभयो । अध्यक्ष तिमिल्सिनाले तीन तहबीच भएको बजेट, योजना, कार्यक्रम र कार्यालय सञ्चालनमा भएको दोहोरोपना हटाउनुपर्नेतर्फ सबैको ध्यान जानुपर्ने बताउनुभयो । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले अधिकारलाई गाउँमा पुर्याउन सङ्घीयतालाई आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो ।

    उहाँले संविधानले परिकल्पना गरेअनुसार सक्रियतापूर्वक सङ्घीयता कार्यान्वयनमा आउन नसकेको टिप्पणी गर्नुभयो । राष्ट्रियसभामा तीनै तहको प्रतिनिधित्व रहेको बताउँदै प्रदेश सभामुख पाठकले यी सबै समस्याको समाधान गर्ने थलो राष्ट्रियसभा भएको धारणा तर्क गर्नुभयो । उहाँले तीनै तहको अभिभावकत्व ग्रहण हुने गरी सभालाई सञ्चालन गर्न आग्रह गर्नुभयो । राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापति दिलकुमारी रावल थापाले तीन तहको समन्वयका लागि राष्ट्रियसभाको भूमिका र हालसम्मको प्रयासको प्रस्तुतिकरण गर्नुहुँदै कानुन निर्माण, बजेट निर्माणमा समन्वय हुनुपर्ने बताउनुभयो ।

    “विज्ञ सेवा प्रदान गर्ने, कानुन बनाउने, संसदीय निगरानी, कार्यपालिकालाई जनउत्तरदायी बनाउने, कार्यपालिकामाथि नियमन र निर्देशन, संसदीय सुनुवाइका साथसाथै सङ्घीयताको सवलीकरण र प्रवलीकरण गर्ने काम राष्ट्रियसभाको हो । तीन तहबीच दोहोरो पर्न गएका अधिकारका विषयलाई फुकाउने सम्बन्धमा सरकारलाई निर्देशन दिने राष्ट्रियसभाको कार्यभार हो”, उहाँले भन्नुभयो । त्यस्तै, सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय तथा अन्तरसम्बन्ध ऐन २०७७ कार्यान्वयनको अवस्था र अबको बाटो विषयमा प्रस्तुतीकरण गर्नुहुँदै अधिवक्ता मोहनलाल आचार्यले तीनै तहको साझा अधिकारका विषयमा पर्याप्त कानुन बन्न नसकेको धारणा राख्नुभयो ।

    अन्तक्र्रियामा उपस्थित प्रदेशसभा सदस्य, नगरपालिका र गाउँपालिकाका प्रमुख/उपप्रमुखले समूहगत छलफल गरी सङ्घले कानुन तर्जुमा गरेर फुकाइ दिनुपर्ने स्थानीय तह र प्रदेश तहका समस्या, बजेट निर्माण र कार्यान्वयनका समस्या, अन्तरसरकारी समन्वयका विषयमा धारणा राख्नुभएको थियो ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने
    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.