• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ४. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ५. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ६. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ७. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ८. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

पहाडी क्षेत्रमा जनसङ्ख्या घट्दो, अवसरको खोजीमा बसाइँसराइ

  •   बिहिबार, साउन १८, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को पहाडी क्षेत्रको जनसङ्ख्या घट्दो क्रममा रहेको छ । सेवा र सुविधाको खोजीमा ग्रामीण भेगका सर्वसाधारण सहर केन्द्रित हुने क्रम बढेको छ । स्वास्थ्य, शिक्षा, रोजगारीलगायतका सेवा सुविधा खोज्दै जिल्लाको पहाडी भेगबाट राजमार्ग केन्द्रित स्थानीय तहमा सर्वसाधारणको बसाइँसराइ बढेसँगै राजमार्गले छोएका स्थानीय तहमा जनसङ्ख्याको चाप बढेको हो । पछिल्लो दश वर्षको अवधिमा जिल्लाका ग्रामीण भेगबाट सहरी क्षेत्रमा बसाइँसराइ बढेपछि दुईवटा स्थानीय तहको जनसङ्ख्या ऋणात्मक देखिएको छ ।

    बौदीकाली गाउँपालिका र बुलिङटार गाउँपालिकाको जनसङ्ख्या पछिल्लो दश वर्षको अवधिमा घटेको छ भने हुप्सेकोट गाउँपालिकाको जनसङ्ख्या पनि विस्तारै घट्दो क्रममा रहेको छ । मुख्य राजमार्गले छोएका गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको जनसङ्ख्या पछिल्लो दश वर्षमा बढेको देखिन्छ । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार जिल्लाको पहाडी क्षेत्रमा रहेको बौदीकाली र बुलिङटार गाउँपालिकाको वृद्धि दर ऋृणात्मक रहेको छ । तथ्याङ्क कार्यालय नवलपुरले दिएको जानकारीअनुसार बौदीकालीको जनसङ्ख्या वृद्धिदर ऋणात्मक तीन दशमलव १४ र बुलिङटारको जनसङ्ख्या वृद्धिदर ऋणात्मक दुई दशमलव ५७ रहेको छ ।

    विसं २०६८ को राष्ट्रिय जनगणनामा १९ हजार एक सय २२ जनसङ्ख्या रहेको बुलिङटार गाउँपालिकाको जनसङ्ख्या १० वर्षमा घटेर १४ हजार छ सय ३७ पुगेको छ भने २०६८ मा १५ हजार सात सय ३४ जनसङ्ख्या रहेको बौदीकालीको जनसङ्ख्या १० वर्षमा घटेर ११ हजार तीन सय ३८ पुगेको छ । त्यसैगरी मुख्य राजमार्गले नछोएको अर्को स्थानीय तह हुप्सेकोट गाउँपालिकाको जनसङ्ख्या वृद्धिदर शून्य दशमलव ५६ प्रतिशत मात्रै रहेको छ ।

    विसं २०६८ को जनगणनामा २५ हजार ६५ जनसङ्ख्या रहेको हुप्सेकोटको जनसङ्ख्या १० वर्षपछि २०७८ मा २६ हजार पाँच सय ८३ पुगेको हो । यता पूर्व पश्चिम राजमार्गले छोएका स्थानीय तहको जनसङ्ख्या भने पछिल्लो १० वर्षमा बढेको देखिएको छ । जिल्ला सदरमुकामसमेत रहेको कावासोती नगरपालिकाको जनसङ्ख्या वृद्धिदर जिल्लामा सबैभन्दा बढी छ । राष्ट्रिय जनगणना २०७९ अनुसार तीन दशमलव १७ प्रतिशत वार्षिक वृद्धिदर रहेको कावासोतीको जनसङ्ख्या ८६ हजार आठ सय २१ पुगेको छ ।

    राष्ट्रिय जनगणना २०६८ मा कावासोती नगरपालिकाको जनसङ्ख्या ६२ हजार चार सय २१ रहेको थियो । जनसङ्ख्या बढ्ने स्थानीय तहको दोस्रो नम्बरमा देवचुली नगरपालिका देखिएको छ । दुई दशमलव ९७ प्रतिशत वार्षिक वृद्धिदर रहेको देवचुलीको जनसङ्ख्या ५८ हजार तीन पुगेको छ । विसं २०६८ मा देवचुलीको जनसङ्ख्या ४२ हजार ६३ रहेको थियो । दुई दशमलव ८७ प्रतिशत वार्षिक वृद्धिदर रहेको गैँडाकोट नगरपालिकाको जनसङ्ख्या २०७९ मा ७९ हजार तीन सय ४९ पुगेको छ । यहाँ दश वर्ष अगाडि ५८ हजार आठ सय ४१ जनसङ्ख्या रहेको थियो । त्यसैगरी राष्ट्रिय जनगणना २०७९ अनुसार मध्यविन्दु नगरपालिकाको वार्षिक जनसङ्ख्या वृद्धिदर एक दशमलव १६ प्रतिशत रहेको छ ।

    विसं २०६८ को जनगणनामा ५४ हजार एक सय ४० जनसङ्ख्या रहेको यो नगरपालिकाको जनसङ्ख्या दश वर्षमा बढेर ६१ हजार ९१ पुगेको छ । त्यसैगरी विनयी त्रिवेणी गाउँपालिकाको वार्षिक जनसङ्ख्या वृद्धिदर एक दशमलव ४६ प्रतिशतले बढेको छ । विसं २०६८ को राष्ट्रिय जनगणनामा ३२ हजार नौ सय ४३ जनसङ्ख्या रहेको यहाँको जनसङ्ख्या दश वर्षमा बढेर ३८ हजार तीन सय ७० पुगेको छ । ग्रामीण भेगबाट राजमार्ग आसपासका स्थानीय तहमा बसाइँसराइ बढेपछि ग्रामीण भेगमा जनसङ्ख्या ऋणात्मक अवस्थामा पुगेको देखिएको हो ।

    बढ्दो बसाइँसराइको कारणले पहाडमा जनसङ्ख्या घट्दै गएको र यो चिन्ताको विषय भएको बौदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले बताउनुभयो । “गाउँपालिकाले बसाइँसराइ रोक्न नीति तथा कार्यक्रममा नै उल्लेख गरेर शिक्षामा रुपान्तरण र कृषिमा आधारित निर्यातमुखी अर्थतन्त्रलाई जोड दिएको छ”, उहाँले भन्नुभयो, “गुणस्तरीय शिक्षा र रोजगारीका लागि मानिस बसाइँसराइ गरिरहेका छन्, यसलाई रोक्न हामीले नीति तथा कार्यक्रममा नै उल्लेख गरेर शिक्षामा रुपान्तरण र कृषिमा आधारित रोजगारलाई जोड दिएर कार्यक्रम ल्याएका छौँ ।”

    उहाँका अनुसार गाउँमा नै व्यक्तिलाई मासिक रु ३० देखि ५० हजारसम्म आम्दानी गर्नसक्ने बनाउन कृषिमा आधारित रोजगार र शिक्षालाई सहज र गुणस्तरीय बनाउन गाउँपालिकाले कार्यक्रम अगाडि बढाएको छ । गाउँमा किन जनसङ्ख्या घट्दै छ त्यसतर्फ स्थानीय तहले गम्भीर भएर सोच्नुपर्ने मध्यविन्दु बहुमुखी क्याम्पसका समाजशास्त्रका प्राध्यापक करुण लम्सालले बताउनुभयो ।

    “गाउँमा जनसङ्ख्या टिकाउने हो भने पूर्वाधारको विकास सँगसँगै कृषिमा आधारित रोजगारी बढाउनेतर्फ स्थानीय तह लाग्नुपर्छ”, उहाँले भन्नुभयो, “पूर्वाधारको विकास सँगसँगै कृषिमा आधारित रोजगारीलाई प्राथमिकता दिन सकियो भने जनसङ्ख्या गाउँमा पनि टिक्छ ।” रासस 

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ४.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ६.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.