चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड पहिरोका कारण अबरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित जलबिरेमा पहिरो खस्दा दुईतर्फि सडक अबरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी बिजयराज पण्डितका अनुसार आज दिउँसो २ः३५ वजे पहिरो खसी सडक अबरुद्ध भएको हो । पहिरो पन्छाउने काम २ः५० वजेबाट सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।
पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड भएर चल्ने सवारी साधन र यात्रुहरु अलपत्र परेका छन् । थप पहिरो नखसेमा छिट्टै वाटो सञ्चालनमा आउने उहाँले बताउनुभयो । यस सडक खण्डमा बर्षातका समयमा पटक पटक पहिरो खस्दै आएको छ ।








