• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ३. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ४. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ५. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ६. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ७. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ८. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

पूर्वी चितवनबाट आउने सवारीलाई नारायणगढसम्म आउन दिन माग

  •   मङ्गलबार, साउन २३, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । पूर्वी चितवनबाट नारायणगढसम्मको यात्रालाई एउटै सवारी साधनमा पुग्ने व्यवस्था मिलाउन माग गरिएको छ । नेकपा (एमाले)का पूर्वी चितवनबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधि र नेताले पूर्वी चितवनबाट आउने यात्रुवाहक सवारीसाधनलाई नारायणगढसम्मै जान दिन माग गरेका हुन् । नारायणगढसम्म आउन दुई सवारीसाधन प्रयोग गर्नुपर्ने र खर्च पनि बढी हुँदा यात्रु मारमा परेको जनाउँदै उनीहरूले सोमबार चितवनका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

    पूर्वी चितवनबाट आउने यात्रुवाहक सवारीसाधनलाई भरतपुरको केन्द्रीय बसपार्कमा नै रोक्ने र त्यहाँबाट अटो वा म्याजिकमा बजार, अस्पताल तथा सरकारी कार्यालयमा जानुपर्ने बाध्यता रहेको जनाउँदै त्यसलाई सच्चाउन माग गरिएको चितवन क्षेत्र नं १ का प्रदेशसभा सदस्य एवं एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले बताउनुभयो । उहाँले पूर्वी चितवनबाट आएका जनतालाई बसपार्कमा झारेर नियतवश दुःख दिइएकाले तत्कालै नारायणगढसम्म यात्रुवाहक बसलाई जान दिनुपर्ने माग गर्नुभयो ।

    बसपार्कमा झरेका यात्रुलाई म्याजिक र अटोले मनपरी भाडा असुल गरेको जनाउँदै यो मर्का सहन पूर्वी चितवनवासी तयार नभएको एमाले चितवनका उपाध्यक्ष कमलराज पाठकले बताउनुभयो । “एउटै जिल्लामा भएर पनि भरतपुर आउँदा पूर्वी चितवनवासीमाथि दोस्रो दर्जाको नागरिकजस्तो व्यवहार भएकाले यसलाई यथाशिघ्र छिटो सच्याइनुपर्छ । ” उहाँले भन्नुभयो । । एमालेले ज्ञापनपत्रमार्फत जनताको दैनिक जीविकासँग जोडिएका विषयसमेत सातवटा बुँदामा उठाएको छ ।

    चितवनमा देखिएको मल, बीउ, कृषि सामग्रीको अभाव भएको भन्दै यस विषयमा आवश्यक पहल गर्न सरकारसँग माग गरिएको छ । यस्तै चितवनमा देखिएको डेङ्गु र आँखा पाक्ने रोग न्यूनीकरण गर्न सरकार सचेत हुनुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ । “चितवनमा डेङ्गु र आँखा पाक्ने रोग समस्याका रूपमा फैलिने खतरा रहेकाले जनताको स्वास्थ्यको जिम्मवारी लिएको सरकारले रोगप्रति उदासिन र आवश्यक सतर्कतामा कमी देखिएकाले जनतालाई सुसूचित गरी रोकथाम र उपचारको उचित र पर्याप्त व्यवस्था मिलाउन नेपाल सरकारसँग जोडदार माग गर्दछौँ”, ज्ञापनपत्रमा भनिएको छ ।

    पार्टीले सरकारी कार्यालय तथा सार्वजनिक संस्थानबाट हुने सेवालाई प्रभावकारी बनाउन माग गरेको छ । सिँचाइ अभावले पश्चिम चितवनका किसानले हालसम्म रोपाइँ गर्न नपाएको भन्दै खगेरी सिँचाइ र नारायणी लिफ्ट सिँचाइलाई पूर्ण क्षमतामा सञ्चालन गर्न भनिएको छ । दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण गर्न माग गरिएको छ ।

    “अहिले दैनिक उपभोग्य खाद्यान्न दाल, चामल, तरकारी खानेतेललगायतका वस्तुको अत्यधिक मूल्यवृद्धि भई सामान्य जनताको चुलो बल्न नसक्ने स्थिति सिर्जना हुँदै गइरहेकाले महँगी र कालोबजारीलाई नियन्त्रण गर्न माग गर्दछौँ”, ज्ञापनपत्रमा भनिएको छ । भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्नसमेत माग गरिएको छ ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ३.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ४.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ६.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.