• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ३. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ४. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ५. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ६. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ७. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ८. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

निकुञ्ज विभागमा एक वर्षमा केके काम भए

  •   बिहिबार, साउन १८, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गत आर्थिक वर्षमा महत्वपूर्ण नीतिगत तथा अन्य महत्वपूर्ण काम भएको जनाएको छ ।

    विभागमा आर्थिक वर्ष २०७९÷८० मा विभिन्न नीतिगत निर्णय गरी कार्यान्वयनमा लगिएको, राष्ट्रिय र अन्तर्राष्ट्रिय संरक्षणका कार्यक्रम गर्नाका साथै विभिन्न सहयोग जुटाउन सफल भएको जनाएको छ । यस अवधिमा विभागले संरक्षित क्षेत्र व्यवस्थापन रणनीति २०२२÷२०३०, वन्यजन्तु अपराध नियन्त्रण आदेश, २०८० र वन्यजन्तु राहत निर्देशिका, २०८० तर्जुमा गरी कार्यान्वयनमा ल्याएकोे छ ।

    मध्यवर्ती क्षेत्र व्यवस्थापन कार्यक्रमलाई आर्थिक वर्षको सुरूमै खर्च गर्नेगरी योजना तर्जुमा गरिएको, राष्ट्रिय निकुञ्ज तथा आरक्षमा काम गर्ने करिब दुई हजार कर्मचारीको दुर्घटना बीमाको व्यवस्था गरिएको विभागको तथ्याङ्क छ ।

    विसं २०७९ साउन २० गतेदेखि यही साउन १० गतेसम्म विभागको महानिर्देशकको जिम्मेवारीमा रहनुभएका डा महेश्वर ढकालले विभागलाई थप उचाइ र फराकिलो बनाउन तथा विगतको विरासतलाई अझै खदिलो बनाउन इमान्दार प्रयास गरिएको बताउनुभयो ।

    विभागमा कार्यरत कर्मचारीका लागि स्थलगत उपकरण उपलब्ध गराउने गरी आयोजना तयारी गरिएको र सो आयोजना अक्टोबर २०२३ सम्म कार्यान्वयन हुने उहाँको भनाइ थियो ।
    यसैगरी जिइएफ–८ साइकल (डब्लुआइडी विन्डो) अन्तर्गत वन्यजन्तु संरक्षण र सहअस्तित्वसम्बन्धी पाँच मिलियन अमेरिकी डलर बराबरको आयोजना (तयारीका क्रममा रहेको) छ । साथै सोही आयोजनाको (ग्रिड विन्डो) अन्तर्गत वन्यजन्तु मैत्री तथा जलवायु उत्थानशील पूर्वाधार निर्माण गर्न क्षमता अभिवृद्धिका लागि करिब चार मिलियन अमेरिकी डलर तयारीका क्रममा रहेको छ ।

    सहसचिव डा ढकालले जि टु जी योजनाअन्तर्गत युएसएआइडीको सहकार्यमा संरक्षित क्षेत्र व्यवस्थापन तथा जैविक विविधता व्यवस्थापनसम्बन्धी आयोजना तयारीका क्रममा रहेको जानकारी गराउनुभयो ।

    यस अवधिमा विभागले युएसएआइडी जैविक विविधता (जलजङ्गल) आयोजना तथा विभागको समन्वय र सहकार्यमा गैँडा पाइने एशियन देश र सरोकारवालाबीच अन्तर्राष्ट्रिय सम्मेलन गरिसकेकोे छ ।

    त्यस्तै गिद्ध पाइने एशियन देश र सरोकारवाला सम्मिलित अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको, वन्यजन्तु अपराध नियन्त्रणसम्बन्धी राष्ट्रिय कार्याशाला गोष्ठी आयोजना गरिएको, राष्ट्रिय बाघ संरक्षण कार्ययोजना (२०२३–२०२७) तयार गरिएको, बर्दिया, बाँके र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा गौरीशङ्कर र कृष्णसार संरक्षण क्षेत्रको व्यवस्थापन योजना तयार गरी र स्वीकृत गरिएको उहाँले बताउनुभयो ।

    विभागअन्तर्गत यस अवधिमा आव २०७८÷२०७९ मा रु ३५ करोड राजस्व उठेकामा आव २०७९÷२०८० मा रु ७४ करोड राजस्व उठाउन सफल भइएको, गिद्ध संरक्षण कार्ययोजना (२०२३–२०२७)स्वीकृत भएको, साइटिसको १९औँ सम्मेलनमा सरकारका तर्फबाट भाग लिई नेतृत्व प्रदान गरिएको, विगत पाँच वर्षदेखि रिक्त रहेका दुई सय ५० गेम स्काउट दरबन्दीको लोकसेवा आयोगबाट विज्ञापन गर्न सफल भएको, ४५ जनाभन्दा बढी कर्मचारीलाई वैदेशिक गोष्ठी, सेमिनार र तालिममार्फत क्षमता अभिवृद्धि गरिएको विभागको तथ्याङ्क छ ।

    विभागले यस अवधिमा वन्यजन्तु मैत्री पूर्वाधार नीति कार्यान्वयनसम्बन्धी सात प्रदेशमा प्रदेशस्तरीय कार्याशाला गोष्ठी आयोजना गरेको, संरक्षित क्षेत्रबाट लिने प्रवेश शुल्कका दररेट संशोधनका लागि प्रक्रिया सुरु गरेको, भारत सरकारले सुरु गरेको ठूला बिरालाका लागि अन्तर्राष्ट्रिय गठबन्धन फोरमको संस्थापक सदस्य बन्न समन्वय गरेको तथा विभाग मातहतमा रहेका विभिन्न तीन आयोजनाको ८० प्रतिशतभन्दा बढी वित्तिय प्रगति हासिल गरिएको मन्त्रालयका सहसचिव डा ढकालले बताउनुभयो ।

    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
    विदेशी फूलको आयात रोक्न किसानको माग
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ३.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ४.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ५.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    • ६.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.