• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ४. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ५. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ६. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ७. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ८. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

बँदेलले मकैबाली खाँदा किसान चिन्तित

  •   शनिबार, साउन २०, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दुमा बँदेलले मकै खाइदिँदा कृषक चिन्तित भएका छन् । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने मध्यविन्दु नगरपालिका–३ बह्मस्थानमा लगाइएको मकैबाली बँदेलले खाएको हो । पछिल्लो एकसातादेखि राति बँदेल बारीमा पसेर मकैबालीमा क्षति पु¥याउन थालेको स्थानीय खिमादेवी उपाध्यायले बताउनुभयो । “सुरुसुरुमा एक दुईवटा मकै खाने गरेको थियो”, उहाँले भन्नुभयो, “तर हिजो राति बारीका सबै मकै खत्तमै बनाए छ ।”

    उपाध्यायले सात कठ्ठा बारीमा लगाउनुभएको मकै बँदेलले नष्ट गरिदिएको बताउनुभयो । “केही मकै भर्खरै हारी पस्दै गरेका थिए, कोही पोलेर खाने बेला भएका थिए”, उहाँले भन्नुभयो, “यो समयमा बर्सेनि बँदेल आएर हामीले लगाएको मकै खाने गरेको छ ।” निकुञ्जबाट वन्यजन्तु आएर कृषकको अन्नबाली खाइदिँदा पनि यसको नियन्त्रणमा निकुञ्ज तथा मध्यवर्तीले खासै चासो नदेखाएको उपाध्यायको भनाइ छ । “हिजो राति सुत्ने बेलासम्म बारीमा सबै मकै राम्रै थिए”, उहाँले भन्नुभयो, “आज बिहान उठेर बारीमा जाँदा सबै मकै ढलेका, मकैका घोगा कोपरेको थिए, बारीभरि बँदेलको पाइला थियो ।” गाउँमा लगाइएको धेरै कृषकको मकैबालीमा बँदेलले क्षति पु¥याएको स्थानीय टीका सापकोटाले बताउनुभयो ।

    “दिउँसो सुगासहितका चराचुरुङ्गी र रातिमा बँदेलबाट मकै जोगाउनुपर्ने चुनौती हामीलाई छ”, उहाँले भन्नुभयो, “दिउँसोमा चराचुरुङ्गी धपाउन सकिन्छ, तर राति आउने बँदेल समूहमा आउँछन्, लखेट्न सकिँदैन ।” बँदेल लखेट्न गयो भने उल्टै मानिसलाई आक्रमण गर्न आउने सापकोटाले बताउनुभयो । “मकै छरेपछि लामोसमय खडेरी प¥यो, मोटरबाट पानी लगाएर जेनतेन मकै जोगाएका थियौँ”, उहाँले भन्नुभयो, “बारीमा बँदेर पसेर मकै सखाप पारेपछि गाईभैँसीलाई दाना खुवाउने मकै पनि किन्नुपर्ने अवस्था आउने भयो ।”

    गाउँमा जङ्गली जनावरको आतङ्कका कारण कृषकले खेती गर्न छाड्दै गएकोसमेत सापकोटाको गुनासो थियो । यस ठाउँमा निकुञ्जबाट आउने गैँडा र बँदेलका कारण बर्सेनि धनजनको क्षति हुने गरेको उहाँको भनाइ छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले मध्यवर्ती क्षेत्रमा जङ्गली जनावरबाट अन्नबालीको क्षति पुगेको अवस्थामा निकुञ्जले राहत रकम उपलब्ध गराउने गरेको जानकारी दिनुभयो ।

    “बँदेल, हात्ती, गैँडा, बाघसहित विभिन्न १६ प्रजातिका वन्यजन्तुबाट धनजनको क्षति भएमा अवस्था हेरेर राहत रकम प्रदान गर्नेगरी निर्देशिका बनेको छ”, उहाँले भन्नुभयो, “राहत रकम कृषकले माग दाबी गरेको एक महिनाभित्र उनीहरुको बैंक खातामा दिने गरी निर्देशिकाले व्यवस्था गरेको छ ।” निर्देशिकामा उल्लेख भएअनुसार बँदेलबाट मानवीय क्षति (मृत्यु, घाइते) तथा निजी जमिनमा लगाएको बालीमा क्षति भएमा राहत पाइने व्यवस्था भएको तिवारीको भनाइ छ ।

    वन्यजन्तुबाट मानवीय क्षति, पशुधन, घरगोठ क्षति, खाद्यान्न बाली र भण्डारण गरेको अन्न तथा किसानले खोरमा पालेका कुखुरा तथा पोखरीमा पालेका माछा नष्ट भएमा पनि राहत पाइने निर्देशिकामा उल्लेख भएको उहाँले बताउनुभयो । मगरगोहले माछामा क्षति गरेमा राहत पाइनेछ भने अजिङ्गर, जङ्गली कुकुर, ब्वाँसो, ध्वाँसे चितुवा, हिउँ चितुवा र चितुवाबाट कुखुरा नष्ट भएमा पनि क्षतिपूर्ति पाइने उहाँको भनाइ छ । निकुञ्जले उपलब्ध गराउने राहत क्षतिको मूल्याङ्कनका आधारमा वर्षमा एकपटक मात्र बढीमा रु १० हजार प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।

    गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    OCEM का तीन विद्यार्थीले सबै सेमेस्टरमा ४.० GPA हासिल गर्दै रचे ऐतिहासिक कीर्तिमान

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ४.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ५.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ६.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.