चितवन । चितवन प्रहरीले लागुऔषध खैरोहेरोईन जस्तो देखिने पदार्थसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका १८ बस्ने बुद्धि बहादुर राना, सोही ठाउँ बस्ने प्रकाश मगर र भरतपुर महानगरपालिका १९ बस्ने प्रकाश बास्ताकोटी रहेका छन ।
शनिबार दिउँसो १२ बजे प्रहरीले बुद्धि बहादुरको घरमा लागुऔषध खैरोहेरोईन सेवन तथा बिक्री वितरण गरिरहेको छ भन्ने सुचनामा आधारमा भरतपुर १८ भुवनबस्ती मिलनचोक स्थित रानाको घरमा चेकजाँच गर्दा राना, मगर र बास्ताकोटी बसी स्टिलको प्लेटमाथी गाँजा जस्तै पदार्थ राखि चुरोटको खिल्लीमा भरिरहेको अवस्थामा उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनिहरुबाट १ ग्राम ५०० मिलि ग्राम खैरोहेरोईन जस्तै देखिने पदार्थ, २२ गाँजा जस्तो देखिने पदार्थ बरामद गरिएको छ । उनिहरुलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ ।








